४ असार, हेटौँडा । इंग्ल्याण्डमा जारी १२ औँ आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा घरेलु टोली शिर्षस्थानमा उक्लिएको छ ।
मंगलबारराति भएको अफगानिस्तानसँगको खेल १ सय ५० रनले जिते पछि घरेलु टोली इंग्ल्याण्ड शिर्षस्थानमा उक्लिएको हो ।
वल्ड ट्राफोर्डमा टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले ५० ओभरमा ६ विकेट गुमाउँदै तीन सय ९७ रन बनायो ।
उसका लागी कप्तान इयान मोर्गनले कीर्तिमानी प्रदर्शन गरे । विस्फोटक ब्याटिङ गरेका मोर्गनले ७१ बलमा १७ छक्कासहित १४८ रन बनाए । मोर्गन एकदिवसीय क्रिकेटको एकै खेलमा सर्वाधिक छक्का प्रहार गर्ने खेलाडी समेत बनेका छन् ।
उनले एकदिवसीय क्रिकेटमा रोहित शर्मा, क्रिस गेल र एवी डिभिलियर्सको एकै पारीमा धेरै छक्का हान्ने रेर्कड तोडेका छन् ।
बलिङ तर्फ अफगानिस्तानका गुल्बादिन नायब र दावलात जार्दनले ३–३ विकेट लिए ।
जवाफमा अफगानिस्तान ५० ओभरमा ८ विकेट गुमाउँदै दुई सय ४७ रनमा समेटियो । उसकालागी हस्मतुल्लाह साहिदीले ७६, रहमात शाह ४६, अस्घर अफगानले ४४, कप्तान गुल्बादिन नायबले ३७ रन बनाउँनु बाहेक अरुले राम्रो रन बनाउन सकेनन् ।
बलिङतर्फ इंग्ल्याण्डका आदिल रासिदले ३ तथा जोफ्रा आर्च र मार्क उडले २–२ विकेट लिए ।
जितसँगै इंग्ल्यान्ड ५ खेलबाट ८ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । समान अंक भए पनि रनरेटका आधारमा अस्ट्रेलिया दोस्रो स्थानमा झरेको छ । अंकविहीन अफगानिस्तान तालिकाको पुछारमै छ । (एजेन्सी)
८ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-१७ चुनडाँडामा मिनी ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।...
८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...
८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...
७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...
२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...
२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...
२६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा चार हजार आठ सय रूपैयाँ घटेको हो । नेपाल...


















