Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

इन्द्रसरोबरका मृतक परिवारलाई कांग्रेसको ७५ हजार सहयोग

Congress1-1563970598.jpg

८ साउन, हेटौँडा ।  गत असारको अन्तिमको प्राकृतिक विपदमा परी मृत्यु भएका ईन्द्रसरोबर गाउँपालिकाका ३ परिवारलाई नेपाली कांग्रेस मकवानपुरले आर्थिक सहयोग गरेको छ । नेपाली कांग्रेस मकवानपुरले प्रति परिवार २५ हजार रुपैँयाका दरले सहयोग गर्ने निर्णय गरे अनुसार राहत रकम बुधबार ४ परिवारलाई ७५ हजार रुपैँया हस्तान्तरण गरेको हो ।
नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाले मृतक परिवारको घरमै पुगेर राहत रकम हस्तान्तरण गरेकी छिन् । उपाध्यायले गत असार ३० गते घरमाथिबाट आएको पहिरोमा पुरिएर मृत्यु भएका ईन्द्रसरोबर गाउँपालिका वडा नम्बर १ टौमाटकी आमा कान्छी रञ्जितकार र छोरी  बबिता बलामीको परिवारलाई ५० हजार रुपियाँ राहत हस्तान्तरण गरेकी छिन् । ईन्द्रसरोबर गाउँपालिका वडा नम्बर २ हासुलीमा पहिरोले पुरिएर मृत्यु भएकी १६ वर्षिया श्रृष्टि डिमडुङको परिवारलाई २५ हजार रुपैँया हस्तान्तरण गरिएको छ ।
कार्यक्रममा कांग्रेस २ नम्बर क्षेत्रीय सभापति यतिराज सापकोटा, हेटौंडा उपमहानगरपालिका सभापति आनन्दराम पराजुली, तरुण दल २ नम्बर क्षेत्रीय अध्यक्ष सुमन श्रेष्ठ, हेटौंडा–११ का सभापति विष्णु खनाल, महिला संघ ईन्द्रशरोबर संयोजक निर्मला रुम्बा, कांग्रेस मकवानपुरका सूचना प्रमूख सुजन विडारी, स्थानीय समाजसेवीहरु कुलबहादुर केवी, कृष्ण बलामी, अच्युत विष्ट, नबिना बलामी, राजकुमार घिसिङ, मंगलदाश गोले लगायतको उपस्थिति रहेको थियो ।
कांग्रेसले मंगलबार थाहा नगरपालिका वडा नम्बर ३ मा पनि मृतक परिवारलाई राहत उपलव्ध गराएको थियो ।
दिव्यताराबाट पनि सहयोग
ईन्द्रसरोबरका ३ जना मृतकको परिवारलाई दिव्यतारा सहकारी संस्था हेटौंडाले पनि राहतस्वरूप प्रतिपरिवार ५ हजारका दरले १५ हजार सहयोग गरेको छ । ईन्द्रशरोबर १ टौमाटकी २ मृतकलाई ईन्द्रसरोबर डुंगा ब्यवसायी संघले ४० हजार सहयोग गरेको छ भने ईन्द्रसरोबर वडा नम्बर १ का वडा अध्यक्ष एवं कांग्रेसका जिल्ला सदस्य जमानसिं वाईबाले ५ हजार सहयोग गरेका छन् । 
अविरल वर्षाका कारण ईन्द्रसरोबर गाउँपालिका वडा नम्बर १ मा ६२ घर पूर्ण क्षति र १ सय ७ घर आंशिक क्षति भएको वडा अध्यक्ष जमानसिं वाईबाले बताए । वडा अध्यक्ष वाईबाले पीडितहरुलाई तत्काल राहत सहयोग उपलब्ध गराउन सबैपक्षसंग आग्रह गरे ।

Congress2-1563970599.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रशासनिक कार्य वाग्लेले सम्हाल्ने
swarnim-wagle1-1790150442.jpg

७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790039341.jpg

६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

थप समाचार