Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

कला/संस्कृति

हेटौंडामा अन्तर विद्यालय स्थलगत कविता लेखन प्रतियोगिता सम्पन्न

IMG_20190706_193702-1562421371.jpg

२१ असार, हेटौंडा। शनिबार हेटौंडामा भएको अन्तर विद्यालय स्थलगत कविता लेखन प्रतियोगितामा  जिएस निकेतनका यारिका कार्की सहित उत्कृष्ट ३ जना विद्यार्थीहरुलाई छानिएका छन्।

२०६ औँ भानु जयन्तीको अवसरमा नवोदय शिशु सदन अङ्ग्रेजी विद्यालयले आयोजना गरेको दोस्रो जिल्लाव्यापी अन्तर विद्यालय स्थलगत कविता लेखन प्रतियोगितामा जिएस निकेतनका यारिका कार्की, बालउज्ज्वल माविका सानुमाथा थिङ र भानु माविका सुशान्त दाहाल उत्कृष्ट भएका छन् । 

हेटौंडा उपमहानगरपालिकामा रहेका १८ वटा संस्थागत तथा सामूदायिक विद्यालयका विद्यार्थीहरुले प्रतियोगितामा सहभागिता जनाएको प्रतियोगितामा सहभागीहरुलाई ‘आमा’ शीर्षकमा कविता लेखन दिएको थियो । जसमध्ये उत्कृष्ट ३ जना विद्यार्थीहरुलाई छानिएको हुन  ।

विद्यालयका नेपाली विषय सुपरिवेक्षक तथा कार्यक्रम संयोजक सिएम रिमालको अध्यक्षतामा भएको कार्यक्रममा साहित्यकारद्वय गिरिजा अधिकारी र यश लामाले निर्णायकको भूमिका निर्वाह गरेका थिए । सफल भएका ३जनलाई नवोदय विद्यालयका शैक्षिक संयोजक अव्यक्त खनालले नगद ३ हजार रुपैयाँसहित पुरस्कार प्रदान गरेका थिए ।

त्यसैगरी छवी अनित्यको संयोजनमा सामुदायिक विद्यालयका तीन विद्यालयका विद्यार्थी र संस्थागत विद्यालयका तीन विद्यालयका विद्यार्थीबीच बालसाहित्य सम्बन्धी छलफल गरिएको थियो । जसमा नवोदय विद्यालयका राधाकुमारी महतो, मकवानपुर बाल विद्या सदनका स्मीति  गिरी, चन्द्रोदय माविका प्रतिमा पौडेल, जिएस निकेतनका निश्चल गौतम, आधुनिक राष्ट्रिय माविका राजकिरण शाह र बाल उज्जवल माविका आशिका जमरकट्टेल बीच छलफल भएको थियो ।  कार्यक्रममा झरना साहित्य परिवारका अध्यक्ष दीपक गौतम, आचल साहित्य कला पुञ्जका अध्यक्ष अप्सरा तिम्सीना, प्रगतिशील लेखक संगठन मकवानपुरका निवर्तमान अध्यक्ष पुरुषोत्तम आचार्यलगायतको आतिथ्यता रहेको थियो । विभिन्न विद्यालयका विद्यार्थीहरुले आफ्नो रचना समेत प्रस्तुत गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
हेटौंडा ६ मा जनता स्वास्थ्य घरदैलो अभियान, स्वास्थ्य स्वयमसेविकालाई साइकल
FB_IMG_1714635757232-1714662353.jpg

२० बैशाख, हेटाैडा । हेटाैडा ६ चाैघडामा रहेकाे  हेटाैडा स्वास्थ्य  चाैकीले बिहीबार देखी जनता स्वास्थ्य ...

उपनिर्वाचनको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश
Rastrapati-1714636676.jpg

२० बैशाख, काठमाडौं । निर्वाचन आयोगले बैशाख १५ गते भएको उपनिर्वाचनको मतपरिणाम सहितको प्रतिवेदन राष्ट्रपति...

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेट
Pushpa-Kamal-Dahal-_-KP-O-1714636079.jpg

२० बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
technology-1714616260.jpg

२० बैशाख, हेटौंडा । आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रम गरी मनाइँदैछ । मुलुकमा सूचना तथा...

सशस्त्रका १८ वरिष्ठ उपरिक्षकहरुको सरुवा
unnamed-12-1714614487.jpg

२० बैशाख, हेटौंडा ।  सशस्त्र प्रहरी बलका १८ जना वरिष्ठ उपरिक्षकहरुको सरुवा भएको छ । सरुवा हुनेमा साधारणतर्फ १६...

नेपाल र वेस्ट इन्डिजबिचको चौथो टी–२० क्रिकेट हुँदै
20240502_072206-1714613850.jpg

२० बैशाख, हेटौंडा ।  नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको चौथो टी–२० क्रिकेट बिहीबार खेलिँदै छ । खेल...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714613507.jpg

२० बैशाख, हेटौंडा ।  नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक...

टी–२० विश्वकप खेल्ने नेपाली टोली घोषणा
dd-1714609240.jpg

२० बैशाख, हेटौंडा । टी–२० विश्वकप क्रिकेटका लागि टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले टी–२०...

नेपाल पत्रकार महासंघ मकवानपुरको १८ औ वार्षिक साधारणसभा सम्पन्न
Screenshot_20240501_21143-1714577467.jpg

१९ बैशाख, हेटौंडा। नेपाल पत्रकार महासंघ मकवानपुरको १८ औ वार्षिक साधारणसभा र १२ औ अधिवेशन बुधबार सम्पन्न भएको...

थप समाचार