१२ पुस, हेटौँडा । नयाँ शक्ति पार्टी नेपालकी केन्द्रीय सहसंयोजक दूर्गा सोबले देशको समृद्धि र आत्मनिर्भरताको लागि उत्पादन र आर्थिक विकासमा लाग्नुपर्नेमा जोड दिएकी छन् । मंगलबार हेटौंडामा भएको महिलाको प्रशिक्षणात्मक कार्यक्रममा बोल्दै केन्द्रीय सहसंयोजक सोबले हरेक घरको महिला कुनै न कुनै उत्पादनमा जोडिए उत्पीडन र हिंसामा समेत कमी आउने दाबी गरिन् ।
‘हरेक घरका कम्तीमा एक जना महिलाले पशुपालन, कृषि, घरेलु उत्पादनलगायतका काम गरी आर्थिक उत्पादन गर्न सके परनिर्भरता घट्छ,’ उनले भनिन् –‘पार्टीमा संगठित भएर भाषण गरेर मात्र अघि बढिँदैन, राजनीतिको साथमा आर्थिक रुपमा सबल हुने काम पनि गर्नुप¥यो ।’ महिलालाई सशक्त बनाउन पुरुषले समेत साथ दिनुपर्नेमा उनको जोड थियो । महिलाहरु घर र चुलोचौकोमा मात्र सीमित नभई राजनीतिको साथै आर्थिक आयआर्जनको काममा लाग्न आफ्नो पार्टीले महिलालाई प्रोत्साहित गरिरहेको सोबको भनाइ थियो । महिला शक्ति नेपाल मकवानपुरको आयोजनामा भएको ‘उत्पादन तथा आर्थिक योजना’ विषयक प्रशिक्षणात्मक कार्यक्रममा बोल्दै पार्टीकी केन्द्रीय केन्द्रीय कार्यकारिणी समितिकी सदस्य लिली थापाले हरेक हिसाबले उत्पीडनमा परेका महिलाको हितमा नयाँ शक्तिले मात्र काम गर्ने दाबी गरिन् ।
केन्द्रीय परिषद् सदस्य लक्ष्मी शर्माले महिलाको कानूनी अधिकारबारे सचेतना गराएकी थिइन् । कार्यक्रममा नयाँ शक्ति पार्टीकी केन्द्रीय सदस्य तथा मकवानपुर उत्प्रेरक सबिना अर्याल, जिल्ला सहसंयोजक विवेक वाइबा, महिला शक्ति नेपालकी केन्द्रीय सदस्य पुनम भट्टराई खतिवडालगायतले मन्तव्य व्यक्त गरेका थिए ।
स्वतन्त्र रहेका तथा विभिन्न पार्टी परित्याग गरी ५२ जना महिला नयाँ शक्ति पार्टीमा प्रवेश गरेका छन् । पार्टी प्रवेश गर्नेहरुमा मेनुका श्रेष्ठ, अभिता श्रेष्ठ, अन्जु पाठक, शान्ता कार्की, शर्मिला दोङ, भगवती मैनाली, डेली पाण्डे, सुन्दरी लामा, बिटु श्रेष्ठ, पुनम मोक्तान, तेजकुमारी थिङ, शर्मिला गुरुङलगायत रहेका छन् ।
१२ असार, हेटौंडा । सप्तरीको बलान बिहुल गाउँपालिकाबाट दुई राउन्ड गोलीसहित दुई जना पक्राउ परेका छन् । पकाउ...
१२ असार, हेटौंडा । समूह चरणको अन्तिम खेलमा जर्मनी इक्वेडरसँग पराजित भएको छ । समूह 'इ' को अन्तिम खेलमा इक्वेडरले...
१२ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको...
११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...
११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...
११ असार, हेटौंडा । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजको सिट संख्या बढाउने निर्णय फिर्ता...
११ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...
१० असार,हेटौंडा । मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३/०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...
१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...
३१ जेठ, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमि प्रशासन कार्यालय मनाङमा कार्यरत नायव सुब्बा ज्ञानराज...
३१ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेश सभापतिमा उत्सव अर्याल विजयी बनेका छन् । दुई...
३१ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको...
३१ जेठ, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीचको युद्ध अन्त्य गर्ने सम्झौतामा आइतबार...
१ असार, हेटौंडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्य गर्ने शान्ति सम्झौता भएको घोषणा...
१ असार, हेटौंडा । प्रतिनिधि सभाको बैठक सोमबार बस्दैछ। बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्ष...
१ असार, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको बेइजिङमा विभिन्न कार्यक्रममा सहभागी भएका छन् । उनलाई बेइजिङ...
१ असार, हेटौंडा । कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा मजदुरको टेम्पो भीरबाट खसाल्ने जिल्ला वन कार्यालयका...
३१ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारको आर्थिक सर्वेक्षण सार्वजनिक गरिएको छ । बागमती प्रदेश सरकारका आर्थिक...

-1782436668.jpg)





-nepal-1782349446.jpg)








-1780-1781487498.jpg)

