Email :- prastakhabar@gmail.com
खेलकुद

नेपाल माल्दिभ्ससँग बुधवार भिड्दै

women-tem-1482844549.JPG

नवीन तिमल्सिना
१२ पुस, भारत (सिलिगुडी) ।
चौथो दक्षिण एसियाली महिला फुटबल (साफ) प्रतियोगितामा बुधबार नेपाल र माल्दिभ्सबीच प्रतिष्पर्धा हुँदैछ । भारतको सिलिगुडीमा जारी प्रतियोगितामा समूह ए मा रहेको नेपालले दोस्रो खेल बुधबार साँझ ६ बजे कञ्चनजंगा खेल मैदानमा माल्दिभ्ससँग खेल्नेछ ।
पहिलो खेलमा नेपालले भुटानलाई ८—० को फराकिलो अन्तरले पराजित गरेको छ । नेपालले पहिलो साफ च्याम्पियनसिपमा माल्दिभ्सलाई ६—० ले समूह चरणमा पराजित गरेको थियो । सन् २०१२ मा पनि नेपालले माल्दिभ्सलाई ५—० ले पराजित गरेको थियो । उक्त साफमा माल्दिभ्ससँगको खेलमा नेपालकी जमुना गुरुङले ह्याट्रिक गरेकी थिइन् । खेलमा १ गोल गरेकी दीपा अधिकारी अहिलेको टिममा छन् ।
माल्दिभ्सलाई हराउने आत्मविश्वासका साथ नेपाल मैदान प्रवेश गर्दैछ भने माल्दिभ्स त्यसको बदला लिने योजनामा छ । प्रतियोगितामा माल्दिभ्सले पहिलो खेलमा श्रीलंकालाई सोमबार ५—२ पराजित गरेको थियो । प्रतियोगिताको समूह ए मा नेपाल, माल्दिभ्स, श्रीलंका र भुटान छन् । समूह बि मा भारत, अफगानिस्तान र बंगालादेश छन् । भारत ३ पटक च्याम्पियन बनेको छ । नेपाल ३ पटक नै उपविजेतामा चित्त बुझाएको छ । प्रतियोगितामा पाकिस्तान भने सहभागी भएको छैन ।
माल्दिभ्समाथिको जीत सुनिश्चितः प्रशिक्षक थापा
माल्दिभ्सविरुद्ध बुधवार हुने खेलमा तयार रहेको नेपाली टोलीले जीत सुनिश्चित रहेको दाबी गरेको छ । नेपालका प्रशिक्षक कुमार थापाले माल्दिभ्ससँगको खेलमा पनि जीत आफ्नै पोल्टामा पर्ने विश्वास व्यक्त गरे ।
‘६५ प्रतिशत हामीले गेम जित्ने सम्भावना छ,’उनले भने,‘विपक्षी टिमको खेल हेरेर रणनीति बनाउँछौ, खेल जित्नलाई समस्या छैन । जीत सुनिश्चित छ’ यो प्रतियोगितामा माल्दिभ्सले नेपाललाई हराउन सकेको छैन । प्रशिक्षक थापाले भने,‘ माल्दिभ्ससँगको खेलमा हामी नै हाबी हुन्छौं, खेलाडीले उच्च मनोबलका साथ खेल्छन् भन्ने विश्वास छ । ’
नेपालका टिम क्याप्टेन रेणुका नगरकोटीले माल्दिभ्ससँगको खेलको नजिता हाम्रै पक्षमा पार्ने गरी तयारी गरेको बताइन् । ‘ यो प्रतियोगितामा हामी ३ पटकसम्म उपविजेता भएका छौ,’ नगरकोटीले भनिन्,‘ यो पटक विजेता बन्ने गरी नै आएका छौं, टिम वर्क राम्रो भयो भने खेलमा जीत हासिल गर्न सकिन्छ ।’ भुटान भन्दा माल्दिभ्स राम्रो टिम भएकोले सोही अनुसारको रणनीति बनाएर खेल खेल्ने उनले बताइन् ।
भुटानको खेलमा एक्लै ६ गोल गरेकी सावित्रा भण्डारीले माल्दिभ्ससँगको खेलमा पनि राम्रो खेल प्रदर्शन गर्ने बताइन् । ‘ भुटान भन्दा माल्दिभ्सको टिम राम्रो छ,’ उनले भनिन्,‘ बरियता र खेलमा हामी नै माथि छौ, विपक्षीलाई कमजोर ठान्नु हुँदैन, सोही अनुसारकै तयारी हामीले पनि गरेका छौ । ’
प्रतियोगितामा माल्दिभ्सले पहिलो खेलमा श्रीलंकालाई सोमबार ५—२ पराजित गरेको थियो । प्रतियोगिताको समूह ए मा नेपाल, माल्दिभ्स, श्रीलंका र भुटान छन् । समूह बि मा भारत, अफगानिस्तान र बंगलादेश छन् । नेपाल ३ पटक नै उपविजेतामा चित्त बुझाएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्




Aayurbed-Kendra-Adv-1684993944.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Ghatna-Darta-Notice-Htd-7-1665991914.jpg
हेटौंडा-५ मा फेला परेको शवको शनाखत
IMG_0682-1685802187.png

२० जेठ, हेटौंडा । शनिवार बिहान मकवानपुरको हेटौंडा-५ राईटोलबाट  मनकामना जाने बाटोमा मृत भेटिएका पुरुषको सनाखत...

गर्मीका कारण हेटौंडाका विद्यालय एक साता बिदा
IMG_0936-1685802847.png

२० जेठ, हेटौंडा । हेटौंडा उपमहानगरपालिका क्षेत्रका विद्यालय एक साता बन्द हुने भएका छन् । अत्यधिक गर्मी बढेकाले...

हेटौंडामा चलचित्र नम्बरी सुनको प्रिमियर शो
Screenshot_20230603_19290-1685799879.jpg

२० जेठ, हेटौंडा ।  बागमती प्रदेशको राजधानी हेटौंडामा नेपाली चलचित्र नम्बरी सुनके प्रिमियर शो को आयोजना गरिएको छ...

कांग्रेस हेटौंडाको नगर सम्मेलन सम्पन्न, शुद्धिकरण अभियान संचालनमा जोड    
Screenshot_20230603_18543-1685798018.jpg

२० जेठ , हेटौँडा । नेपाली कांग्रेस हेटौँडा नगर कार्य समितिको नगर सम्मेलन गरेको छ । नेपाली कांग्रेस...

प्रधानमन्त्री दाहाल नेपाल प्रस्थान
Screenshot_20230603_18163-1685795506.jpg

२० जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल नेपाल प्रस्थान गरेका छन् । चार दिने भारत भ्रमण सकेर दाहाल...

व्यक्तिको विरोध गरेर पार्टी ठुलो बन्दैन: देउवा
Screenshot_20230603_16260-1685788953.jpg

२० जेठ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले व्यक्तिको विरोध गरेर पार्टी ठुलो नबन्ने बताएका...

गर्मीका कारण हेटौंडा ४ र ५ का विद्यालय बन्द
notece-1685783769.JPG

२० जेठ, हेटौंडा । अध्यधिक गर्मी बढेको भन्दै हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर ४ र ५ ले वडा भित्रका सम्पूर्ण...

वातावरण दिवसमा हेटौंडामा साईकल र्यालि एवं सम्मान कार्यक्रम
Screenshot_20230603_14171-1685781200.jpg

२० जेठ, हेटौंडा । विश्व वातावरण दिवस-२०८० को अवसरमा हेटौंडामा साइकल र्याली एवं सम्मान कार्यक्रम भएको छ । टोल विकास...

ओडिसाको रेल दुर्घटनामा मृत्यु हुनेको संख्या २८८ पुग्यो
Screenshot_20230603_14033-1685780454.jpg

२० जेठ, हेटौंडा । भारतको ओडिसामा रेल दुर्घटना हुँदा मृत्युु हुनेको संख्या दुई सय ८८ पुगेको छ । ओडिसाको...

थप समाचार