६ जेठ, हेटौँडा । ३ नम्बर प्रदेश सरकारले प्रस्तुत गरेको आव ०७६/०७७ को बजेटमाथिको छलफल शुक्रबार पनि चलेको छ ।
छलफलका क्रममा सत्तापक्षीय सांसद रामेश्वर फुँयालले शिक्षा क्षेत्रमा छुट्याएको बजेट प्रशंसनीय रहेको बताए । उनले बजेटको प्रभावकारी कार्यान्वयनका लागि आर्थिक बर्ष बैशाखदेखि चैतसम्म बनाउनुपर्ने धारणा राखे । अर्का सांसद बसनतकुमार मानन्धरले कृषि क्षेत्रमा गरेको लगानी प्रभावकारी देखिएको भन्दै यसको निरन्तरताको प्रशंसा गरे । सांसद शशीजंग थापाले बजेट सन्तुलित र कार्यान्वयनमुखी आएको बताएका थिए । सांसद मुनु सिग्देलले अपेक्षा धेरै तर बजेट कम भएपनि प्रशंसायोग्य बजेट आएको बताईन् । उनले बजेट कार्यान्वयनमा खबरदारी गर्ने धारणा राखिन् ।
सत्तापक्षीय सांसदको सुझाव
सत्तापक्षीय सांसद सिता अधिकारीले बजेटको सफल कार्यान्वयनका लागि सुझाव दिएकी छिन् । उनले बजेट वितरणमुखी भएको बताउँदै पूँजिगत खर्च बढाउने र चालु खर्च घटाउनेतर्फ ध्यान दिनुपर्ने बुझाव दिईन् । उनले कृषि क्षेत्रमा छुट्याएको १० प्रतिशत बजेट कम भएको गुनासो गरिन् ।
त्यस्तै, सांसद प्रेमबहादुर पुलामीले हेटौँडाको पुरानो बन्द अवस्थामा रहेको रोप वे व्यवस्थापनबारे ध्यान दिन र प्रदेश राजधानीमा हवाई उडानको व्यवस्थापनतर्फ ध्यान दिन सुझाव दिए ।
सांसद आङदेम्बे लामाले बजेटमा समान व्यवहार गर्न सरकारलाई सुझाव दिए । बजेट कितावमा समानुपातिक आधारमा बजेट विनियोजन नभएको पाईएमा प्रतिपक्षमा उभिनुपर्ने अवस्था सिर्जना हुने भन्दै सचेत गराएका छन् । सांसद लक्ष्मण लम्सालले पहुँचका आधारमा बजेट विनियोजन हुने भएकाले सांसदहरुलाई बजेट आवश्यक परेको उल्लेख गर्दै यसलाई बढाउन माग गरे । उनले सरकारले विनियोजन गरेको बजेट खर्च हुन नसकिरहेको अवस्थामा सांसदहरुले लिएर गएका बजेट खर्च भएको समेत उदाहरण प्रस्तुत गरे ।
प्रतिपक्षको विरोध
नेपाली कांग्रेसका प्रदेशसभा सदस्य प्रभातकुमार तामाङले बजेटले तीन खम्बे अर्थ नीतिलाई आत्मसाथ गर्न नसकेको बताए । उनले प्रदेशभरीका सबै आर्थिक पक्षको विश्लेषण बजेटमा नआएको बताए । उनले कानून बनाउने सांसदलाई पैसा बोकेर पठाउने काम बन्द गर्नुपर्ने बताए । अर्का सांसद न्हुच्छेनारायण श्रेष्ठले बजेट नेता र मन्त्रीमुखी भएको भन्दै आलोचना गरे । उनले प्रतिपक्षले दिएको सुझावलाई ग्रहण गर्न समेत सत्तापक्षलाई आग्रह गरे । सांसद कल्पना नेपालीले चालु बर्षको बजेटमा एक घर एक रोजगार भनिएको र यो बर्ष एक घर एक धारा भनिएको उल्लेख गर्दै रोजगारीको कुरा नारामै सिमित भएजस्तै धाराको कुरा पनि नारामै सिमित नहोस् भन्नेतर्फ सचेत रहन सुझाव दिईन् । उनले समावेशिताको सिद्धान्त अन्तरगत महिला, दलित, जनजाति, अपांगता लगायतका क्षेत्रलाई बजेटले उपेक्षा गरेको बताईन् । प्रदेशसभा सदस्य पुकार महर्जन, सन्तबहादुर चेपाङ, दिपेन्द्र श्रेष्ठ लगायतले कार्यान्वयन हुन नसक्ने बजेट ल्याएको भन्दै यसको आलोचना गरे । चेपाङले गाँजा खेतिकै कारण राक्सिराङ लगायतका क्षेत्रका सोझा गाउँले जेलमा परिरहेको भन्दै गाँजा, अफिम खेतिलाई निरुत्साहित गर्न विकल्पका लागि बजेटको विनियोजनका लागि माग गरे ।
प्रदेशसभा सदस्य शोभा शाक्यले बजेट विकासमुखी हुनुपर्नेमा मन्त्रीमुखी भएको गुनासो गरिन् । उनले भ्रष्टाचार र कुशासनलाई प्रवद्र्धनका लागि प्रदेश पूर्वाधार विकास कार्यक्रम आएको बताईन् । उनले यस्तो काम राजनीतिक सिण्डिकेट खडा गर्ने उद्धेश्यका साथ आएको भन्दै आपत्ति जनाईन् ।
प्रदेशसभा सदस्य रिना गुरुङले कुखुरापालन व्यवसायलाई बजेटले सम्बोधन नगरेको गुनासो गरिन् । भ्रमण दशक भनेर हास्यास्पद कुरा गरिएको भन्दै यसको खाका के भन्दै प्रश्न गरिन् । उनले नीति निर्मातालाई रकम बाँड्नु उपयुक्त नहुने बताईन् ।
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...
६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...


















