Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

राजदेवी दुग्ध सहकारीको साधारण सभा सम्पन्न

Rajdevi-1482578489.jpg

९ पुस, हेटौँडा । हेटौँडा–२० मा रहेको राजदेवी दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडको २२ औं बार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । साधारण सभामा संस्थाका कार्यवाहक अध्यक्ष चोपलाल धमलाले संस्थागत प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिका संयोजक रमेशकुमार पराजुलीले लेखापरिक्षण प्रतिवेदन र व्यवस्थापक घनश्याम दाहालले चालु आव २०७३÷०७४ को लागि करिव ३ करोड ७१ लाख बराबरको अनुमानित आयव्यय विवरण प्रस्तुत गरेका थिए । 
भेलामा समूहले गरेका गतिविधिहरुको बारेमा प्रचारप्रसार गरेको भन्दै संचारकर्मी भीमसेन पौडेललाई सम्मान गरेको थियो । भेलामा संस्थापक अध्यक्ष सिताराम दाहाल, पूर्व अध्यक्ष माधव न्यौपाने र रामप्रसाद तिमल्सिना, चन्दादाता सोमनाथ तिमल्सिना, उत्कृष्ट ऋणी एकनाथ चौलागाई र सानु कुँबरलाई सम्मान गरिएको थियो । यसैगरी, बढि दूध विक्रि गर्ने दिनेशकुमार धमला, बुद्धिकृष्ण सापकोटा, राधा सापकोटा, डिल्लीप्रसाद चौलागाई, नेत्रप्रसाद तिमल्सिना, नरबहादुर कार्की, तुल्सिराम धमला, रामप्रसाद भट्ट र सावित्रि सञ्जेललाई सम्मान गरिएको थियो । 
मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष बासुदेव अधिकारीको प्रमुख आतिथ्यता एवं संस्थाका कार्यवाहक अध्यक्ष चोपलाल धमलाको अध्यक्षतामा भएको सभामा संघका व्यवस्थापक कुमारमणी दाहाल, पञ्चकन्या दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष छन्दप्रसाद न्यौपाने, किसान दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष बद्री भण्डारी, राजदेवी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष मधुसुदन न्यौपाने, अशोक सामुदायिक वनका अध्यक्ष बलराम अधिकारी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

Rajdevi1-1482578489.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

थप समाचार