Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

पदमपोखरी निकृष्ट बालश्रममुक्त घोषणा

stop-child-labor-now-1482388746.jpg

७ पुस, हेटौंडा । साविकको पदमपोखरी तथा हाल हेटौंडा वडा नम्वर १२,१३,१४ र १५ संयुक्त वडा कार्यालय निकृष्ट बालश्रम घोषणा भएको छ । हेटौंडा उपमहानगरपालिकालाई निकृष्ट बालश्रम मुक्त घोषणा गर्ने कार्यक्रम अन्तर्गत पदमपोखरी संयुक्त वडालाई बुधबार निकृष्ट बालश्रम मुक्त घोषणा गरेको हो ।

व्यवस्थापिका संसद सदस्य तथा मकवानपुर क्षेत्र नम्बर ३ का संसद अनन्त पौडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा स्थानिय टोलवासी,
राजनैतिक दलका प्रतिनिधीहरु, पदमपोखरीका विभिन्न विद्यालयका विद्यार्थीहरुको उल्लेखनिय सहभागिता रहेको थियो । निकृष्ट बालश्रम मुक्त घोषणा अभियानका संयोजक सिताराम पाख्रीनको सभाध्यक्षतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि अनन्त प्रसाद पौडेलले अभियानले पदम्पोखरी गाविसलाई निकृष्ट बालश्रम मुक्त गरेर पदम्पोखरीको साख बढाएको भन्दै यो घोषणा घोषणामा मात्र सिमित गर्न नहुने कार्यान्वयन पनि हुन जरुरी रहेको बताएका छन् । कार्यानव्यनको विषयलाई जोड दिन सम्पुर्ण पदमपोखरीवासीलाई अनुरोध गरे । हेटौंडा उपमहानगरपालिका मानवियताको शहर निर्माणका लागी यसले ठुलो सहयोग गर्ने बताउँँदै सांसद पौडेलले बालबालिकालाई रुवाउन नहुने बताए ।

घोषणा कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका निमित्त कार्यकारी अधिकृत शंकर प्रसाद उपाध्याय, सामाजिक विकास महाशाखा प्रमुख भिम तिमल्सिना, बाल कल्याण समाज मकवानपुरका कार्यक्रम प्रमुख प्रकाश खतिवडा, नगर बाल क्लव सञ्जाल समितिकी अध्यक्ष रोनिशा फुँयाल लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।

यो समेत हेटौंडा उपमहानगरपालिकाका १६ वटा वडा निकृष्ट बालश्रममुक्त घोषणा भइसकेका छन् भने अव १३ वटा वडाहरु वालश्रम मुक्त घोषण गरी आउँदै गरेको असार मसान्तसम्ममा नगरलाई नै निकृष्ट बालश्रम मुक्त घोषणा गर्ने तयारी गरेको छ ।

यसका लागी सञ्चारकर्मी, राजनीति दलका प्रतिनिधीहरु, बालक्लव, विद्यार्थी तथा स्थानिय अगुवा व्यक्तिहरुसंग पनि छलफल तथा अन्तरक्रिया गरिरहेको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

मोटरबोट दुर्घटना: तीनको मृत्यु, ४ बेपत्ता
dunga-durghatana_P5YcadQN-1792976009.jpg

९ कार्तिक, हेटौंडा । सप्तकोसी नदीमा मोटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् ।...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792975653.jpg

९ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

राष्ट्रपतिद्वारा नवदुर्गा भवानीको दर्शन तथा पूजा
Screenshot_20261025_17575-1792930389.jpg

८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...

नेकपाको राष्ट्रिय जागरण अभियान शुरु
Screenshot_20261025_06321-1792889242.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...

कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
congress-(1)-1792888897.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...

बडा दशैं पर्व समापन गरिंदै
Dashain_Tika1664260813-1792888559.jpg

८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1792888290.jpg

८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

थप समाचार