Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

राज्यमन्त्री बानियाँद्वारा महायज्ञमा १ लाख ११ हजार दान

Mahayagya-Dobhanchaur-1483962828.jpg

२५ पुस, हेटौँडा । हेटौँडा–२५ दोभानचौरमा सोमबारदेखि शुरु भएको श्रीमद् भागवत सप्ताह धान्याञ्चल ज्ञान महायज्ञमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री ईन्द्रबहादुर बानियाँले १ लाख ११ हजार १ सय ११ रुपैँया दान गरेका छन् । कमला आधारभुत प्राविको भौतिक सुधारका लागि आयोजना गरिएको महायज्ञको उद्घाटन गर्दै बानियाँले सहयोग गरेका हुन् ।

कार्यक्रममा बोल्दै राज्यमन्त्री बानियाँले आध्यामिक चिन्तन विना मानवताको विकास नहुने हुँदा यसतर्फ लाग्न सबैलाई आग्रह गरे । उनले सबै धर्मले राम्रो बाटो देखाउने हुँदा सबै धर्मप्रति उत्तिकै सदभाव राख्न सुझाव दिंदै संविधानमा पनि धर्म निरपेक्षताको व्यवस्था गरिएको बताए । सातै प्रदेशमा पर्यटकिय स्थल बनाउने आप्mनो योजना रहेको सुनाउँदै राज्यमन्त्री बानियाँले मुक्तिनाथ, स्वर्गद्वारी, पाथिभारा, लुम्बिनी, जनकपुरधाम लगायतका क्षेत्रको विकासमा पाँच बर्षे गुरुयोजनासहित काम गर्ने बताए ।

मूल समारोह समितिका संयोजक तोयनाथ तिमल्सिनाको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नेपाली काँग्रेस जिल्ला समिति सदस्य रामबाबु बानियाँ, राजदेवी माविका प्रधानाध्यापक सानुकाजी पाण्डे, विद्यालयका प्रधानाध्यापक कुमार अधिकारी, हंसलोक जनकल्याण समितिका अध्यक्ष भोला थापा, संचारकर्मी सविन न्यौपाने, विद्यालयका पूर्व प्रधानाध्यापक राजेश्वर देवकोटा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

महायज्ञ उद्घाटन अघि महायज्ञस्थलबाट शुरु भएको कलश यात्रा हटिया, हर्नामाडि लगायतका क्षेत्र परिक्रमा गरी कार्यक्रमस्थलमा समापन भएको थियो । माघ ३ गतेसम्म संचालन हुने महायज्ञमा युवापण्डित सुदर्शन चालिसेले कथावाचन गर्ने जनाईएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राष्ट्रपतिद्वारा नवदुर्गा भवानीको दर्शन तथा पूजा
Screenshot_20261025_17575-1792930389.jpg

८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...

नेकपाको राष्ट्रिय जागरण अभियान शुरु
Screenshot_20261025_06321-1792889242.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...

कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
congress-(1)-1792888897.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...

बडा दशैं पर्व समापन गरिंदै
Dashain_Tika1664260813-1792888559.jpg

८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1792888290.jpg

८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1792807177.jpg

७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...

रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

थप समाचार