७ पुस, हेटौंडा । साविकको पदमपोखरी तथा हाल हेटौंडा वडा नम्वर १२,१३,१४ र १५ संयुक्त वडा कार्यालय निकृष्ट बालश्रम घोषणा भएको छ । हेटौंडा उपमहानगरपालिकालाई निकृष्ट बालश्रम मुक्त घोषणा गर्ने कार्यक्रम अन्तर्गत पदमपोखरी संयुक्त वडालाई बुधबार निकृष्ट बालश्रम मुक्त घोषणा गरेको हो ।
व्यवस्थापिका संसद सदस्य तथा मकवानपुर क्षेत्र नम्बर ३ का संसद अनन्त पौडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा स्थानिय टोलवासी,
राजनैतिक दलका प्रतिनिधीहरु, पदमपोखरीका विभिन्न विद्यालयका विद्यार्थीहरुको उल्लेखनिय सहभागिता रहेको थियो । निकृष्ट बालश्रम मुक्त घोषणा अभियानका संयोजक सिताराम पाख्रीनको सभाध्यक्षतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि अनन्त प्रसाद पौडेलले अभियानले पदम्पोखरी गाविसलाई निकृष्ट बालश्रम मुक्त गरेर पदम्पोखरीको साख बढाएको भन्दै यो घोषणा घोषणामा मात्र सिमित गर्न नहुने कार्यान्वयन पनि हुन जरुरी रहेको बताएका छन् । कार्यानव्यनको विषयलाई जोड दिन सम्पुर्ण पदमपोखरीवासीलाई अनुरोध गरे । हेटौंडा उपमहानगरपालिका मानवियताको शहर निर्माणका लागी यसले ठुलो सहयोग गर्ने बताउँँदै सांसद पौडेलले बालबालिकालाई रुवाउन नहुने बताए ।
घोषणा कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका निमित्त कार्यकारी अधिकृत शंकर प्रसाद उपाध्याय, सामाजिक विकास महाशाखा प्रमुख भिम तिमल्सिना, बाल कल्याण समाज मकवानपुरका कार्यक्रम प्रमुख प्रकाश खतिवडा, नगर बाल क्लव सञ्जाल समितिकी अध्यक्ष रोनिशा फुँयाल लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।
यो समेत हेटौंडा उपमहानगरपालिकाका १६ वटा वडा निकृष्ट बालश्रममुक्त घोषणा भइसकेका छन् भने अव १३ वटा वडाहरु वालश्रम मुक्त घोषण गरी आउँदै गरेको असार मसान्तसम्ममा नगरलाई नै निकृष्ट बालश्रम मुक्त घोषणा गर्ने तयारी गरेको छ ।
यसका लागी सञ्चारकर्मी, राजनीति दलका प्रतिनिधीहरु, बालक्लव, विद्यार्थी तथा स्थानिय अगुवा व्यक्तिहरुसंग पनि छलफल तथा अन्तरक्रिया गरिरहेको छ ।
१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...
१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...


















