Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

मन्त्री लेखकले भने– ‘१५ दिने सूचना पर्याप्त छैन, यस विषयमा क्षेत्रीय प्रशासनसँग छलफल गर्नेछु ।’

Ramesh-Lekhak-1483621436.jpg

२१ पुस, काठमाडौं । मकवानपुर उद्योग वाणिज्य संघ तथा जिल्ला स्तरीय राजनैतिक दलहरुको संयुक्त टोलीले आज भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रमेश लेखकसँग भेट गरेको छ । मध्यमाञ्चल क्षेत्रीय प्रशासन कार्यालयको नेतृत्व तथा सडक डिभिजन कार्यालय हेटौंडाले २५ मीटर भित्रका घरटहरा हटाउन गरेको १५ दिने सूचनाबाट हेटौडा बजार क्षेत्रका घरधनी त्रसित रहेकोले यसको निकासका लागि मन्त्री लेखकसँग भेट गरेको हो । 
मन्त्री लेखकलाई स्थानीय राजनैतिक दल, स्थानीय सरकारी कार्यालयहरुसँग गरेको यसभन्दा अघिका वार्ता, सम्झौताको विषयमा समेत मन्त्री लेखकसँग छलफल गरेको थियो । मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपानेले हाल हेटौडा बजारमा सडक विस्तारको विषयले आतंकित रहेकोले सरकारको तर्फबाट ठोस निकास निकाल्न आग्रह गरेका थिए । भेटका अवसरमा मन्त्री लेखकले यस विषयमा वास्तविकता बुझ्ने र जनतालाई राहत दिने तर्फ अघि बढ्ने बताउनु भएको छ । अर्को प्रसङ्गमा मन्त्री लेखकले सडक विस्तारमा मन्त्रालयसँग कार्यदल समेत रहेकोले यस विषयमा सो कार्यदलको प्रतिवेदन समेत माग्ने बताए । मन्त्री लेखकले भने– ‘१५ दिने सूचना पर्याप्त छैन, यस विषयमा क्षेत्रीय प्रशासनसँग छलफल गर्नेछु ।’ भेटका अवसरमा राजनैतिक दलका प्रतिनिधिहरुले आफूहरु विकास विरोधि नरहेको तर प्रभावितहरुलाई उचित क्षतिपूर्ति दिनु पर्ने आफूहरुको धारणा रहेको बताएका थिए ।
यसैगरी संघको टोलीले नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवासँग पनि भेट गरेकोछ । भेटका अवसरमा सभापति देउवाले बजारको सुन्दरता जोगाउन आफू समेत गम्भीर रहेको बताए । यस विषयमा सम्बन्धित निकायसँग आफूले छलफल गर्ने बताउँदै हेटौंडाबासीलाई आतंकित नहुन समेत आग्रह गरे । सभापति देउवासँगको भेटमा संघका निवर्तमान अध्यक्ष भुवनलाल श्रेष्ठ, पूर्व अध्यक्ष उत्तम शर्मा ढकाल, बरिष्ठ उपाध्यक्ष कृष्ण कटुवाल, उपाध्यक्ष लवशेर विष्ट, अरुण रायमाझी लगायतको सहभागिता रहेको थियो ।
सडक विस्तारको विषयमा छलफल गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री माननीय इन्द्रबहादुर बानियाँ, सांसद डिना उपाध्याय, अनन्त पौडेल, मदन अमात्य, उदय शमशेर, राजाराम स्यांगतान र सुवास ठकुरी, एमाले मकवानपुर अध्यक्ष मुनु सिग्देल, नेकपा मालेका जिल्ला सचिव भीमसेन महत, नेपाली काँग्रेसका पूर्व जिल्ला सभापति रामचन्द्र अर्याल, काँग्रेस ३ नम्बर क्षेत्रीय सभापति तारानाथ चौलागाई, नेपाल महिला संघ मकवानपुर सभापति लक्ष्मी श्रेष्ठ लगायतको सहभागिता रहेको थियो । २५ मीटर सडकको विषयमा टोलीले माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र गृहमन्त्री विमलेन्द्र निधीसँग पनि भेट गर्ने कार्यक्रम रहेको संघका अध्यक्ष न्यौपानेले जानकारी दिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

थप समाचार