२० भदौ, हेटौंडा । हेटौडाको लोकतान्त्रिक चौर हुप्रमा जारी दानबहादुर स्मृति जिल्ला लिग फुटबल प्रतियोगितामा शुक्रबार तीन खेल सम्पन्न भएका छन् ।
शुक्रबार सम्पन्न खेलहरुमा पदमपोखरी युथ क्लब, डाँफे युथ क्लब विजयी भएका छन भने चुरेकालिका युवा क्लब र चाइना क्वाटर फुटबल क्लबले बराबरी खेलेका छन् ।
शुक्रबार बिहान भएको पहिलो खेलमा पदमपोखरी युथ क्लबले रियल स्टार क्लब लाई ३–१ गोल अन्तरले पराजित गरेको छ । पदमफोखरीको जितका लागी सुर्यबहादुर वाईबाले २ र विज्ञान लामाले १ गोल गरे । यस्तै रियल स्टार क्लबका मरीच ब्लोनले १ गोल फर्काए ।
यस्तै शुक्रबार दिउँसो भएको दोश्रो खेलमा डाँफे युथ क्लब विजयी भएको छ । डाँफे युथ क्लबले सानोपोखरा क्लबलाई ४–१ गोल अन्तरले पराजित गरेको हो । डाँफेको जितका लागी विश्व लामाले २ तथा ऋषि मुतmान र जुनेल दोङले १÷१ गोल गरे । यस्तै सानोपोखरा क्लबका तर्फबाट दावा दोर्जे गोलेले सान्त्वना एक गोल फर्काए ।
यसैगरी प्रतियोगिता अन्तर्ग शुक्रबार भएको तेश्रो तथा अन्तिम खेलमा चुरेकालिका युवा क्लब र चाइना क्वाटर फुटबल क्लबले बराबरी खेलेका छन् । दुवै टिमका तर्फबाट खेल अवधिभर कुनै पनि गोल हुन सकेन र दुबै टिमले अंक बाँडे । असोज ११ गतेसम्म चल्ने प्रतियोगिताको विजेताले नगद १ लाख रुपैयाँ र उपविजेताले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । फोटोः गुगल
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
१० असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश...
१० असोज, हेटौंडा । नेपाल सरकारले १३ देशका निम्ति राजदूत पदमा नियुक्तिका लागि सिफारिस गरेका व्यक्तिहरूका...
१० असोज, हेटौंडा । नवलपरासीको सुस्ता गाउँपालिका-५ सुस्तामा नारायणी नदी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा...
१० असोज, हेटौंडा । कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीका भन्सार अधिकृत चक्रदेव भट्टलाई जिम्मेवारीबाट हटाइएको छ...
८ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-१७ चुनडाँडामा मिनी ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।...
८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...
८ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन सर्वसम्मत...
८ असोज, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को सातवटै प्रदेशको अधिवेशन हुँदैछ । राप्रपाले असोज २१...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...
२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...
३० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
२८ भदौ, हेटौंडा । नेपाली हिन्दु नारीहरूको महान् पर्व हरितालिका (तीज) अन्तर्गत आज दर खाएर मनाइदैछ । भाद्र शुक्ल...
३१ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
२८ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीमा परी हालसम्म १ हजार ३८४ जनाको शव फेला...
३१ भदौ, हेटौंडा । मुगु जिल्लाको कलाई केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...


















