Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

'घरघरमा नयाँ शक्ति' अभियान सञ्चालन हुने

Naya-Sakti-1481715956.jpg

२९ मंसिर, हेटौंडा । नयाँ शक्ति पार्टी मकवानपुरले अबको ६ महिना घरघरमा नयाँ शक्ति अभियान सञ्चालन गर्ने भएको छ । पार्टीको मंगलबार बसेको मकवानपुर जिल्ला कार्यकारी समितिको बैठकले पार्टीको केन्द्रीय तथा ३ नम्बर प्रदेशको परिपत्रअनुसार मकवानपुर जिल्लामा सञ्चालन गर्ने ६ महिने अभियानअन्तर्गतको कार्यक्रम तय गरेको हो ।
अभियान सफल बनाउन पार्टीका सहसंयोजक विवेक वाईबाको संयोजकत्वमा ५१ सदस्यीय जिल्ला अभियान परिचालन समिति गठन गरिएको छ । अभियानलाई गाउँ, नगर तथा उपमहानगरपालिका स्तरमा सञ्चालन गर्नको लागि मकवानपुरका सबै गाउँपालिका र नगरमा उत्प्रेरकको जिम्मेवारीसमेत तोकिएको छ । बाग्मती गाउँपालिकामा शेर बहादुर पहरी, बकैया गाउँपालिकामा जीवनमान मोक्तान, मकवानपुरगढी गाउँपालिकामा पाल्साङबज्र लामा, हेटौंडा उपमहानगरपालिकमा राजकुमार वाईबालाई उत्प्रेरकको जिम्मेवारी तोकिएको छ । त्यस्तै भीमफेदी गाउँपालिका मा जिल्ला कार्यालयले उत्प्रेरकको जिम्मेवारी लिनेछ भने थाहा नगरपालिका र इन्द्रसरोबर गाउँपालिकामा ज्योती रायमाझीले उत्प्रेरकको भूमिका निर्वाह गर्ने पार्टीले जनाएको छ । कैलाश गाउँपालिकामा टंक हिमडुङ, मनहरी गाउँपालिकामा अम्बर लामा, राक्सिराङ गाउँपालिकामा बिवेक वाईबालाई उत्प्रेरकको जिम्मेवारी दिइएको जनाएको छ ।
अभियानअन्तर्गत संगठन निर्माण तथा सुदृढीकरण, सदस्यता वितरण, घरदैलो कार्यक्रम, जनसेवा, अधिवेशनहरु हुँदै महाधिवेशनसम्मको तयारी पूरा गर्ने गरी तीन चरणको कार्यक्रम घोषणा गरिएको कार्यालय सचिव राजेन्द्र सिम्खडाले जानकारी दिए । मंगलबारको बैठकले प्रचारप्रसार समितिको संयोजकमा केशब समर्पणलाई जिम्मेवारी दिइएको छ भने जिल्ला कार्यकारी सदस्य सुबोध रिमालको संयोजकत्वमा आर्थिक स्रोत परिचालन तथा व्यवस्थापन समिति गठन गरिएको छ । जिल्ला कार्यकारी सदस्य राजन मैनालीको संयोजकत्वमा उत्पादन तथा रोजगार/स्वरोजगार समिति गठन गरिएको छ ।  त्यस्तै जिल्ला संयोजक प्रल्हाद लामिछानेको संयोजकत्वमा वार्ता समिति गठन गरिएको छ । जिल्ला कार्यकारी समिति सदस्य तुफान विक्रम क्षेत्रीको संयोजकत्वमा सांस्कृतिक टोली बनाई अभियानमा परिचालन गर्ने बताइएको छ । 
प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र पूर्ण समानुपातिक संसदको माग गर्दै देशब्यापी दश लाख हस्ताक्षर संकलन गर्ने योजना अनुरुप मकवानपुरबाट २० हजार हस्ताक्षर संकलन गरिने पनि पार्टीले जनाएको छ । ६ महिने अभियानको क्रममा देशमा बढिरहेको महंगी, भ्रष्टाचार तथा अनियमितताको विरुद्धमा जनप्रर्दशन, घेराउ, ज्ञापनपत्र बुझाउने र सभाहरु गरिने कार्यक्रम पनि तय भएको जिल्ला अभियान परिचालन समितिका संयोजक बिवेक वाइबाले जानकारी दिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मुख्यमन्त्री मगरले आज विश्वासको मत लिँदै
kiran-thapa-1787056654-1787537284.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...

प्रतिनिधिसभाको बैठक आज
Screenshot_20260628_16321-1787536972.jpg

८ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो।  बैठकमा सर्वप्रथम उद्योग,...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787536646.jpg

८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...

गरिमाको परिवार र सरकारबीच तीनबुँदे सहमति
Garima-death-1787447441.jpg

७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787447005.jpg

७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
sarkar-1787334429-1787362796.png

६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...

बागमतीका तीन मन्त्रीलाई राप्रपाले सोध्यो स्पष्टीकरण
1701944755_raprapa-1200x5-1787362283.jpg

६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787361795.jpg

६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

जापानिज इन्सेफलाइटिसबाट दुई जनाको मृत्यु
JI-1787301421.jpg

५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...

थप समाचार