१ पुस, हेटौंडा । गैरसरकारी संस्था बालकल्याण समाज मकवानपुरले नेपाल पत्रकार महासंघलाई फर्निचर सहयोग गरेको छ । प्लान नेपालको सहयोगमा बालकल्याणले महासंघलाई फर्निचर सहयोग गरेको हो ।
महासंघ मिटिङ हलका लागि सहयोग गरिएको राउन्ड टेबुल र कुर्सी शुक्रबार एक कार्यक्रममा बालकल्याणका कार्यक्रम संयोजक प्रकाश खतिवडाले महासंघका पूर्व अध्यक्ष राममणी दाहाललाई हस्तान्तरण गरेका छन् ।
कार्यक्रममा बोल्दै दाहालले बालकल्याण समाजले निकृष्ट बालश्रम न्यूनिकरण, बालबालिका बेचबिखन नियन्त्रण लगायतका सामाजिक क्षेत्रमा काम गरेको भन्दै सामाजिक चेतना अभिबृद्धिमा दुई संस्था मिलेर काम गर्न सकिने बताए । उनले संचारकर्मीको क्षमता अभिबृद्धि र संस्थागत विकासमा बालकल्याणले पुर्याएको योगदानको प्रशंसा गरे ।
बालकल्याणका कार्यक्रम संयोजक खतिवडाले महासंघलाई संस्थागत विकासमा सहयोगको अवसर दिएकोमा अाभार अागामी दिनमा पनि सहकार्यका लागि तयार रहेको बताए । महासंघका उपाध्यक्ष गिरिजा अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा बालकल्याणका कार्यक्रम प्रवन्धक कमल फुँयाल, संरक्षण अधिकृत रामप्रसाद दाहाल, महासंघका सचिव कृष्ण सारू मगर, सदस्यहरू सुजन विडारी, गणेश दर्पण अधिकारीसहित संचारकर्मीको सहभागिता रहेको थियो ।
फर्निचरका लागि बालकल्याणले महासंघलाई एक लाख रूपैयाँ सहयोग गरेको जनाईएको छ ।
१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...
१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...


















