Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

हाँडीखोला यूथ क्लबलाई हंस निर्माण सेवाको सहयोग

IMG_20190907_214948-1567872707.jpg

२१भदौ, हेटौंडा। मकवानपुर जिल्ला लिग फुटबल प्रतियोगितामा सहभागिता जनाएको हाँडीखोला यूथ क्लबलाई जर्सी सहित आवश्यक खेल सामाग्री सहयोग गरिएको छ।

 हंस निर्माण सेवाले क्लबलाई आवश्यक  जर्सी सहित खेल सामाग्री सहयोग गरेको छ । मनहरी गाउँपालिका–५ हाँडीखोला डिल्लीपुर निवासी युवा व्यवसायी राजकुमार बर्तौला सञ्चालक रहेको हंस निर्माण सेवाले एकसेट जर्सीसहित आवश्यक सामग्री सहयोग गरेको हो ।

शनिबार एक कार्यक्रमकाबीच बर्तौलाले हाँडीखोला यूथ क्लबका अध्यक्ष गणेशदर्पण अधिकारी, उपाध्यक्ष शिवराज बर्तौला, सचिव आशिष बर्तौलासहित क्लवका पदाधिकारी एवम् खेलाडीहरुलाई जर्सी हस्तान्तरण गरेका हुन् । सामाजिक उत्तरदायित्व एवम् खेलकुदलाई बढावा दिने उद्देश्यले सहयोग गरिएको राजकुमार बर्तौलाले बताए । ‘यसअघि हाँडीखोलाको प्रतिनिधित्व गरेर जिल्ला लिगमा कुनै क्लब सहभागी भएको थाहा छैन । यो पटक हाँडीखोला यूथ सहभागी भएको छ’, उनले भने, ‘नयाँ क्लब भएकोले सहयोग आवश्यक ठानेर जर्सीसहित आवश्यक सामग्री उपलब्ध गराएको हुँ ।’ उनले करिब २५ हजार रुपैयाँ बराबरको सामग्री उपलब्ध गराएका हुन् ।

।आगामी दिनमा समेत आवश्यक सहयोग जारी रहने बर्तौलाले  प्रतिबद्धता जनाएका छन् । जिल्ला लिग फुटबलको लागि हाँडीखोला यूथ क्लवलको टोली तयार रहेको क्लवका कोषाध्यक्ष प्रदीप अधिकारीले जानकारी दिए । छोटो समयमा हाँडीखोला क्षेत्रकै युवा खेलाडीलाई समेटेर टिम तयार पारिएको जानकारी दिँदै उनले आगामी बर्षहरुको लागि थप तयारी गरिने बताए । हाँडीखोला यूथ क्लवले पहिलो खेल आइतबार बिहान हटिया स्पोर्टस् एकेडेमीसंग खेल्दैछ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पूर्व प्रधानन्यायाधीश जबरा पक्राउ
cholendra-1790471275.jpg

११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790471033.jpg

११ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास तथा पूर्वतर्फ सरदर स्थानको...

चाैघडा सहकारीको अध्यक्षमा पुन: श्रेष्ठ
IMG_20260926_115042-1790430794.jpg

१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...

प्रधानमन्त्री शाह स्वदेश फिर्ता
Screenshot_20260926_19222-1790430217.jpg

१० असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश...

१३ देशका निम्ति प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान
1790234274-r5kxA-1790418163.jpg

१० असोज, हेटौंडा । नेपाल सरकारले १३ देशका निम्ति राजदूत पदमा नियुक्तिका लागि सिफारिस गरेका व्यक्तिहरूका...

सुस्तामा नारायणी नदी पस्यो
badi_narayani-1790390845-1790417864.jpg

१० असोज, हेटौंडा । नवलपरासीको सुस्ता गाउँपालिका-५ सुस्तामा नारायणी नदी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा...

गड्डाचौकी भन्सार अधिकृत भट्टलाई जिम्मेवारीबाट हटाइयो
chakra-dev-bhatta-1790411-1790417297.jpg

१० असोज, हेटौंडा । कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीका भन्सार अधिकृत चक्रदेव भट्टलाई जिम्मेवारीबाट हटाइएको छ...

हेटौंडा-१७ मा मिनी ट्रकको ठक्करबाट एकजनाको मृत्यु
Accident-1574954466-1790258638.jpg

८ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-१७ चुनडाँडामा मिनी ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।...

क्लासिक टेकको दशैं अफर: ३ महिनाको शुल्कमा ७ महिना इन्टरनेट
Classic-Tech-NEWS_1200x6-1790236290.png

८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...

थप समाचार