२१ पुस, काठमाडौं । मकवानपुर उद्योग वाणिज्य संघ तथा जिल्ला स्तरीय राजनैतिक दलहरुको संयुक्त टोलीले आज भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रमेश लेखकसँग भेट गरेको छ । मध्यमाञ्चल क्षेत्रीय प्रशासन कार्यालयको नेतृत्व तथा सडक डिभिजन कार्यालय हेटौंडाले २५ मीटर भित्रका घरटहरा हटाउन गरेको १५ दिने सूचनाबाट हेटौडा बजार क्षेत्रका घरधनी त्रसित रहेकोले यसको निकासका लागि मन्त्री लेखकसँग भेट गरेको हो ।
मन्त्री लेखकलाई स्थानीय राजनैतिक दल, स्थानीय सरकारी कार्यालयहरुसँग गरेको यसभन्दा अघिका वार्ता, सम्झौताको विषयमा समेत मन्त्री लेखकसँग छलफल गरेको थियो । मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपानेले हाल हेटौडा बजारमा सडक विस्तारको विषयले आतंकित रहेकोले सरकारको तर्फबाट ठोस निकास निकाल्न आग्रह गरेका थिए । भेटका अवसरमा मन्त्री लेखकले यस विषयमा वास्तविकता बुझ्ने र जनतालाई राहत दिने तर्फ अघि बढ्ने बताउनु भएको छ । अर्को प्रसङ्गमा मन्त्री लेखकले सडक विस्तारमा मन्त्रालयसँग कार्यदल समेत रहेकोले यस विषयमा सो कार्यदलको प्रतिवेदन समेत माग्ने बताए । मन्त्री लेखकले भने– ‘१५ दिने सूचना पर्याप्त छैन, यस विषयमा क्षेत्रीय प्रशासनसँग छलफल गर्नेछु ।’ भेटका अवसरमा राजनैतिक दलका प्रतिनिधिहरुले आफूहरु विकास विरोधि नरहेको तर प्रभावितहरुलाई उचित क्षतिपूर्ति दिनु पर्ने आफूहरुको धारणा रहेको बताएका थिए ।
यसैगरी संघको टोलीले नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवासँग पनि भेट गरेकोछ । भेटका अवसरमा सभापति देउवाले बजारको सुन्दरता जोगाउन आफू समेत गम्भीर रहेको बताए । यस विषयमा सम्बन्धित निकायसँग आफूले छलफल गर्ने बताउँदै हेटौंडाबासीलाई आतंकित नहुन समेत आग्रह गरे । सभापति देउवासँगको भेटमा संघका निवर्तमान अध्यक्ष भुवनलाल श्रेष्ठ, पूर्व अध्यक्ष उत्तम शर्मा ढकाल, बरिष्ठ उपाध्यक्ष कृष्ण कटुवाल, उपाध्यक्ष लवशेर विष्ट, अरुण रायमाझी लगायतको सहभागिता रहेको थियो ।
सडक विस्तारको विषयमा छलफल गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री माननीय इन्द्रबहादुर बानियाँ, सांसद डिना उपाध्याय, अनन्त पौडेल, मदन अमात्य, उदय शमशेर, राजाराम स्यांगतान र सुवास ठकुरी, एमाले मकवानपुर अध्यक्ष मुनु सिग्देल, नेकपा मालेका जिल्ला सचिव भीमसेन महत, नेपाली काँग्रेसका पूर्व जिल्ला सभापति रामचन्द्र अर्याल, काँग्रेस ३ नम्बर क्षेत्रीय सभापति तारानाथ चौलागाई, नेपाल महिला संघ मकवानपुर सभापति लक्ष्मी श्रेष्ठ लगायतको सहभागिता रहेको थियो । २५ मीटर सडकको विषयमा टोलीले माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र गृहमन्त्री विमलेन्द्र निधीसँग पनि भेट गर्ने कार्यक्रम रहेको संघका अध्यक्ष न्यौपानेले जानकारी दिए ।
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...
८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...
८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...
८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...
८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...
७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...
६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...
६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...



-1792888897.jpg)









-nepal-1792111426.jpg)




