Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

विश्वकप छनोट खेल्ने नेपाली प्रारम्भिक टोलीको घोषणा

Anfa-24102017091152-1000x-1565085889.jpg

२१ साउन, हेटौँडा । सन् २०२२ को फिफा विश्वकपका लागि एसियाको दोस्रो चरणको छनोटका लागि ३१ सदस्यीय प्रारम्भिक फुटबल टोलीको घोषणा भएको छ ।
नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक योहान कालिनले प्रशिक्षणमा डाकिएका ३६ खेलाडीबाट प्रारम्भिक चरणमा ३१ खेलाडी छनोट गरेका हुन् ।
मुख्य प्रशिक्षक कालिनले कमल श्रेष्ठ, नितिन थापा, सेसेहाङ आङ्देम्बे, अमित तामाङ र मिक्चेन तामाङ गरी पाँच जना खेलाडीहरुलाई टिमबाट बाहिर राखेका छन् ।
विश्वकप छनोटमा समूह ‘बी’ मा रहेको नेपालको समूहमा अस्ट्रेलिया, जोर्डन, कुवेत र चाईनिज ताइपेइ रहेका छन् ।
नेपालले छनोट अन्तर्गतको पहिलो खेल सेप्टेम्बर ५ मा कुवेतसँग होम गेम खेल्ने भएको छ । नेपालमा रहेको एकमात्र अन्तरराष्ट्रिय दशरथ रंगशालाको पुनर्निर्माण नसकिने होम र अवे दुबै खेल कुवेतमा खेल्ने भएको हो ।
नेपालले अवे खेल नोभेम्बर १९ कुवेतकै घरेलु मैदानमा खेल्नेछ ।
नेपाली प्रारम्भिक टोलीः
गोलरक्षकः किरण कुमार लिम्बु, एलन न्यौपाने, बिशाल श्रेष्ठ, विकेश कुथु
डिफेन्डरः विराज महर्जन, देवेन्द्र तामाङ, रवि सिलवाल, सरोज दाहाल, रन्जिन धिमाल, सुमन अर्याल, अनन्त तामाङ, दिनेश राजबंशी, बिमल पाण्डे, अजित भण्डारी
मिडफिल्डरः रवि पासवान, तेज तामाङ, त्रिदेव गुरुङ, सुजल श्रेष्ठ, बिशाल राई, रोहित चन्द, विक्रम लामा, सन्तोष तामाङ, हेमन गुरुङ, सुभाष गुरुङ, सुनिल बल
स्ट्राइकरः नवयुग श्रेष्ठ, अभिषेक रिजाल, बिमल राना, भरत खवास, बिमल घर्ति मगर, अन्जन विष्ट

 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
चाैघडा सहकारीको अध्यक्षमा पुन: श्रेष्ठ
IMG_20260926_115042-1790430794.jpg

१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...

प्रधानमन्त्री शाह स्वदेश फिर्ता
Screenshot_20260926_19222-1790430217.jpg

१० असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश...

१३ देशका निम्ति प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान
1790234274-r5kxA-1790418163.jpg

१० असोज, हेटौंडा । नेपाल सरकारले १३ देशका निम्ति राजदूत पदमा नियुक्तिका लागि सिफारिस गरेका व्यक्तिहरूका...

सुस्तामा नारायणी नदी पस्यो
badi_narayani-1790390845-1790417864.jpg

१० असोज, हेटौंडा । नवलपरासीको सुस्ता गाउँपालिका-५ सुस्तामा नारायणी नदी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा...

गड्डाचौकी भन्सार अधिकृत भट्टलाई जिम्मेवारीबाट हटाइयो
chakra-dev-bhatta-1790411-1790417297.jpg

१० असोज, हेटौंडा । कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीका भन्सार अधिकृत चक्रदेव भट्टलाई जिम्मेवारीबाट हटाइएको छ...

हेटौंडा-१७ मा मिनी ट्रकको ठक्करबाट एकजनाको मृत्यु
Accident-1574954466-1790258638.jpg

८ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-१७ चुनडाँडामा मिनी ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।...

क्लासिक टेकको दशैं अफर: ३ महिनाको शुल्कमा ७ महिना इन्टरनेट
Classic-Tech-NEWS_1200x6-1790236290.png

८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...

एमाले केन्द्रीय कमिटी बैठक जारी
uml-1790213537.jpg

८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...

राप्रपाको सातवटै प्रदेशको अधिवेशन हुँदै
raprapa-1790213294.png

८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...

थप समाचार