Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

कला/संस्कृति

भानु जयन्तीमा साहित्यकार निखिल सम्मानित

Bhaanu-1563118366.jpg

२९ असार, हेटौँडा । आदिकवि भानुभक्त्त आचार्यको जन्मजयन्तीमा साहित्यकार तथा साहित्य संगम मकवानपुरका अध्यक्ष निमेष निखिल सम्मानित भएका छन् । २०६ औं भानु जयन्तीको अवसरमा आइतबार मकवानपुरगढी गाउपालिका ३ मा रहेको भानु माविमा आयोजित कार्यक्रममा निखिललाई सम्मान गरिएको हो ।
कार्यक्रममा निखिललाई नेपाली भाषा साहित्यको क्षेत्रमा अनवरत रुपमा पुयाएको योगदानको कदर गर्दै भानु–बासुदेव साहित्य सम्मानसहित नगद १० हजार प्रदान गरिएको थियो । 
मातृभूमि साहित्य समाज र बासुदेव रिजाल स्मृति प्रतिष्ठानको आयोजना तथा भानु माविको सहयोगमा सहयोगमा भएको कार्यक्रममा भानु माविमा अध्ययनरत् विद्यार्थी बीच कविता प्रतियोगिता आयोजना गरिएको थियो । प्रतियोगितामा १० जना विद्यार्थीले भाग लिएका थिए । 
प्रतियोगीमध्ये उत्कृष्ट चार जनालाई नगदसहित पुरस्कृत गरिएको थियो । प्रतियोगिताको निर्णायकमा साहित्यकार डीबी बर्तौला र बगेकी गंगा रहेकी थिइन् । कार्यक्रम अघि विद्यालयमा रहेको भानुभक्तको प्रतिमामा माल्र्यापण गरिएको थियो ।
कार्यक्रममा स्रष्ठा सम्मान तथा कविता प्रतियोगिताको सहजीकरण गरेकी साहित्यकार अनिता न्यौपानेले विद्यालयलाई आफ्नो कविता संग्रह फूलको विद्रोह दुई प्रति हस्तान्तरण गरकी थिइन् । 
मातृभूमि साहित्य समाजका अध्यक्ष माधव पोखरेलको अध्यक्षता तथा साहित्यकार देवराज खरेलको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । सम्मानति साहित्यकार निखिलले आदीकवि भानुभक्त आचार्यको बारेमा बोलेका थिए । 
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक राजेन्द्र थापा, पत्रकार ध्रुव अधिकारी, अभिभावक लक्ष्मण भट्टराई, साहित्यकार डीबी बर्तौलाले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा शिक्षक, अभिभावक, विद्यार्थीको सहभागिता रहेको थियो । 
भानु माविमा आदीकवि भानुभक्त आचार्यको प्रतिमा निर्माण भएपछि हरेक वर्षको असार २९ गते कार्यक्रमको आयोजना हुदै आएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
हेटौंडा ६ मा जनता स्वास्थ्य घरदैलो अभियान, स्वास्थ्य स्वयमसेविकालाई साइकल
FB_IMG_1714635757232-1714662353.jpg

२० बैशाख, हेटाैडा । हेटाैडा ६ चाैघडामा रहेकाे  हेटाैडा स्वास्थ्य  चाैकीले बिहीबार देखी जनता स्वास्थ्य ...

उपनिर्वाचनको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश
Rastrapati-1714636676.jpg

२० बैशाख, काठमाडौं । निर्वाचन आयोगले बैशाख १५ गते भएको उपनिर्वाचनको मतपरिणाम सहितको प्रतिवेदन राष्ट्रपति...

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष ओलीबीच भेट
Pushpa-Kamal-Dahal-_-KP-O-1714636079.jpg

२० बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ...

आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस
technology-1714616260.jpg

२० बैशाख, हेटौंडा । आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रम गरी मनाइँदैछ । मुलुकमा सूचना तथा...

सशस्त्रका १८ वरिष्ठ उपरिक्षकहरुको सरुवा
unnamed-12-1714614487.jpg

२० बैशाख, हेटौंडा ।  सशस्त्र प्रहरी बलका १८ जना वरिष्ठ उपरिक्षकहरुको सरुवा भएको छ । सरुवा हुनेमा साधारणतर्फ १६...

नेपाल र वेस्ट इन्डिजबिचको चौथो टी–२० क्रिकेट हुँदै
20240502_072206-1714613850.jpg

२० बैशाख, हेटौंडा ।  नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको चौथो टी–२० क्रिकेट बिहीबार खेलिँदै छ । खेल...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1714613507.jpg

२० बैशाख, हेटौंडा ।  नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशको पहाडी भू-भागमा आंशिक...

टी–२० विश्वकप खेल्ने नेपाली टोली घोषणा
dd-1714609240.jpg

२० बैशाख, हेटौंडा । टी–२० विश्वकप क्रिकेटका लागि टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले टी–२०...

नेपाल पत्रकार महासंघ मकवानपुरको १८ औ वार्षिक साधारणसभा सम्पन्न
Screenshot_20240501_21143-1714577467.jpg

१९ बैशाख, हेटौंडा। नेपाल पत्रकार महासंघ मकवानपुरको १८ औ वार्षिक साधारणसभा र १२ औ अधिवेशन बुधबार सम्पन्न भएको...

थप समाचार