Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

प्रदेशसभामा फेरि उठ्यो स्थायी राजधानीको विषय

CM1-1561558091.jpg

११ असार, हेटौँडा । ३ नम्बर प्रदेशको प्रदेशसभा बैठकमा प्रदेशको स्थायी राजधानीको विषय चर्किएको छ । प्रदेशसभा भवन हेटौँडामा बुधबार बसेको बैठकमा ५ जना सांसदहरुले यसबारे विषय उठान गरेका थिए ।
नेपाली कांग्रेसका सांसद निमा लामाले स्थायी राजधानी र नामाकरणको विषय टुंगो लगाउन आग्रह गरे । नेकपाका सांसद चन्द्र लामाले राजधानीको विषय टुंग्याउन सभामुखलाई के कुराले अप्ठ्यारो पर्यो जवाफ दिन आग्रह गर्दै स्थायी राजधानीको विषय टुंगोमा नपुग्ने अवस्थाको अन्त्य हुनपर्ने बताए ।
त्यस्तै नेकपाकै सांसद लक्ष्मण लम्सालले राजधानीको विषयमा छलफल गर्नुपर्ने बताए । उनले प्रतिपक्षले पठक पटक आवाज उठाईसकेको बताउँदै यसतर्फ चासो दिन ध्यानाकर्षण गराए । नेकपाका सांसद रत्न ढकालले पनि राजधानी विषय यथाशिघ्र टुंगिनुपर्नेमा जोड दिए । उनले राजधानीको विषय सम्बोधन नभई अरु विषयमा अघि बढ्न नहुने समेत धारणा राखेका थिए ।
नेकपाकै सांसद राजकाजी महर्जनले राजधानीको विषय टुंगोमा पुर्याउनुपर्ने बताउँदै अर्काको काँधमा बन्धुक राखेर पड्काउने काम भईरहेको बताए ।
यसअघि मंगलबारको प्रदेशसभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता ईन्द्रबहादुर बानियाँलाई अकंगणितीय हिसावमा नेकपाको दुई तिहाई रहेको अवस्थामा राजधानीको टुंगो लगाउन नसक्नु दुर्भाग्य भएको बताए । राजधानीबारे मूख्यमन्त्री र आफ्नो मिलेमतो रहेको भन्दै आरोपको खण्डन गर्दै उनले आफुहरुले पटक पटक यसबारे आवाज उठान समेत वेवास्ता भएको बताए । उनले सभामुख र सम्पूर्ण सांसदको प्रतिष्ठासंग जोडिएको विषयलाई प्रक्रियामा लैजान सभामुखलाई समेत सुझाव दिएका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
क्लासिक टेकको दशैं अफर: ३ महिनाको शुल्कमा ७ महिना इन्टरनेट
Classic-Tech-NEWS_1200x6-1790236290.png

८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...

एमाले केन्द्रीय कमिटी बैठक जारी
uml-1790213537.jpg

८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...

राप्रपाको सातवटै प्रदेशको अधिवेशन हुँदै
raprapa-1790213294.png

८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790212662.jpg

८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790211819.jpg

८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...

प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

थप समाचार