Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

हेटौंडा अन्तर्राष्ट्रिय गोल्डकप फुटबल गोर्खा ब्रुअरीजले प्रायोजन गर्ने

Gorkha-1482241894.png

५ पुस, हेटौंडा । सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानको आयोजनामा हुने दोस्रो हेटौंडा अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगितामा गोर्खा ब्रुअरीजले प्रायोजन गर्ने भएको छ ।
पुस १४ गतेबाट २३ गतेसम्म सञ्चालन हुने दोस्रो हेटौंडा गोल्डकपका लागि आगामी तीनवर्षसम्म गोर्खा ब्रुअरीजले प्रायोजकको भूमिका निर्वाह गर्ने मंगलबार सम्झौता भएको छ । सम्झौता अनुसार गोर्खा ब्रअरीजको टुवोर्ग मुख्य प्रायोजक र रेडबुल सहप्रायोजक रहने भएको छ । सम्झौतामा प्रतिष्ठानका अध्यक्ष भेष खड्गी,  द्वितीय उपाध्यक्ष विशाल घोष तथा कम्पनीको तर्फबाट विक्री निर्देशक बैभब शर्मा, ब्रान्ड म्यानेजर सुवोध शर्माले हस्ताक्षर गरेका छन् ।
‘हामी अन्य व्यवसायिक संस्थाहरुसँग पनि सहप्रायोजनका लागि हस्ताक्षरको प्रक्रियामा रहेका छौं । पहिलो संस्करणभन्दा प्रतिस्पर्धात्मक र व्यवस्थितरुपमा प्रतियोगितालाई अगाडि बढाउने गरी तयारी गरिरहेका छौं’, प्रतिष्ठान अध्यक्ष खड्गीले भने ।
हेटौंडा–१० स्थित फरेष्ट्रीको खेल मैदानमा हुने प्रतियोगितामा नेपालका चर्चित छवटा ‘ए’ डिभिजन क्लबसहित तीन विदेशी क्लबले सहभागिता जनाउने बताइएको छ । प्रतियोगितामा साविकको विजेता मनाङ मस्र्याङदी, नेपाली आर्मी, नेपाल पुलिस, सशस्त्र प्रहरी, संकटा, सरस्वती, सहारा, घरेलु विजय युथ क्लबसहित भारत र भुटानी क्लबको सहभागिता रहने आयोजक प्रतिष्ठान अध्यक्ष खड्गीले जानकारी दिए ।
प्रतियोगिताको विजेता, उपविजेतालाई क्रमशः पाँचलाख र तीनलाख रुपियाँ नगदसहित ट्रफिको व्यवस्था गरिएको छ । विधागत रुपमा उत्कृट खेलाडी र हरेक खेलमा म्यान अफ दी म्याच पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगिताका तयारी समेत तीब्ररुपमा भइरहेको बताइएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेकपाको राष्ट्रिय जागरण अभियान शुरु
Screenshot_20261025_06321-1792889242.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...

कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
congress-(1)-1792888897.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...

बडा दशैं पर्व समापन गरिंदै
Dashain_Tika1664260813-1792888559.jpg

८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1792888290.jpg

८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1792807177.jpg

७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...

रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

आइपिएलको टिकट मूल्य सार्वजनिक
Nepal_Premier_League_offi-1792716535.png

६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...

थप समाचार