Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

प्रदेश सरकार पत्रकारको माग प्रति एक्यवद्धः जमकट्टेल

IMG_20190703_212333-1562168474.jpg

१८ असार, हेटौँडा ।प्रदेश ३ का कार्यवाहक मुख्यमन्त्री एवम् आन्तरिक मामिला तथा कानुनमनत्री शालिकराम जमकट्टेलले प्रदेश ३ र प्रदेश सरकार पत्रकारहरुको माग प्रति सधै एक्यवद्ध रहेको बताएका छन ।
नेपाल पत्रकार महासंघ प्रदेश नम्बर ३को प्रथम प्रदेश साधारण सभा तथा मिडिया सम्मेलनलाई बुधबार हेटौँडामा उदघाटनका क्रममा प्रदेश ३का कार्यवाहक मुख्यमन्त्री एवम् आन्तरिक मामिला तथा कानुनमनत्री शालिकराम जमकट्टेलले पत्रकार राज्यको चौथो अंग भएको र पत्रकारले सबैखाले राजनैतिक परिवर्तमा उल्लेखनीय भुमिका खेलेको बताउदै,पत्रकारहरुको मागलाई सम्बोधन गरीनुपर्ने बताए।उनले प्रदेश ३ र प्रदेश सरकार पत्रकारहरुको माग प्रति सधै एक्यवद्ध रहेको बताएका छन । 
साधारण सभा तथा मिडिया सम्मेलनका प्रमुख अतिथी रहेका जमकट्टेलले देशलाई कुन दिशामा लैजाने भन्ने एजेन्डानै नभएको भन्दै प्रदेश सरकार एजेण्डा बिहिन बनेको बताए ।उनले  पछिल्ला तीन तहको चुनावपछि जनतामा एकखाले अन्यौलता बढेको र हरेक क्षेत्रमा असंतुष्टी बढ्दै गएको बताए । 
त्यसैगरी कार्यक्रममा बोल्दै  नेपाल पत्रकार महासंघका महासचिव रमेश बिष्टले संसदमा दर्ता गरेको मिडिया काउन्सील बिदेयकले मिडिया र पत्रकारको अस्तित्व समाप्त पार्ने बताए । उनले संघीय सरकार योजनाबद्ध रुपमा पत्रकारितामा अंकुश लगाउन लागेको भन्दै संयुक्त राष्ट्र संघलाई  गुहारेर भएपनि आन्दोलन गरेरै छाडने बताए । 
त्यसैगरी कार्यक्रममा बोल्दै  न्यूनतम् पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुलीले आफ्नो कार्याकालमै मिडिया हाउमा काम गर्ने पत्रकारहरुको न्यूनतम् पारिश्रमिक निर्धारण गरिने बताए । 
नेपाल पत्रकार महासंघ प्रदेश नम्बर तीनका अध्यक्ष प्रताप बिष्टको अध्यक्षतामा भएको कार्यक्रमम प्रदेश ३ का प्रेस रजिष्टार  प्रमुख रेवती सापकोटा, पत्रकार महासंघका केन्द्रीय सदस्य कृष्ण गिरी, हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महत,गाउँपालिका महासंघका सदस्य एवम् भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामा,ब्राडेक्रास्टिंग एसोशिसन अफ नेपाल(बान)का केन्द्रीय उपाध्यक्ष उज्वल चौलागाइ, पत्रकार महासंघ मकवानपुर शाखाका अध्यक्ष हरि हुमागाई, लगायतले मन्तब्य व्यक्त गरेको थिए । कार्यक्रममा प्रदेश ३ का १० जिल्लाका प्रदेश सभासदहरुको सहभागिता जनाईएको छ । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
हेटौंडा ७ न्युरेनीमा बिच सडकमै पल्टियो सुमो
FB_IMG_1716049899279-1716050350.jpg

५ जेठ, हेटौंडा। कान्तिलोकपथ अन्तर्गत हेटौंडा-७ न्यूरेनीमा टाटा सिमो दुर्घटना भएको छ। भर्खरै प्राप्त जानकारी...

कांग्रेस हेटौँडाको बैठक, क्रियाशील सदस्यता वितरणलाई व्यवस्थित गरिने
Screenshot_20240518_18062-1716035241.jpg

५ जेठ, हेटौंडा। नेपाली कांग्रेस हेटौंडा नगर कार्य समितिको बैठक शनिबार बसेको छ। नगर सभापति उत्सव इटेनीको...

कान्तिलोकपथमा फेरी अर्को दुर्घटना, दुईजना घाइते
105389346-1716032888.jpg

५ जेठ, हेटौंडा । कान्तिलोकपथमा अन्तर्गत भिमफेदी-८ कालोपहिरोमा फेरी अर्को दुर्घटना भएको छ। शनिबार बिहान लोकपथ...

पत्रकार गौतम १५ औँ डी सिने अवार्डमा पुरस्कृत
Screenshot_20240518_16543-1716030600.jpg

५ जेठ, हेटौंडा । मकवानपुरे पत्रकार मणिराज गौतम १५ औँ डी सिने अवार्डमा पुरस्कृत भएका छन्। शुक्रबार आयोजित...

राष्ट्रिय राजनीतिमा तमासा भइरहेको छ: नेपाल
1587471088-1716026918.jpg

५ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय...

कान्तिलोकपथ कार दुर्घटना: दुईजनाको मृत्यु (अपडेट)
For-representation-only-1716013929.jpg

५ जेठ, हेटौंडा। शनिबार बिहान कान्तिलोकपथमा अन्तर्गत मकवानपुरको बकैया-१२ मा भएको कार दुर्घटनामा घाईते भएका...

खोकनामा भएको चोरीमा संलग्न ६ जना पक्राउ
Screenshot_20240518_12175-1716013982.jpg

५ जेठ, ललितपुर । ललितपुर महानगरपालिका–१२ खोकनामा भएको चोरीमा संलग्न ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ...

कान्तिलोकपथ दुर्घटना अपडेट :घाइतेहरूको पहिचान खुल्यो
IMG-20240518-WA0000-1716008445.jpg

५ जेठ, हेटौंडा। कान्तिलोकपथमा अन्तर्गत मकवानपुरको बकैया-१२मा भएको कार दुर्घटनामा घाईतेहरुको पहिचान खुलेको...

हेटौंडा १ को वनदेवी-शिखरकोटमा स्लाव ढलानको शुरुवात
FB_IMG_1716005325284-1716005464.jpg

५ जेठ, हेटौंडा। मकवानपुरको हेटौँडा  उपमहानगरपालिका वडा नम्बर १को   विकट मानिएको घ्याङ्सिङटार जोड्ने...

थप समाचार