३२ जेष्ठ, हेटौँडा । इंग्ल्यान्डमा जारी १२ औँ एक दिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा शुक्रबारको खेलमा घरेलु टोली इंग्ल्यान्डले सानदार जित निकालेको छ ।
शुक्रबार राती सम्पन्न खेलमा वेस्ट इन्डिजलाई ८ विकेटले पराजित गर्दै विश्वकपमा इंग्ल्यान्डले तेस्रो जित निकालेको हो ।
ओपनर जो रुटले सानदार शतक प्रहार गरेपछि २ सय १३ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डले ३३.१ ओभरमा २ विकेट क्षतिमा लक्ष्य पुरा गरेको हो ।
इंग्ल्यान्डका लागि रुटले अविजित १ सय रनको शानदार पारी पारी खेले । यस्तै क्रिस वोक्सले ४०, जोनी बेयरस्टो ४५ रन बनाए भने बेन स्टोक्सले अविजित १० रनको योगदान दिए । वेस्ट इन्डिजका लागि शैनन गेब्रियलले २ विकेट लिए ।
यसअघि साउथह्याप्टनमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिज ४४.४ ओभरमा अल आउट हुँदै २ सय १२ रनमा समेटिएको थियो ।
उसका लागि मध्यक्रमका युवा खेलाडी निकोलस पुरनले सर्वाधिक ६३ रनको योगदान दिए । यस्तै क्रिस गेलले ३६, शिमरोन हिटमायरले ३९, आन्दे्र रसेल २१, कार्लोस बर्थवेट १४, र कप्तान जोसन होल्डरले जम्मा ९ रन बनाए ।
वेस्ट इन्डिजका ओशन थोमस, शिल्डन कर्टेल र शैनन ग्रब्रियलले खाता समेत खोल्न सकेनन् ।
इंग्ल्यान्डका लागि जोफ्रा आर्चर र मार्क उडलले समान ३ विकेट लिए भने जो रुटले २ तथा लियाम प्लन्केट र क्रिस वोक्सले समान १-१ विकेट लिए ।
यो जितसँगै घरेलु टोली इंग्ल्यान्ड ४ खेलमा ३ मा जित र १ मा हारका साथ ६ अंक जोड्दै दोस्रो स्थानमा उक्लिएको छ । इंग्ल्यान्डले पाँचौ खेल आगमी मंगलबार अफगानिस्तानसँग खेल्ने छ । (एजेन्सी)
८ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-१७ चुनडाँडामा मिनी ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।...
८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...
८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...
७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...
२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...
२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...
२६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा चार हजार आठ सय रूपैयाँ घटेको हो । नेपाल...


















