१ माघ, हेटौंडा । नेपाली काँग्रेस मकवानपुरका सभापति एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री इन्द्रबहादुर बानियाँको नेपाली काँग्रेस ठिंगन गाउँ ईकाईले स्वागत तथा सम्मान कार्यक्रम गरेको छ ।
नेपाली काँग्रेस ठिंगन गाउँ कमिटिका अध्यक्ष ईन्द्रबहादुर गोलेको अध्यक्षतामा भएको कार्यक्रममा प्रमूख अथिति राज्यमन्त्री बानियाँलाई ठिंगन गाविसमा स्वागत गर्न पाएकोमा स्थानीयहरुले खुशी प्रकट गरेका थिए ।
कार्यक्रममा एकीकृत नेकपा माओवादी परित्याग गरेका विजय न्यासुरको नेतृत्वमा विभिन्न पार्टी परित्याग गरी एकदर्जन नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । उनीहरुलाई टिका तथा खाँदा लगाईदिदै राज्यमन्त्री बानियाँले सदस्यता प्रदान गरेका छन् ।
कार्यक्रममा नेपाली काँग्रेस मकवापुरका कोषाध्यक्ष गोपीलाल विश्वकर्मा, जिल्ला सदस्य कृष्णप्रसाद दाहाल, आमन्त्रित जिल्ला सदस्य नामदेव सिलवाल, १ नम्बर क्षेत्रीय सभापति दामोदर खनाल, सुभात थिङ, हेनउपा २१ नम्बर वडा सभापति रामकृष्ण कोइराला लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
घलेगाउँमा नयाँ वर्ष तथा लोछार पर्व
मकवानपुर विकट गाविस ठिंगन गाविसको ३ घलेगाउँमा घले समुदायहरुले नयाँ वर्ष तथा लोछार पर्व मनाएका छन् ।
नेपाली काँग्रेस मकवानपुर सभापति एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री इन्द्रबहादुर बानियाँको प्रमूख आतिथ्यतामा भएको कार्यक्रममा घलेहरुले आफ्नो भेषभुषा, नाचगान र विभिन्न परिकारहरु खुवाएर मनाइएको हो ।
कार्यक्रममा राज्यमन्त्री बानियाँले आफू यसै जिल्ला र क्षेत्रबाट चुनिएर गएर राज्यमन्त्रीसम्म बनेकाले यस क्षेत्रमा घले समाजको विकासका लागि सरकारले हालसम्म गरेका कार्यक्रमलाई थप बढाउने र अन्य सरकारको तर्फबाट गर्नपर्ने कार्यमा कुनै कसुर बाँकी नराखी सक्दो सहयोग गर्ने बताएका छन् ।
घले समाज ठिंगनका अध्यक्ष नारायणबहादुर घलेको सभाध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेस मकवानपुरका कोषाध्यक्ष गोपीलाल विश्वकर्मा लगायत स्थानीय नेताहरूले मन्तव्य व्यक्त गरेका थिए ।
१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...
१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...


















