७ पुस, हेटौँडा । हाँडीखोलाका बासिन्दाले गाविस कार्यालयबाट बिनियोजन हुने लक्षित वर्गको बजेट जथाभावी खर्च गरिएको प्रति असन्तुष्टि व्यक्त गरेका छन् । हाँडीखोला गाविसको आयोजना तथा सहास नेपाल र स्ट्रोम फाउण्डेसनको सहयोग एबम् गाउँबेसी सञ्चार मञ्च मकवानपुरको समन्वयमा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा स्थानीयले असन्तुष्टि व्यक्त गरेका हुन् ।
उनीहरुले जनजाति तथा महिला शीर्षकमा खर्च गरिएको रकमबारे असन्तुष्टि व्यक्त गरेका हुन् । केही निश्चित मान्छेहरुको पहुँचमा मात्रै यो बजेट सकिएको स्थानीय विन्दु मुक्तानले गुनासो गर्दै सँधैभरि यस्तैगरी चल्ने हो भने दुर्गम र विकटका महिलाहरु सक्षम नहुने गुनासो गरिन् ।
त्यसैगरी जनजाति शीर्षकमा खर्च हुने बजेटमा पनि अपारदर्शिता देखिएको हाँडीखोलाका वडा नागरिक मञ्चका संयोजक समेत रहेका राम स्याङ्तानले बताए । उनले जनजाति शीर्षकको बजेट फरफारक बाँकी रहेकाले पेन्डिङमा फाइल राखिए पनि राजनीतिक दबाबका कारण फरफारक गरिएको आवाज उठाए । धनकुमारी चेपाङले विकट गाउँका महिलाहरु अन्तर पार्टी महिला सञ्जालमा नरहेकाले विकटमा महिलाका बजेट पुग्नै नसकेको र परिणाममुखी हुन नसकेको बताईन् ।
स्थानीय अगुवा गोपाल पौडेलले गाविसमा गत जेठ महिनादेखि कृषि प्राविधिक भनेर कर्मचारी खटिए पनि घटनादर्ताको काम गरेर बसिरहेको भन्दै जुन कामका लागि आएका कर्मचारी हुन् सोही काम गर्नका लागि सरोकारवालाको ध्यानाकर्षण गराए । अन्यथा सम्बन्धित कार्यालयमै फर्कन उनले सुझाव दिए । जिल्ला कृषि विकास कार्यालयले एकजना प्राविधिक हाँडीखोला गाविस पठाएको थियो ।
प्रश्नहरुको जबाफ दिँदै गाविसका सचिव तथा अध्यक्ष राजु आचार्यले योजना छनोट र कार्यान्वयनमा कुनै राजनीतिक हस्तक्षेप नभएको स्पष्ट पारे । उनले योजनाका फाइलहरु फरफारक गर्ने क्रममा स्थलगत अनुगमन तथा राजनीतिक दल र वडा नागरिक मञ्चका संयोजकहरु समन्वयमा गर्ने गरिएको बताए । उनले आगामी दिनमा महिला, जनजाति, बालबालिका, अपांग, ज्येष्ठ नागरिकलगायतका शीर्षकका रकमहरुको कार्यान्वयन गर्दा अझ बढी अनुगमन निगरानी गरिने बताए । अन्तर पार्टी महिला सञ्जालको पुनर्गठनका लागि समेत उनले राजनीतिक पार्टीहरुको ध्यानाकर्षण गराए ।
कार्यक्रममा स्वास्थ्य केन्द्र, पशुसेवा केन्द्र तथा सहास नेपाल, एमआरसी नेपाल, नारी सीप सृजना केन्द्र लगायत संस्थाहरुले हाँडीखोलामा सञ्चालन गरेका कार्यक्रमहरुबारे जानकारी गराएका थिए । गाविसका अध्यक्ष आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा पशुपति माविका प्रधानाध्यापक भानुभक्त आचार्य, नेपाली काँग्रेसका शंकर न्यौपाने, एमालेका हरिशरण पौडेल, माओवादी केन्द्रका गजाधर सुवेदी, नयाँशक्तिका शिशुपाल बस्नेत, नेकपा माओवादीका राजकुमार पाख्रीन लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।
कार्यक्रममा सहास नेपालका कृष्ण रावल र गाउँबेसी सञ्चार मञ्चका तर्फबाट शिवकुमार काशीले सहजिकरण गरेका थिए ।
८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...
८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...
८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...
८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...
७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...
६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...
६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...
६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...


-1792888897.jpg)










-nepal-1792111426.jpg)




