२३ पुस, हेटौंडा । एम्नेष्टी ईन्टरनेशनल नेपाल समूह ६७ हेटौँडाले अधिवक्ता रामकृष्ण देउलालाई शनिबार सम्मान गरेको छ । संस्थाले १७ औँ बार्षिक साधारण सभामा'ईन्द्रबहादुर श्रेष्ठ स्मृती मानवअधिकार सम्मान' बाट उनलाई सम्मान गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथी एवम् मकवानपुर क्षेत्र नम्बर ३ का सांसद अनन्त पौडेलले देउलालाई खादा ओडाएर
सम्मान पत्र प्रदान गरेका थिए । नगद पुरस्कार पाँच
हजार एम्नेष्टी ईन्टरनेशनल समूह हेटौँडाका संयोजक ह्यग्रिव आचार्यले प्रदान गरे । कार्यक्रममा सांंसद पौडेलले नेपालमा राजनितिक आवरणमा दण्डहिनता कायम रहनु दुःखद रहेको बताए । मानवअधिकार प्रवर्द्धन गर्न एम्नेष्टीको भुमिका महत्वपूर्ण रहेको भन्दै उनले थप सक्रिय हुन आग्रह गरे ।
एम्नेष्टी ईन्टरनेशनल नेपाल समूह ६७ हेटौँडाको संस्थापक संयोजक श्रेष्ठको नाममा स्थापित पुरस्कार हरेक बार्षिक साधारण सभामा प्रदान गरिने बताईएको छ । कार्यक्रम एम्नेष्टी ईन्टरनेशनल समूह हेटौँडाका संयोजक ह्यग्रिव आचार्यको सभाध्यक्षतामा भएको थियो ।
कार्यक्रममा एम्नेष्टी ईन्टरनेशनल नेपालका केन्द्रिय सदस्य सुरेश अर्यालको बिशेष आतिथ्य रहेको थियो
। कार्यक्रममा एम्नेष्टी ईन्टरनेशनल समूह हेटौँडाका सचिव हेमन्त ढुंगेलले बार्षिक कार्ययोजना सहित प्रतिबेदन तथा कोषाध्यक्ष प्रकाश ढकालले आर्थिक प्रतिबेदनले प्रस्तुत गरेका थिए ।
एम्नेष्टी ईन्टरनेशनल समूह हेटौँडाका उपसंयोजक बिजयकुमार बैद्यले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा अधिवक्ता देउला, पुरस्कार अक्षय कोषका सदस्य सचिव एवम् उपप्राध्यापक कृष्ण प्रसाद दाहाल लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।
समूह हेटौँडाका पूर्व संयोजक जिवनकाजी माकजु श्रेष्ठले १५ हजार दिने घोषणा गगरिएको पुरस्कार अक्षय कोषमा सांंसद अनन्त पौडेलले पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...
१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...


















