Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

हेटौंडा ७ मा रहेको डिप बोरिङको कमर्चारीको लापरबाही,घरमा धारा छ तर पानी छैन

10256960_453719904788214_-1560616425.jpg

३२जेठ, हेटौंडा। धारा छ तर पानी छैन सुन्दा अचम्म लाग्न सक्छ तर यो वास्तविकता हो।यो वास्तविकता हेटौंडा नगर भित्रको हो।

हेटौंडा उपमहानगरपालिका वडा नम्बर ७ मा विगत केही दिनदेखि खानेपानीको हाहाकार मच्चिएको छ।

विगत केही दिनदेखि  हेटौंडा ७को अधिकांस स्थानमा धारामा पानी नआउँदा पानीको हाहाकार मच्चिएको हो। विशेष गरी हेटौंडा ७ नागसवतीमा रहेको डिप बोरिङबाट वितरण गरिएको धारामा पानी नआएको स्थानीयले बताएका छन ‌। विशेष गरी न्युरेनी चिसापानी, गलैचा चोक,पशुपति टोल लगायतका क्षेत्रमा पानीको हाहाकार मच्चिएको हो।

यस विषयमा पटक पटक  हेटौंडा खानेपानी व्यवस्थापन बोर्डलाई जानाकारी गराउदा पनि वेवास्ता भएको र कर्मचारीले खानेपानीमा समेत राजनितिकरण गरेको  हेटौंडा ७ न्युरेनी चिसापानीका  गणेश दुलालले आक्रोश व्यक्त गरेका छन्।

यस विषयमा बुझन प्रस्ट खबर टिमले हेटौंडा खानेपानी व्यवस्थापन बोर्डका प्रमुख सुदर्शन ढकाललाई फोन गर्दा पानीको माग बढेकोले समस्या भएको बताएका छन्।

यता नागसवती पम्पका कर्मचारी बलराम महतलाई टेलिफोन गरी पानी   वितरणमा लापरबाही भएन र भनेर सोध्दा टेलिफोन काटिदिएका छन।

त्यसैगरी स्थानीय तुलसा बर्तौलाले धारामा पानी आइहाले  राति १० बजे  आउछ अब  निन्द्रा माया मारेर पानी थाप्नु पर्ने भो , उनले पम्पका कर्मचारी महतले चरम लापरबाही गरेको भन्दै आम नागरिकले पानी खान पाउने अधिकारलाई कुण्ठित गरेको आरोप लगाएका छन्।

यस विषयमा प्रस्ट खबर टिमले हेटौंडा खानेपानी व्यवस्थापन बोर्ड जानकारी गराउद समेत खानेपानीको उचित व्यवस्थापन हुन सकेको छैन।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हेटौंडा-१७ मा मिनी ट्रकको ठक्करबाट एकजनाको मृत्यु
Accident-1574954466-1790258638.jpg

८ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-१७ चुनडाँडामा मिनी ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।...

क्लासिक टेकको दशैं अफर: ३ महिनाको शुल्कमा ७ महिना इन्टरनेट
Classic-Tech-NEWS_1200x6-1790236290.png

८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...

एमाले केन्द्रीय कमिटी बैठक जारी
uml-1790213537.jpg

८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...

राप्रपाको सातवटै प्रदेशको अधिवेशन हुँदै
raprapa-1790213294.png

८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790212662.jpg

८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790211819.jpg

८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...

प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

थप समाचार