२९ मंसिर, हेटौँडा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री ईन्द्रबहादुर बानियाँले सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) मकवानपुरको सामुदायिक स्रोतकेन्द्र भवन शिलान्यास गरेका छन् । फेकोफनको जिल्ला परिषदको अवसरमा राज्यमन्त्री बानियाँले बुधबार हेटौँडा–१० स्थित भुटनदेवी सामुदायिक वन समूहको जग्गामा भवन शिलान्यास गरेका हुन् ।
शिलान्यास एवं परिषद उद्घाटन कार्यक्रममा बोल्दै राज्यमन्त्री बानियाँले लोकतन्त्रमा वन जनताकै हुने बताउँदै यसको संरक्षण, सम्बद्र्धन र उपयोग उपभोक्ताले नै गर्नुपर्नेमा जोड दिए । वनलाई गरिव, दलित, विपन्न वर्गको हितमा अधिकतम सदुपयोग गर्नुपर्ने बताउँदै उनले यसमा सामुदायिकले महत्वपूर्ण भुमिका निर्वाह गरेको बताए । वनलाई बैज्ञानिक ढंगबाट व्यवस्थापन गर्न सके आयआर्जन र वनको उत्पादकत्वमा बृद्धि हुनेतर्फ ध्यान दिन सामुदायिक वन उपभोक्ता समूहलाई आग्रह गरे ।
कार्यक्रममा सांसद राजाराम स्यांतान, गणेश थापा, नेकपा एमालेका गायत्री सुवेदी, माओवादी केन्द्रका कमानसिं पाख्रिन, मकवानपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद शर्मा दुवाडी, जिल्ला वन अधिकृत राजेन्द्र न्यौपाने, फकोफनका केन्द्रिय उपाध्यक्ष भीमप्रकाश खड्का, महासचिव भारति पाठक, मकवानपुरका सचिवालय सदस्य रामहरी चौलागाई र बलराम अधिकारीले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम फेकोफन मकवानपुर अध्यक्ष पञ्चमाया स्यांतानको अध्यक्षतामा भएको थियो ।
१ करोड ९ लाख रुपैँयाको लागतमा निर्माण हुने दुई तल्ले ५ कोठे पक्की भवनमा दुई सभाहल रहने छन् । भवन निर्माण कार्य २ बर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखेको छ ।
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...
१६ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे सिंहदरबारमा...
१६ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक बादल...
१५ असोज, हेटौंडा । जापानमा भएको २०औँ एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसँगै पुरुष कबड्डी...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
१५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा बैठक बिहान ११ बजे र...
१५ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...
१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...
४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
३ असोज, हेटौंडा । भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन बनेका माथिल्लो त्रिशूली–१ जलविद्युत्...
४ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
३ असोज, हेटौंडा । प्रधान सेनापति अशोकराज सिग्देल चीनको औपचारिक भ्रमण सम्पन्न गरी शनिबार स्वदेश फर्किएका छन् ।...

















