Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

२५ मिटरबारे प्रचण्डले भने-'जनतालाई निरास बनाउँदिन '

Puspa-1483965921.jpg

२५ पुस, हेटौँडा । प्रधानमन्त्री पुष्पकमल दाहालले २५ मिटर सडक विस्तारमा आफुले जनतालाई निरास नबनाउने प्रतिवद्धता व्यक्त गरेका छन् । उद्योग वाणिज्य संघ, चितवनको आयोजनामा सोमबारबाट शुरु भएको चितवन महोत्सवमा आएका प्रधानमन्त्री दाहालसँग उद्योग बाणिज्य संघको टोलीले २५ मिटरबारे जानकारी गराएपछि उनले यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् ।

संघका अध्यक्ष राजकुमार न्यौपाने सहितको टोलीले २५ मीटर सडकको विषयमा ध्यानाकर्षण गराएका थिए । महोत्सवको उद्घाटन पछि केहीबेर हेटौंडा क्षेत्रको २५ मीटर सडक विस्तारको विषयमा कुराकानी भएको अध्यक्ष न्यौपानेले बताए । मध्यमाञ्चल क्षेत्रीय प्रशासक विनोद केसी समेतको उपस्थितिमा भएको छलफलमा प्रधानमन्त्री दाहालले भने–‘यस विषयमा मैले जानकारी केही दिन अघि मात्रै पाएको छु, बास्तविकता नबुझी सरकारले कुनै कदम नचाल्ने हुनाले मकवानपुरबासीलाई त्रसित नहुन मेरो आग्रह छ ।’

दाहालले आफुले यस विषयमा गम्भिर भएर बुझ्ने बताउँदै थप छलफलका लागि काठमाण्डौ आउन टोलीलाई आग्रह गरे । संघका अध्यक्ष न्यौपानेले महोत्सव उद्घाटन कार्यक्रमलाई सम्बोधनका क्रममा समेत जनतालाई दुख नदिन आग्रह गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राष्ट्रपतिद्वारा नवदुर्गा भवानीको दर्शन तथा पूजा
Screenshot_20261025_17575-1792930389.jpg

८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...

नेकपाको राष्ट्रिय जागरण अभियान शुरु
Screenshot_20261025_06321-1792889242.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...

कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
congress-(1)-1792888897.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...

बडा दशैं पर्व समापन गरिंदै
Dashain_Tika1664260813-1792888559.jpg

८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1792888290.jpg

८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1792807177.jpg

७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...

रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

थप समाचार