Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

४१ औं राष्ट्रिय मेलमिलाप दिवसमा अन्र्तक्रिया

b2-1483182639.jpg

१६ पुस, हेटौंडा । नेपाली काँग्रेस मकवानपुरले शनिवार ४१ औं राष्ट्रिय मेलमिलाप दिवस अन्र्तक्रिया कार्यक्रम गरी मनाएको छ । नेपाली काँग्रेसका संस्थापक नेता विपी काईरालाले आठ बर्ष लामो भारत निर्वासनपछि २०३३ साल पुस १६ गते राष्ट्रिय मेलमिलापको आह्वानसहित स्वदेश फर्किएको सम्झनामा नेपाली काँग्रेस र यसका भ्रातृ संगठनहरुले यो दिवस मनाउने गर्दछन् ।

तत्कालीन पञ्चायती ब्यवस्थाले आफूविरुद्ध लगाएका विभिन्न मुद्दाको पर्वाह नगरी राष्ट्रिय शक्ति र प्रजातान्त्रिक शक्तिसँग एकता र मेलमिलापको माध्यमद्धारा देशको स्वाभिमान बचाउने उदघोषका साथ वीपी स्वदेश फर्किएका थिए । नेपालमा प्रजातान्त्रिक ब्यवस्था ल्याउन विदेशी भुमिमा बसेर संघर्ष गर्नुभन्दा आफ्नै देशमा मेलमिलाप गर्नुपर्ने उनको मान्यता रहेको वक्ताहरुले बताए ।

प्रजातान्त्रिक समाजवादी आन्दोलनका प्रणेता वीपी स्वदेश फर्किएपछि भएका बिभिन्न आन्दोलन र २०३७ सालको जनमत संग्रहले देशमा राजनीतिक परिवर्तनको लागि बाटो सहज बनाएको बताउने गरिन्छ । वीपीले अघि सारेको एकता र मेलमिलापको नीति अहिले पनि उत्तिकै सान्दर्भिक मानिएको छ । अहिले सबैजसो राजनीतिक दलहरुले यसलाई अनुसरण गरेका छन् ।

नेपाली काँग्रेस मकवानपुरका कार्यबाहक सभापति विष्णुप्रसाद लामिछानेको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रमूख सल्लाहाकार माईकल रामचन्द्र अर्याल, जिल्ला सचिव आनन्द कठायत, कोषाध्यक्ष गोपीलाल विश्वकर्मा, तारानाथ चौलागाई, लोकबहादुर मुक्तान, पवित्रा विश्वकर्मा, दामोदर सुवेदी, भीमबहादुर भोम्जन, केशवप्रसाद काफ्ले, रमेश गिरी, हरीप्रसाद पौडेल, श्याम सुवेदी, हरिश्चन्द्र सापकोटा, कुमार पौडेललगायतकाले वीपी र गणेशमानलगायतले देश र जनताप्रति पुर्याएको योगदानको चर्चा गरेका थिए ।

कार्यक्रममा पार्टीका जिल्ला, क्षेत्र, नगर र विभिन्न गाविसका नेता तथा कार्यकताहरुको उपस्थिति रहेको थियो ।

b4-1483182639.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मुख्यमन्त्री मगरले आज विश्वासको मत लिँदै
kiran-thapa-1787056654-1787537284.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...

प्रतिनिधिसभाको बैठक आज
Screenshot_20260628_16321-1787536972.jpg

८ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो।  बैठकमा सर्वप्रथम उद्योग,...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787536646.jpg

८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...

गरिमाको परिवार र सरकारबीच तीनबुँदे सहमति
Garima-death-1787447441.jpg

७ भदौ, हेटौंडा । बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ की तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787447005.jpg

७ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
sarkar-1787334429-1787362796.png

६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...

बागमतीका तीन मन्त्रीलाई राप्रपाले सोध्यो स्पष्टीकरण
1701944755_raprapa-1200x5-1787362283.jpg

६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787361795.jpg

६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

जापानिज इन्सेफलाइटिसबाट दुई जनाको मृत्यु
JI-1787301421.jpg

५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...

थप समाचार