Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

नेपालसँग माल्दिभ्सको लजास्पद हार

2nd-match-1482992416.JPG

नवीन तिमल्सिना
१४ पुस, भारत (सिलिगुडी) ।भारतको सिलिगुडीमा जारी चौथो दक्षिण एसियाली महिला फुटबल (साफ) प्रतियोगितामा नेपालले माल्दिभ्सविरुद्ध सानदार जीत निकालेको छ ।

कञ्चनजंघा स्टेडियममा भएको प्रतियोगिताको दोस्रो खेलमा नेपालले माल्दिभ्सलाई ९–० गोलको फराकिलो अन्तरले लजास्पद हार चखाएको हो । नेपालको जीतमा सावित्रा भण्डारी नायक बनिन् । साफमा पहिलो पटक सहभागिता जनाएकी भण्डारीले माल्दिभ्सविरुद्धको खेलमा एक्लैले ५ गोल गरेकी छन् ।

प्रतियोगिताको उद्घाटनमा भुटानविरुद्ध पनि भण्डारीले ६ गोल गर्दै दोहोरो ह्याट्रिक गरेकी थिइन् । तीव्र गतिमा दौडिने भण्डारी नेपाली फुटबलमा एउटै खेलमा दोहोरो ह्याट्रिक गर्ने पहिलो खेलाडी हुन् । उनले खेलको १२ औं मिनेटमा उत्कृष्ट गोल गर्दै टिमलाई अग्रता दिलाएकी हुन् । माल्दिभ्सकी गोलरक्षक आइस्हात अबदुल रजाक अगाडि बढेको मौकामा भण्डारीले बललाई चिप गर्दै जाली चुमाइन् ।

सावित्राले नेपालको लागि दोस्रो गोल खेलको २८ औं मिनेटमा गरिन् । दीपा राईले दिएको पासलाई भण्डारीले सेकेन्ड बारमा च्याप्दै बललाई पोष्टको दिशा दिइन् । खेलको ३९ औं मिनेटमा भण्डारीले गोल गर्दै प्रतियोगितामा आफ्नो तेस्रो ह्याट्रिक तथा कुल ९ गोल गर्न सफल भइन् ।

अनिता बस्नेतको क्रस प्रहारलाई माल्दिभ्सकी गोल रक्षक रजाकले बचाउन खोज्दा रिबाउन्ड भएको बललाई भण्डारीले हेड मार्फत् सुन्दर गोल गरिन् । 

सावित्राले खेलको ५० औं मिनेटमा करिब ४० यार्डबाट एक्लै लगेको बललाई माल्दिभ्सकी गोलरक्षक रजाकलाई छक्काउँदै उत्कृष्ट गोल गरिन् । नेपालको लागि ५ औं गोल मञ्जलीकुमारी योञ्जनले ५२ औं मिनेट गोल गरिन् । मिडफिल्डर अनिता बस्नेतले निकालेको क्रस पासलाई सदुपयोग गर्दै योञ्जनले गोल गरेकी हुन् ।

सावित्राले खेलको ६३ औं मिनेटमा अनिताको पासलाई डिबक्सभित्रबाट प्रहार गरेको बलले जाली चुमेपछि उनको टिमको 
लागि ५ औं गोल पुगेको छ । टिमको छैठौं गोल ६५ औं मिनेटमा मैदान प्रवेश गरेकी सपना लामाले गरिन् । खेलको ७१ औं मिनेटमा सावित्राले दिएको पासलाई सपनाले सदुपयोग गर्दा नेपालले माल्दिभ्सविरुद्ध आधा दर्जन गोल ठोकेको हो ।  खेलको ७४ औं मिनेटमा करिब ३० यार्डबाट हिराकुमारी भुजेलले प्रहार गरेको शक्तिशाली बललाई माल्दिभ्सकी गोलरक्षकले पत्तै पाइनन् ।

नेपालको लागि ९ औं तथा खेलको अन्तिम गोल अतिरिक्त खेलाडी निर्मला विकले खेलको अतिरिक्त समयमा गोल गरिन् । नेपालले आफ्नो तेस्रो खेल श्रीलंकासँग पुस १५ गते खेल्नेछ । पहिलो खेलमा नेपालले भुटानलाई ८–० गोलले पराजित गरेको थियो । 
प्रतियोगिताको समूह ए मा नेपाल, माल्दिभ्स, श्रीलंका र भुटान छन् । समूह बि मा भारत, अफगानिस्तान र बंगालादेश छन् । भारत ३ पटक च्याम्पियन बनेको छ । नेपाल ३ पटक नै उपविजेतामा चित्त बुझाएको छ । प्रतियोगितामा पाकिस्तान भने सहभागी भएको छैन ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

मोटरबोट दुर्घटना: तीनको मृत्यु, ४ बेपत्ता
dunga-durghatana_P5YcadQN-1792976009.jpg

९ कार्तिक, हेटौंडा । सप्तकोसी नदीमा मोटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् ।...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792975653.jpg

९ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

राष्ट्रपतिद्वारा नवदुर्गा भवानीको दर्शन तथा पूजा
Screenshot_20261025_17575-1792930389.jpg

८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...

नेकपाको राष्ट्रिय जागरण अभियान शुरु
Screenshot_20261025_06321-1792889242.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...

कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
congress-(1)-1792888897.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...

बडा दशैं पर्व समापन गरिंदै
Dashain_Tika1664260813-1792888559.jpg

८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1792888290.jpg

८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

थप समाचार