२१ असार, हेटौंडा। शनिबार हेटौंडामा भएको अन्तर विद्यालय स्थलगत कविता लेखन प्रतियोगितामा जिएस निकेतनका यारिका कार्की सहित उत्कृष्ट ३ जना विद्यार्थीहरुलाई छानिएका छन्।
२०६ औँ भानु जयन्तीको अवसरमा नवोदय शिशु सदन अङ्ग्रेजी विद्यालयले आयोजना गरेको दोस्रो जिल्लाव्यापी अन्तर विद्यालय स्थलगत कविता लेखन प्रतियोगितामा जिएस निकेतनका यारिका कार्की, बालउज्ज्वल माविका सानुमाथा थिङ र भानु माविका सुशान्त दाहाल उत्कृष्ट भएका छन् ।
हेटौंडा उपमहानगरपालिकामा रहेका १८ वटा संस्थागत तथा सामूदायिक विद्यालयका विद्यार्थीहरुले प्रतियोगितामा सहभागिता जनाएको प्रतियोगितामा सहभागीहरुलाई ‘आमा’ शीर्षकमा कविता लेखन दिएको थियो । जसमध्ये उत्कृष्ट ३ जना विद्यार्थीहरुलाई छानिएको हुन ।
विद्यालयका नेपाली विषय सुपरिवेक्षक तथा कार्यक्रम संयोजक सिएम रिमालको अध्यक्षतामा भएको कार्यक्रममा साहित्यकारद्वय गिरिजा अधिकारी र यश लामाले निर्णायकको भूमिका निर्वाह गरेका थिए । सफल भएका ३जनलाई नवोदय विद्यालयका शैक्षिक संयोजक अव्यक्त खनालले नगद ३ हजार रुपैयाँसहित पुरस्कार प्रदान गरेका थिए ।
त्यसैगरी छवी अनित्यको संयोजनमा सामुदायिक विद्यालयका तीन विद्यालयका विद्यार्थी र संस्थागत विद्यालयका तीन विद्यालयका विद्यार्थीबीच बालसाहित्य सम्बन्धी छलफल गरिएको थियो । जसमा नवोदय विद्यालयका राधाकुमारी महतो, मकवानपुर बाल विद्या सदनका स्मीति गिरी, चन्द्रोदय माविका प्रतिमा पौडेल, जिएस निकेतनका निश्चल गौतम, आधुनिक राष्ट्रिय माविका राजकिरण शाह र बाल उज्जवल माविका आशिका जमरकट्टेल बीच छलफल भएको थियो । कार्यक्रममा झरना साहित्य परिवारका अध्यक्ष दीपक गौतम, आचल साहित्य कला पुञ्जका अध्यक्ष अप्सरा तिम्सीना, प्रगतिशील लेखक संगठन मकवानपुरका निवर्तमान अध्यक्ष पुरुषोत्तम आचार्यलगायतको आतिथ्यता रहेको थियो । विभिन्न विद्यालयका विद्यार्थीहरुले आफ्नो रचना समेत प्रस्तुत गरेका थिए ।
७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...
६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....
६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...
५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...
२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...


















