Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

राजनीति

यातायात मन्त्री लेखकले भने-'हेटौंडाबाटै लाइसेन्स वितरण गर्नेे व्यवस्था मिलाउनुस्'

11-1482756756.jpg


११ पुस, हेटौंडा । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले अहिले चलिरहेको हेटौंडा बजारभित्रको २५ मिटर सडक भत्कने बारेमा आफूले अहिल्यै केही नबुझी भन्न नसक्ने बताएका छन् ।

नेपाली काँग्रेस पार्टी मकवानपुरमा सोमबार भएको छलफल कार्यक्रममा मन्त्री लेखकले यहाँका स्थानीयको धेरै समस्याहरु अहिले सुनेकोले पहिले त्यसको सम्पूर्ण प्राविधिक पक्षहरु आधिकारिक रुपमा बुझेर केही समयमै विस्तृत निर्णय लिने बतााए ।
त्यस्तै यातायात कार्यालय हेटौंडाका प्रमूखलाई निर्देशन दिंदै मन्त्री लेखकले भने-'हेटौंडाबाटै लाइसेन्स वितरणलगायत अन्य यातायातसम्बन्धी कार्य गराउनको लागि केके समस्या छ भन्नुहोस्, म केहीदिनभित्रै सम्पूर्ण समस्या समाधान गरिदिन्छु । त्यसको लागि तपाईले मलाई समस्याहरु बताउनुहोस् ।'
छलफल कार्यक्रममा मन्त्री लेखकले विपिको सपना रहेको कान्तिलोकपथ सडक निर्माण काँग्रेस पार्टीले शुरू गरेको र काँग्रेसकै नेतृत्वमा सम्पन्न गर्ने बताए । एमाले माओवादी सरकारमा हुँदा कहिल्यैपनि यो सडकमा ध्यान नदिएको बताए ।

मन्त्री लेखकले जसरी पनि चुनाव हुन्छ र लोकतन्त्रमा चुनावको विकल्प नभएकाले चुनावको लागि तयारी गर्न जिल्लाका नेता तथा कार्यकर्तालाई आग्रह गरे ।

नेपाली काँग्रेस मकवानपुरका कार्यबाहक सभापति विष्णुप्रसाद लामिछानेको सभाध्यक्षतामा भएको छलफल कार्यक्रममा नेपाल तरुण दलका निवर्तमान सभापति एवं ललितपुर क्षेत्र नम्बर १ सांसद उदयसमशेर राणा, वाग्लुङ जिल्ला सांसद प्रकाश पौडेल, काँग्रेस मकवानपुरका निवर्तमान सभापति रघुरमण न्यौपाने, प्रमूख सल्लाहार माइकल रामचन्द्र अर्याल, सचिव आनन्द कठायत, कोषाध्यक्ष गोपीलाल विश्वकर्मा, सल्लाहाकार रिता खनाललगायत जिल्ला कार्यसमिति र नेपाली काँग्रेसका कार्यकर्ताहरुको उपस्थित रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
दुई राउन्ड गोलीसहित दुई जना पक्राउ
arrested-(1)-1782436668.jpg

१२ असार, हेटौंडा । सप्तरीको बलान बिहुल गाउँपालिकाबाट दुई राउन्ड गोलीसहित दुई जना पक्राउ परेका छन् । पकाउ...

जर्मनी इक्वेडरसँग पराजित
731338559_100508308211203-1782435793.jpg

१२ असार, हेटौंडा । समूह चरणको अन्तिम खेलमा जर्मनी इक्वेडरसँग पराजित भएको छ । समूह 'इ' को अन्तिम खेलमा इक्वेडरले...

आंशिक बदली रहने
Screenshot_20250526_06180-1782435407.jpg

१२ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको...

महावीर पुन र चिनियाँ राजदूतबीच भेट
730688577_149791549214667-1782350709.jpg

११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...

ब्राजिलद्वारा स्कटल्यान्डमाथि जित दर्ता
image-193-1782350237.png

११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...

अनसन बस्ने गोविन्द केसीको चेतावनी
dr.-govenda-kc-1782349986.jpg

११ असार, हेटौंडा । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजको सिट संख्या बढाउने निर्णय फिर्ता...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1782349446.jpg

११ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

कैलाशले ल्यायो ५५ करोड ८४ लाखको बजेट
1782348936064-1782349117.jpg

१० असार,हेटौंडा ।  मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३/०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...

उज्वेकिस्तानविरुद्ध पोर्चुगलको सानदार जित
729812761_157247667780741-1782264454.jpg

१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...

थप समाचार