२८ साउन, हेटौँडा । हेटौँडा उपमहानगर क्षेत्रमा देखिएको डेंगुको प्रकोप नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय मकवानपुरमा मंगलबार बैठक बसेको छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङको अध्यक्षतामा डेंगु नियन्त्रणका लागि सुरक्षा निकाय र सरोकारवाला निकायसहितको बैठक बसेको हो ।
बैठकमा डेंगु नियन्त्रणका लागि सचेतनामुलक कार्यक्रम संचालन गर्ने, डेंगुका लार्भा र प्युपको बासस्थान पहिचान गरी नष्ट गर्ने, प्रभावित क्षेत्रमा सामाजिक संस्था र क्लवसंगको सहकार्यमा स्वास्थ्य शिविर गर्ने, आवश्यक परे सुरक्षा निकायलाई परिचालन गर्ने, डेंगु परिक्षण गर्ने किटको पर्याप्त उपलव्धताका लागि उपमहानगरपालिकाले व्यवस्था मिलाउने, पत्रकार र विद्यालयका शिक्षकहरुसंग डेंगु नियन्त्रणका लागि अन्तरक्रिया गर्ने लगायतका निर्णय भएको छ ।
बैठकमा प्रदेश सामाजिक विकास मन्त्रालय, क्षेत्रीय स्वास्थ्य निर्देशनालय, जिल्ला जनस्वास्थ्य कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, हेटौँडा उपमहानगरपालिकाका प्रतिनिधि र ४ नम्बर वडाका अध्यक्षको सहभागिता रहेको थियो ।
हेटौँडामा हालसम्म १ सय २४ जना डेंगुका विरामी पहिचान भएका छन् । डेंगु परिक्षण किटको अभावमा काम गर्न समस्या भईरहेको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख शशीकान्त सिंहले जानकारी दिए ।
८ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-१७ चुनडाँडामा मिनी ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।...
८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...
८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
८ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । सिंहदरबारमा बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको...
८ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । साथै बङ्गालको खाडीको...
७ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र साह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका...
६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...
६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको...
२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...
२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
२६ भदौ, हेटौंडा । कुशेऔँशी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने...
२६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा चार हजार आठ सय रूपैयाँ घटेको हो । नेपाल...


















