Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

खुल्ला फुटसलको उपाधि विजय युथ क्लबलाई

IMG_20190706_190943-1562419898.jpg

२१ असार,हेटौंडा। हेटौंडा जेसिजको आयोजनामा जारी खुल्ला फुटसल प्रतियोगिताको उपाधि विजय यूथ क्लवले हात पारेको  छ ।

शनिबार हेटौंडा ४ कमलडाडाँमा रहेको फुटसल ग्राउण्ड भएको खेलमा  एफसी ईन्टरनेट सिटीलाई ६–० गोल अन्तरले हराउँदै उपाधि माथि कब्जा जमाएको हो। सेमीफाइनलमा विजय यूथले एफसी मल्टिभिजनलाई र ईन्टरनेट सिटीले हेटौंडा फुटबल एकेडेमीलाई हराउँदै फाइनल भिडन्त पक्का गरेका थिए । विजय यूथलाई उपाधि जिताउने क्रममा कप्तान सुदिप राजबाहकले ह्याट्रिक गर्दा अनिष श्रेष्ठ, अभय राना, अरुज सिंहले समान एक÷एक गोल गरेका थिए।

 प्रतियोगिताको विजेता बनेसँगै विजय युथले नगद ५० हजार रुपैयाँ ट्रफी,मेडल हात पारेको छ। उपविजेता बनेकोको ईन्टरनेटले २५ हजार रुपैयाँमै चित्त बुझाउन बाध्य बनेको हो।प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी विजय यूथका गोलरक्षक अनिल श्रेष्ठ घोषित भए । उनले नगद ५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गरेका छन् । 

विजयी खेलाडीहरुलाई नेपाल जेसीजका निरुपित राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष रमेशचन्द्र भुषाल, उपाध्यक्षद्वय कृष्णप्रसाद अर्याल र गोकुल सापकोटा तथा आयोजक जेसीजका अध्यक्ष सन्देश डिसीले पुरस्कार वितरण गरेका हुन् । प्रतियोगितामा मकवानपुरका २० टिमको सहभागिता रहेको थियो ।  कार्यक्रम संयोजक विकेशलाल श्रेष्ठको संयोजकत्व एवम् अध्यक्ष सन्देश डिसीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल जेसीजका उपाध्यक्ष कृष्णप्रसाद अर्याल, हेटौंडा जेसीज पूर्व अध्यक्ष गणेशकुमार श्रेष्ठ, बस्तीपुर जेसीजका अध्यक्ष सुनिल अधिकारी, गोरखा जेसीज अध्यक्ष राजिव अधिकारी, वीरगञ्ज जेसीज अध्यक्ष शेखर चौधरी, हेटौंडा जेसीजका उपाध्यक्ष संगीत श्रेष्ठलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हेटौंडा-१७ मा मिनी ट्रकको ठक्करबाट एकजनाको मृत्यु
Accident-1574954466-1790258638.jpg

८ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-१७ चुनडाँडामा मिनी ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।...

क्लासिक टेकको दशैं अफर: ३ महिनाको शुल्कमा ७ महिना इन्टरनेट
Classic-Tech-NEWS_1200x6-1790236290.png

८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...

एमाले केन्द्रीय कमिटी बैठक जारी
uml-1790213537.jpg

८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...

राप्रपाको सातवटै प्रदेशको अधिवेशन हुँदै
raprapa-1790213294.png

८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1790212662.jpg

८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790211819.jpg

८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...

प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

थप समाचार