२९मंसिर, हेटौंडा । मकवानपुरको हाँडीखोला–६ मा रहेको महेन्द्रज्योति उच्च माविलाई ५ थान कम्प्यूटर सहयोग प्राप्त भएको छ । मकवानपुर घर भै हाल बेलायतमा रहँदै आएका समाजसेवी चिरञ्जिवी ढकालले विद्यालयको लागि ५ थान कम्प्यूटर सहयोग गरेका हुन् ।
बुधबार बिद्यालयमा एक कार्यक्रमको आयोजना गरी ढकालले कम्प्यूटर हस्तान्तरण गरेका हुन् । ‘मैले केही बर्ष अध्ययन गरेको यस बिद्यालयलाई समयानुकुल प्राविधिक सिकाईमा सहयोग होस् भन्ने उद्देश्यले ५ थान कम्प्यूटर सहयोग गरेको हुँ’, उनले भने, ‘यसअघि बिद्यालयमा रहेको कम्प्यूटर र मैले दिएको कम्प्यूटरबाट यहाँका बिद्यार्थीलाई कम्प्यूटर शिक्षा अध्ययनको लागि सहयोग पुग्ने विश्वास लिएको छु ।’
ढकालले गत बर्ष बिद्यालयको लागि सोलार सहयोग गरेका थिए । सोलार सहयोगको क्रममा कम्प्यूटरको अभाव देखिएकोले अहिले सहयोग गरेको ढकालको भनाई छ । विदेशमा रहँदा पनि मकवानपुर र विशेषगरी हाँडीखोलाको समस्या समाधानमा सक्दो पहल र सहयोग गरिरहेको बताउँदै उनले आगामी दिनमा सक्दो सहयोग जारी रहने बताए ।
‘विदेशमा रहेका धेरै नेपालीबाट आएको सहयोग नेपालको विभिन्न स्थानमा दुरुपयोग भएकोमा हामी निकै चिन्तित छौँ’, सहयोगी ढकालले थपे, ‘अर्काले दिएको सामान त हो नि भनेर वेवास्ता गर्ने गलत प्रवृत्ति विकास हुँदै गएको छ । विदेशमा रहेका हामी नेपालको समस्यामा चिन्तित रहेका छौँ । आवश्यक सहयोग पनि गर्न तयार छौं ।’ उनले कम्प्यूटर शिक्षालाई प्रभावकारी रुपमा अघि बढाउन र दिइएको सामग्रीको संरक्षण गर्न समेत अनुरोध गरे ।
महेन्द्रज्योति उच्च माविका प्राचार्य गोकुल शर्माले सहयोगीबाट विद्यालयलाई धेरै सघाउ पुगेको बताउँदै ढकालले दिएको कम्प्यूटर समेत गर्दा १२ वटा भएको र छिट्टै कम्प्यूटर शिक्षा पढाई सुरु गर्ने जानकारी दिए । शिक्षक अभिभावक संघका अध्यक्ष अर्जुन पुडासैनीले सहयोग स्वरुप प्राप्त भएको कम्प्यूटरको प्रभावकारी सदुपयोग भएमा मात्र सहयोगको वास्तविक सार्थकता हुने बताए ।
सहयोगी ढकाललाई विद्यालयले फूलमाला सहित कदरपत्रले सम्मान गरेको विद्यालयका लेखापाल अनन्तप्रकाश अर्यालले जानकारी दिए ।
९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...
९ कार्तिक, हेटौंडा । सप्तकोसी नदीमा मोटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् ।...
९ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...
८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...
८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...
८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...
८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...






-1792888897.jpg)






-nepal-1792111426.jpg)




