Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

नेपालसँग माल्दिभ्सको लजास्पद हार

2nd-match-1482992416.JPG

नवीन तिमल्सिना
१४ पुस, भारत (सिलिगुडी) ।भारतको सिलिगुडीमा जारी चौथो दक्षिण एसियाली महिला फुटबल (साफ) प्रतियोगितामा नेपालले माल्दिभ्सविरुद्ध सानदार जीत निकालेको छ ।

कञ्चनजंघा स्टेडियममा भएको प्रतियोगिताको दोस्रो खेलमा नेपालले माल्दिभ्सलाई ९–० गोलको फराकिलो अन्तरले लजास्पद हार चखाएको हो । नेपालको जीतमा सावित्रा भण्डारी नायक बनिन् । साफमा पहिलो पटक सहभागिता जनाएकी भण्डारीले माल्दिभ्सविरुद्धको खेलमा एक्लैले ५ गोल गरेकी छन् ।

प्रतियोगिताको उद्घाटनमा भुटानविरुद्ध पनि भण्डारीले ६ गोल गर्दै दोहोरो ह्याट्रिक गरेकी थिइन् । तीव्र गतिमा दौडिने भण्डारी नेपाली फुटबलमा एउटै खेलमा दोहोरो ह्याट्रिक गर्ने पहिलो खेलाडी हुन् । उनले खेलको १२ औं मिनेटमा उत्कृष्ट गोल गर्दै टिमलाई अग्रता दिलाएकी हुन् । माल्दिभ्सकी गोलरक्षक आइस्हात अबदुल रजाक अगाडि बढेको मौकामा भण्डारीले बललाई चिप गर्दै जाली चुमाइन् ।

सावित्राले नेपालको लागि दोस्रो गोल खेलको २८ औं मिनेटमा गरिन् । दीपा राईले दिएको पासलाई भण्डारीले सेकेन्ड बारमा च्याप्दै बललाई पोष्टको दिशा दिइन् । खेलको ३९ औं मिनेटमा भण्डारीले गोल गर्दै प्रतियोगितामा आफ्नो तेस्रो ह्याट्रिक तथा कुल ९ गोल गर्न सफल भइन् ।

अनिता बस्नेतको क्रस प्रहारलाई माल्दिभ्सकी गोल रक्षक रजाकले बचाउन खोज्दा रिबाउन्ड भएको बललाई भण्डारीले हेड मार्फत् सुन्दर गोल गरिन् । 

सावित्राले खेलको ५० औं मिनेटमा करिब ४० यार्डबाट एक्लै लगेको बललाई माल्दिभ्सकी गोलरक्षक रजाकलाई छक्काउँदै उत्कृष्ट गोल गरिन् । नेपालको लागि ५ औं गोल मञ्जलीकुमारी योञ्जनले ५२ औं मिनेट गोल गरिन् । मिडफिल्डर अनिता बस्नेतले निकालेको क्रस पासलाई सदुपयोग गर्दै योञ्जनले गोल गरेकी हुन् ।

सावित्राले खेलको ६३ औं मिनेटमा अनिताको पासलाई डिबक्सभित्रबाट प्रहार गरेको बलले जाली चुमेपछि उनको टिमको 
लागि ५ औं गोल पुगेको छ । टिमको छैठौं गोल ६५ औं मिनेटमा मैदान प्रवेश गरेकी सपना लामाले गरिन् । खेलको ७१ औं मिनेटमा सावित्राले दिएको पासलाई सपनाले सदुपयोग गर्दा नेपालले माल्दिभ्सविरुद्ध आधा दर्जन गोल ठोकेको हो ।  खेलको ७४ औं मिनेटमा करिब ३० यार्डबाट हिराकुमारी भुजेलले प्रहार गरेको शक्तिशाली बललाई माल्दिभ्सकी गोलरक्षकले पत्तै पाइनन् ।

नेपालको लागि ९ औं तथा खेलको अन्तिम गोल अतिरिक्त खेलाडी निर्मला विकले खेलको अतिरिक्त समयमा गोल गरिन् । नेपालले आफ्नो तेस्रो खेल श्रीलंकासँग पुस १५ गते खेल्नेछ । पहिलो खेलमा नेपालले भुटानलाई ८–० गोलले पराजित गरेको थियो । 
प्रतियोगिताको समूह ए मा नेपाल, माल्दिभ्स, श्रीलंका र भुटान छन् । समूह बि मा भारत, अफगानिस्तान र बंगालादेश छन् । भारत ३ पटक च्याम्पियन बनेको छ । नेपाल ३ पटक नै उपविजेतामा चित्त बुझाएको छ । प्रतियोगितामा पाकिस्तान भने सहभागी भएको छैन ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

थप समाचार