Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

लक्षित वर्ग बजेट जथाभावी खर्चिएको हाँडिखोलाबासीको गुनासो

15621910_1021077931477533-1482392625.jpg

७ पुस, हेटौँडा । हाँडीखोलाका बासिन्दाले गाविस कार्यालयबाट बिनियोजन हुने लक्षित वर्गको बजेट जथाभावी खर्च गरिएको प्रति असन्तुष्टि व्यक्त गरेका छन् । हाँडीखोला गाविसको आयोजना तथा सहास नेपाल र स्ट्रोम फाउण्डेसनको सहयोग एबम् गाउँबेसी सञ्चार मञ्च मकवानपुरको समन्वयमा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा स्थानीयले असन्तुष्टि व्यक्त गरेका हुन् ।

उनीहरुले जनजाति तथा महिला शीर्षकमा खर्च गरिएको रकमबारे असन्तुष्टि व्यक्त गरेका हुन् । केही निश्चित मान्छेहरुको पहुँचमा मात्रै यो बजेट सकिएको स्थानीय विन्दु मुक्तानले गुनासो गर्दै सँधैभरि यस्तैगरी चल्ने हो भने दुर्गम र विकटका महिलाहरु सक्षम नहुने गुनासो गरिन् ।

त्यसैगरी जनजाति शीर्षकमा खर्च हुने बजेटमा पनि अपारदर्शिता देखिएको हाँडीखोलाका वडा नागरिक मञ्चका संयोजक समेत रहेका राम स्याङ्तानले बताए । उनले जनजाति शीर्षकको बजेट फरफारक बाँकी रहेकाले पेन्डिङमा फाइल राखिए पनि राजनीतिक दबाबका कारण फरफारक गरिएको आवाज उठाए । धनकुमारी चेपाङले विकट गाउँका महिलाहरु अन्तर पार्टी महिला सञ्जालमा नरहेकाले विकटमा महिलाका बजेट पुग्नै नसकेको र परिणाममुखी हुन नसकेको बताईन् ।

स्थानीय अगुवा गोपाल पौडेलले गाविसमा गत जेठ महिनादेखि कृषि प्राविधिक भनेर कर्मचारी खटिए पनि घटनादर्ताको काम गरेर बसिरहेको भन्दै जुन कामका लागि आएका कर्मचारी हुन् सोही काम गर्नका लागि सरोकारवालाको ध्यानाकर्षण गराए । अन्यथा सम्बन्धित कार्यालयमै फर्कन उनले सुझाव दिए । जिल्ला कृषि विकास कार्यालयले एकजना प्राविधिक हाँडीखोला गाविस पठाएको थियो । 
प्रश्नहरुको जबाफ दिँदै गाविसका सचिव तथा अध्यक्ष राजु आचार्यले योजना छनोट र कार्यान्वयनमा कुनै राजनीतिक हस्तक्षेप नभएको स्पष्ट पारे । उनले योजनाका फाइलहरु फरफारक गर्ने क्रममा स्थलगत अनुगमन तथा राजनीतिक दल र वडा नागरिक मञ्चका संयोजकहरु समन्वयमा गर्ने गरिएको बताए । उनले आगामी दिनमा महिला, जनजाति, बालबालिका, अपांग, ज्येष्ठ नागरिकलगायतका शीर्षकका रकमहरुको कार्यान्वयन गर्दा अझ बढी अनुगमन निगरानी गरिने बताए । अन्तर पार्टी महिला सञ्जालको पुनर्गठनका लागि समेत उनले राजनीतिक पार्टीहरुको ध्यानाकर्षण गराए ।

कार्यक्रममा स्वास्थ्य केन्द्र, पशुसेवा केन्द्र तथा सहास नेपाल, एमआरसी नेपाल, नारी सीप सृजना केन्द्र लगायत संस्थाहरुले हाँडीखोलामा सञ्चालन गरेका कार्यक्रमहरुबारे जानकारी गराएका थिए । गाविसका अध्यक्ष आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा पशुपति माविका प्रधानाध्यापक भानुभक्त आचार्य, नेपाली काँग्रेसका शंकर न्यौपाने, एमालेका हरिशरण पौडेल, माओवादी केन्द्रका गजाधर सुवेदी, नयाँशक्तिका शिशुपाल बस्नेत, नेकपा माओवादीका राजकुमार पाख्रीन लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

कार्यक्रममा सहास नेपालका कृष्ण रावल र गाउँबेसी सञ्चार मञ्चका तर्फबाट शिवकुमार काशीले सहजिकरण गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

थप समाचार