३२जेठ, हेटौंडा। धारा छ तर पानी छैन सुन्दा अचम्म लाग्न सक्छ तर यो वास्तविकता हो।यो वास्तविकता हेटौंडा नगर भित्रको हो।
हेटौंडा उपमहानगरपालिका वडा नम्बर ७ मा विगत केही दिनदेखि खानेपानीको हाहाकार मच्चिएको छ।
विगत केही दिनदेखि हेटौंडा ७को अधिकांस स्थानमा धारामा पानी नआउँदा पानीको हाहाकार मच्चिएको हो। विशेष गरी हेटौंडा ७ नागसवतीमा रहेको डिप बोरिङबाट वितरण गरिएको धारामा पानी नआएको स्थानीयले बताएका छन । विशेष गरी न्युरेनी चिसापानी, गलैचा चोक,पशुपति टोल लगायतका क्षेत्रमा पानीको हाहाकार मच्चिएको हो।
यस विषयमा पटक पटक हेटौंडा खानेपानी व्यवस्थापन बोर्डलाई जानाकारी गराउदा पनि वेवास्ता भएको र कर्मचारीले खानेपानीमा समेत राजनितिकरण गरेको हेटौंडा ७ न्युरेनी चिसापानीका गणेश दुलालले आक्रोश व्यक्त गरेका छन्।
यस विषयमा बुझन प्रस्ट खबर टिमले हेटौंडा खानेपानी व्यवस्थापन बोर्डका प्रमुख सुदर्शन ढकाललाई फोन गर्दा पानीको माग बढेकोले समस्या भएको बताएका छन्।
यता नागसवती पम्पका कर्मचारी बलराम महतलाई टेलिफोन गरी पानी वितरणमा लापरबाही भएन र भनेर सोध्दा टेलिफोन काटिदिएका छन।
त्यसैगरी स्थानीय तुलसा बर्तौलाले धारामा पानी आइहाले राति १० बजे आउछ अब निन्द्रा माया मारेर पानी थाप्नु पर्ने भो , उनले पम्पका कर्मचारी महतले चरम लापरबाही गरेको भन्दै आम नागरिकले पानी खान पाउने अधिकारलाई कुण्ठित गरेको आरोप लगाएका छन्।
यस विषयमा प्रस्ट खबर टिमले हेटौंडा खानेपानी व्यवस्थापन बोर्ड जानकारी गराउद समेत खानेपानीको उचित व्यवस्थापन हुन सकेको छैन।
११ माघ, हेटौंडा । बागमती प्रदेश सरकारले प्रदेश सभाको १५ औं अधिवेशन माघ १८ गतेको लागि बोलाउन प्रदेश प्रमुख समक्ष...
११ माघ,हेटौंडा । मकवानपुरको हेटौंडा-१५ मा शौचालयमा लडेर एक वृद्धको मृत्यु भएको छ। शुक्रबार दिउँसो हेटौडा-१५...
११ माघ, हेटौंडा । हेटौंडा ९ बाट नाबालिकाई बलात्कारको आरोपमा एक पुरुषलाई पक्राउ परेका छन् । मकवानपुर प्रहरीले...
११ माघ, जनकपुर। मधेश प्रदेश सरकारले भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१ फिर्ता लिएको छ । चौतर्फी...
११ माघ, हेटौंडा । गोरखाको कुवामा डुबेर एक बृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमादपालुङटार नगरपालिका-६...
११ माघ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य एक हजार रूपैयाँले बढेको छ । छापावाल सुन प्रतितोला एक लाख ६० हजार ६००...
११ माघ, हेटौंडा ।शुक्रबार बिहान हेटौंडा १२ रमनटारमा पाटे बाघ देखापरेको छ । प्रष्टखबरलाई प्राप्त जानकारी अनुसार...
११ माघ, हेटौंडा । हाल देशको पश्चिमी भूभागमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । जसको प्रभावले...
११ माघ, हेटौंडा । सुदूरपश्चिम प्रदेशसभाबाट ‘सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान ऐन, २०७६ लाई संशोधन गर्न बनेको...
७ माघ, गैँडाकोट। नवलपुरमा गुडिरहेको मोटरसाइकलमा बाघले आक्रमण गर्दा दुईजना घाइते भएका छन्।कालीगण्डकी करिडोरको...
१ माघ, हेटौंडा। हेटौंडा १३र १४ को सिमानामा चितुवा देखापरेको छ। एउटा माउ चितुवा र २ वटा बच्चा हरियाली टोलबाट...
२७ पुस, हेटौंडा। शनिबार दिउँसो पुर्व पश्चिम राजमार्ग अन्तर्गत मनहरी ६ मा भएको सवारी दुर्घटनामा गम्भीर घाइते भएका...
८ माघ, हेटौंडा। हेटौंडा १ मा महिला मृत अवस्थामा फेला परेकी छिन्। सोमबार मध्यरातमा हेटौडा - १ स्वर्गलोक स्थित...
११ माघ, हेटौंडा ।शुक्रबार बिहान हेटौंडा १२ रमनटारमा पाटे बाघ देखापरेको छ । प्रष्टखबरलाई प्राप्त जानकारी अनुसार...
२७ पुस, हेटौंडा। पूर्व पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरीमा भएको सवारी दुर्घटनामा गम्भीर घाइते एक जनाको...
२७ पुस, हेटौंडा। मकवानपुरको मनहरीमा स्कार्पियो र कार ठक्कर खादा ८ जना घाईते भएका छन। पूर्व पश्चिम राजमार्ग...
१ माघ, हेटौंडा। मकवानपुरमा छोरीलाई बलात्कार गर्ने बाबुलाई जन्मकैदको फैसला सुनाइएको छ। जिल्लाका बकैया...
२८ पुस, हेटौंडा । मकवानपुरको उद्योग वाणिज्य संघको अध्यक्षमा प्रमोदसिंह रानाभाट निर्वाचित भएका छन्। आइतबार...