Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

बल जर्सी छैन, राष्ट्रिय टिमबाट फुटबल खेल्ने आश

68453453_495336564553759_-1565504015.jpg

विक्रम कुमार बानियाँ
२६ साउन, हेटौँडा ।
बालबालिकाको खेल विकासका लागि अखिल नेपाल फुटबल संंघले (एन्फा) ले ग्रासरुट फुटबल कार्यक्रम जारी राखेको छ । ८–१३ वर्षसम्मका बालबालिकालाई लक्षित गरेर एन्फाले कार्यक्रम शुरु गरेको हो । ४५ जिल्लामा एकै उमेर समूहका बालबालिकालाई एकै समयमा प्रशिक्षण गराउँदै विद्यालयदेखि क्षेत्र हुँदै राष्ट्रिय प्रतियोगितामा सामेल गराइने कार्यक्रम छ । तर धेरै स्थानका खेलाडि यस्तो सुविधाबाट बन्चित रहेका छन् ।
बाराको जीतपुर सिमरा उपमहानगरपालिका–२२, चकरीका युवा हुन् सुवास बल । उनी मकवानपुर र सिमरा गएर मकवानपुरे प्रशिक्षक विजयलाल श्रेष्ठ, सिमराका प्रशिक्षक सुनिल राउत र सातदोबाटो युथ क्लबका प्रशिक्षक सनुज श्रेष्ठको प्रशिक्षणमा आफूले सिकेका सिप साना केटाकेटीलाई सिकाउन लागिपरेका छन् । उनी फुटबलको मात्र नभएर, गाउँकै नाम चिनाउन लागिपरेका हुन् । तर, यो कतिको प्रभावकारी भयो भन्ने समिक्षा चाँही एन्फाले गरेको छैन । यसले जिल्लाका सम्पूर्र्ण क्षेत्रलाई समेट्न नसकेको देखिएका कारण सुवासजस्ता युवा अगाडि सर्नु परेको प्रष्टै देखिन्छ ।
नेपाली राष्ट्रिय फुटबल टोलीका महत्वपूर्ण र मेहनती खेलाडी सुनिल बलका २२ वर्षीय कान्छा भाइ सुबास, सुनिलकै प्रेरणाले फुटबलतर्फ आकर्षित भए । कतै हिँड्दा, कसैले ‘ऊ त्यो सुनिल बलको भाइ हो’ भनेर आफूलाई देखाउँदा गर्वले छाति चौंडा हुने उनी सुनाउँछन् । १० वर्ष हाराहारीका कलिला बालकको समूह । जर्सी छैन, खाली खुट्टा, खुइलेको फुटबल । १५÷२० जना मैदानमा आफैं घाँस काट्ने, मैदान सफा गर्ने र फुटबलको नियमित प्रशिक्षण गर्छन् उनीहरु । अखिल नेपाल फुटबल संघ (एन्फा) ले ठूला आश्वासन दिएर कार्यान्वयन नहुँदा पनि उनीहरु आफ्नो अभ्यानलाई निरन्तरता दिईरहेका छन् । 
बजार क्षेत्रबाट केही परको स्थानमा राज्यको ध्यान नपुगेपनि उनीहरुको फुटबलप्रतिको विश्वास र प्रेम बढ्दो छ । सुवाससँग धेरै प्रतियोगिताको अनुभव त छैन, तर मेहनत र फुटबलप्रति लगाव चाहीं धेरै छ । हालै सम्पन्न ‘बी’ डिभिजन लिग फुटबल प्रतियोगितामा सातदोबाटो युथ क्लबमा प्रशिक्षण गरे । तर, टिममा परेनन् । तर, उनी गाउ“को फुटबल विकासमा भने निरन्तर लाग्ने बताउँछन् । फिटनेसका लागि पनि बालकहरुको समूह बनाएर खेल्ने र खेलाउने गरेको उनी बताउँछन् । 
बारा र मकवानपुरको सिमाना भएका कारण चकरीबाट सिमरा खेल्न जान टाढा रहेको गुनासो सुनाउँछन् उनी । ‘जिल्लाका प्रशिक्षकलाई यहाँसम्म आउन र हामीलाई जिल्लासम्म जानु भन्दा आफूले सिकेको सिपअनुसार सिकाइरहेको छु ।’–उनले भने । चाहना र तत्परता छ तर, आर्थिक अवस्था कमजोर भएका कारण खेलबञ्चित हुने अवस्थामा आफैंले स्थानीय एफसी चकरी क्लब अध्यक्ष भीम मोक्तानसँग बललगायत खेलकुद सामग्री सहयोग मागेको उनी बताउँछन् । २२ नम्बर वडा अध्यक्ष मनिकलाल थिङको आवश्यक सहयोग गर्ने प्रतिवद्धता दिएका छन् । 
केही समयअघिको फुटबल प्रतियोगितामा पुरस्कार जितेको रकमले कोण, बल, मार्कर किनेको सुनाउँदै उनी सहयोग भने कतै बाटै नपाएकोमा खिन्न मान्छन् । ‘खुईलिएको दुईवटा बल छ खेल्नका लागि, अभावकै बीच पनि हामी देशकै उत्कृष्ट खेलाडि उत्पादन गर्ने सोचमा जुटेका छौं ।’–उनले भने । सहयोग पाए यो काम अझै सहज हुने उनको भनाई छ ।

67219538_2063741337268635-1565504085.jpg
67780053_680470085762132_-1565504086.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
चाैघडा सहकारीको अध्यक्षमा पुन: श्रेष्ठ
IMG_20260926_115042-1790430794.jpg

१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...

प्रधानमन्त्री शाह स्वदेश फिर्ता
Screenshot_20260926_19222-1790430217.jpg

१० असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश...

१३ देशका निम्ति प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान
1790234274-r5kxA-1790418163.jpg

१० असोज, हेटौंडा । नेपाल सरकारले १३ देशका निम्ति राजदूत पदमा नियुक्तिका लागि सिफारिस गरेका व्यक्तिहरूका...

सुस्तामा नारायणी नदी पस्यो
badi_narayani-1790390845-1790417864.jpg

१० असोज, हेटौंडा । नवलपरासीको सुस्ता गाउँपालिका-५ सुस्तामा नारायणी नदी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा...

गड्डाचौकी भन्सार अधिकृत भट्टलाई जिम्मेवारीबाट हटाइयो
chakra-dev-bhatta-1790411-1790417297.jpg

१० असोज, हेटौंडा । कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीका भन्सार अधिकृत चक्रदेव भट्टलाई जिम्मेवारीबाट हटाइएको छ...

हेटौंडा-१७ मा मिनी ट्रकको ठक्करबाट एकजनाको मृत्यु
Accident-1574954466-1790258638.jpg

८ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-१७ चुनडाँडामा मिनी ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।...

क्लासिक टेकको दशैं अफर: ३ महिनाको शुल्कमा ७ महिना इन्टरनेट
Classic-Tech-NEWS_1200x6-1790236290.png

८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...

एमाले केन्द्रीय कमिटी बैठक जारी
uml-1790213537.jpg

८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...

राप्रपाको सातवटै प्रदेशको अधिवेशन हुँदै
raprapa-1790213294.png

८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...

थप समाचार