११ असार, हेटौँडा । ३ नम्बर प्रदेश सरकारले आर्थिक बर्ष ०७६/०७७ का लागि ल्याएको बजेटमाथि प्रदेशसभा सदस्यहरुले असन्तुष्टि व्यक्त गरेका छन् । असन्तुष्टि व्यक्त गर्नेमा सत्ता पक्ष र प्रतिपक्ष दुबैतर्फका सांसद रहेका छन् । बजेटमाथि छलफल गर्दा प्रदेशसभा सदस्यहरुले मन्त्रालय खारेजदेखि योजनाको पन्ना हराएको सम्मका विषय उठान गरेका थिए ।
विनियोजन विधेयकमाथिको धारणा राख्ने क्रममा कांग्रेस सांसद नरोत्तम बैद्यले बुधबार पटक पटक बैठक सारेर सभामुख सरकारको ‘लाचार छायाँ’ बनेको बताए । उनले कुनै पार्टीको आन्तरिक विवादमा फँसेर बैठक पटक पटक नसार्न उनले सभामुखलाई सुझाव दिए । उनले सांसदलाई दिने बजेटले भ्रष्टाचार बढाउने भएकाले यस्तो नगर्न सचेत गराए । उनले काठमाण्डौं सम्पदाहरुको शहर भएपनि सम्पदा संरक्षणमा बजेट विनियोजन नहुनु दुःखद भएको उनको भनाई थियो ।
नेकपाका सांसद चन्द्र लामाले आफ्नो क्षेत्रमा बजेट नपरेको प्रति गुनासो गर्दै अपुग भए आफ्नो क्षेत्रको योजना पनि लैजान मन्त्रीहरुलाई आग्रह गरे । उनले अझै पनि बजेटमा गाविसकै नाम तोकिएको भन्दै आपत्ति जनाए ।
नेमकिपाकी सांसद सिर्जना शैज्युले बजेटले बैचारिक दरिद्रता प्रस्तुत गरेको बताईन् । उनले यो बजेट समाजवादी खोल ओढेको पूँजिवादी बजेट भन्दै यसले बेरोजगारी नघटाउने दावि गरिन् । उनले प्रदेश सरकारले एक करोड रुपैँया भन्दामाथिका योजना मात्रै विनियोजन गर्नुपर्ने बताईन् । बजेटमा हुँदै नभएको दुई वडा जोड्ने पुलमा समेत बजेट विनियोजन भएको भन्दै आपत्ति जनाईन् ।
सांसद लक्ष्मण लम्सालले बजेट धेरै कुरा समेट्न खोजेको बताए । उनले बजेटमा रहेका कमजोरीलाई सच्याएर अघि बढ्न सकिने बताए । नेपाली कांग्रेसका सांसद निमा लामाले बजेट कितावको पन्ना नम्बर ३२ देखि ४३ सम्म रसुवा र सिन्धुपाल्चोकको योजना नै हराएको भन्दै आपत्ति जनाए । नेकपाका सांसद शान्ति थिङले पनि बजेटले रसुवालाई उपेक्षा गरेको गुनासो गरिन् । उनले रसुवागढी नाकाको व्यवस्थापनमा प्रदेशले वेवास्ता गरेको बताईन् ।
राप्रपा प्रजातान्त्रिककी सांसद रिना गुरुङले बजेट वितरणमुखी, पालनपोषणमुखी ढंगको आएको बताईन् । उनले एउटा प्राईभेट कम्पनीलाई डेढ करोड रकम विनियोजन गरेको भन्दै आपत्ति जनाईन् । उनले ५ कक्षा पढेको विद्यार्थी पनि यो भन्दा उत्कृष्ट बजेट बनाउने दावि गरिन् ।
स्वतन्त्र सांसद प्रेमबहादुर तामाङले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र प्रदेश नीति तथा योजनाको औचित्य नरहेको भन्दै खारेजीको माग गरे । उनले सबैभन्दा विकट रसुवामा नुन किन्न समेत एक दिन हिड्नुपर्ने क्षेत्रहरु रहेको तर बजेटले सम्बोधन नै नगरेको भन्दै आपत्ति जनाए । उनले आफुसंग मार्सी भात र खशी खुवाउने पैसा नभएका कारण बजेट परेको भन्दै ‘अरिंगालहरु’ लाई आहारा दिने खालको बजेट आएको बताए । उनले दुई तिहाई समृद्धि र विकासका लागि नभई मनलाग्दी गर्नका लागि भएको भान भएको बताए ।
बजेट छलफलमा भाग लिंदै कांग्रेसका सांसद विजया श्रेष्ठ केसी, जीवन डंगोल, सन्तबहादुर चेपाङ, पुकार महर्जनले भ्रष्टाचार मौलाउने, असमानता बढाउने, सांसदहरुबीच विभेद गर्ने, मन्त्रीमुखी बनाएको टिप्पणी गरे । उनीहरुले अपारदर्शी बजेटको समर्थन गर्न नसक्ने बताए ।
बजेट छलफलमा नेकपाका सांसद रामेश्वर फुँयाल, दिपक निरौला, केशव पाण्डे लगायतले बजेट नीति तथा कार्यक्रम अनुसार नै आएको बताए । उनीहरुले बजेटले प्रदेश समृद्धिको खाका कोरेको समेत दावि गरे ।
प्रदेशसभाको अर्को बैठक असार १२ गते ११ बजे बस्ने भएको छ ।
८ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-१७ चुनडाँडामा मिनी ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।...
८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...
८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...
७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...
२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...
२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...
२६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा चार हजार आठ सय रूपैयाँ घटेको हो । नेपाल...


















