१५ असार, हेटौँडा । इंग्ल्याण्डमा जारी १२ औँ आइसिसि एक दिवसिय विश्वकप क्रिकेट प्रतियोगितामा अफगानिस्तानलाई रोमाञ्चक खेलमा हराउँदै पाकिस्तान शिर्ष ४ स्थानमा उक्लिएको छ ।
अफगानिस्तानलाई तीन विकेटले हराएको पास्तिानले जितका लागी अन्तिम ओभर सम्म कुर्नुप¥यो । यो जितसँगै पाकिस्तानले सेमिफाइनलको सम्भावना पनि बलियो बनाएको छ ।
टस जितेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २२७ रन बनाएको थियो ।
अफगानिस्तानका लागि असगर अफगान र नजिबुल्लाह जदनले समान ४२–४२ रन बनाए भने रहमत साहले ३५ र इकरम अलिखिलले २४ रन बनाए ।
यस्तै बलिङतर्फ पाकिस्तानका लागि शाहीन अफ्रिदीले सर्वाधिक ४ विकेट लिँदा इमाद वसिम र वहाब रियाजले समान दुई–दुई विकेट लिए ।
जवाफमा पाकिस्तानले ४९ ओभर चार बलमा सात विकेट गुमाउँदै लक्ष्य हासिल ग¥यो । खराब सुरुवात गरेको पाकिस्तानले खाता खोल्न नपाउँदै पहिलो विकेट गुमाएको थियो । उसका ओपनर फखर जमान शून्य रनमा नै आउट भए ।
दोस्रो विकेटका लागि इमाम उल हक र बाबर आजमबीच ७२ रनको साझेदारी गरेपछि पाकिस्तान खेलमा फर्किएको थियो । बाबरले ४५ र इमाम ३६ रन बनाए ।
यस्तै पाकिस्तानका लागी वासिमले ४९, हरिस सोहेलले २७, मोहम्मद हफीजले १९, कप्तान सरफराज अहमदले १८, वहाबले १५ र शदाब खानले ११ रन बनाए ।
अफगानिस्तानका लागि मुजीब उर रहमान र मोहम्मद नाबीले दुई–दुई विकेट लिँदा राशिद खानले एक विकेट लिए । पाकिस्तानले ८ खेलबाट ९ अंक बनाउँदै शीर्ष चारमा पुगेको छ । अब उसले बंगलादेशसँग खेल्न बाँकी छ । (एजेन्सी)
८ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-१७ चुनडाँडामा मिनी ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।...
८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...
८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...
७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...
२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...
२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...
२६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा चार हजार आठ सय रूपैयाँ घटेको हो । नेपाल...


















