२ असोज, हेटौंडा । सुरुवाती दुई गोलको अग्रता जोगाउन नसक्दा इटालियन च्याम्पियन युभेन्टसले च्याम्पियन्स लिगको पहिलो खेलमा स्पेनको एट्लेटिको म्याड्रिडसँग बराबरी खेल्दै अंक बाँडेको छ ।
युभेन्टस घरेलु टोलीसँग २–२ गोलको बराबरीमा रोकिदै अंक बाड्न बाध्य बनेको हो । प्रतिस्पर्धात्मक पहिलो हाफ गोलरहित बराबरीमा सकिदा दोस्रो हाफमा सबै चार गोल सम्भव भएको थियो ।
वान्डा मेट्रो पोलिटानोमा बुधबार राति भएको खेलमा युभेन्टसले दोस्रो हाफमा शुरुमै जुवान कोर्डाडोको पासमा गोल गर्दै पाहुना टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । ४८औं मिनेटमा कोर्डाडोले गोन्जलो हिगुआइनको पासलाई सदुपयोग गरेका थिए ।
६५औं मिनेटमा ब्लेइस म्याथुडीले गोल गर्दै युभेन्टसको अग्रता दोब्बर पारेको थियो । म्याथुडीले एलेक्स सान्द्रोको पासलाई सदुपयोग गरेका थिए ।
७०औं मिनेटमा स्टेफन सेभिकले राहुल जिमिनेजको पासलाई सदुपयोग गर्दै घरेलु टोलीलाई २–१ को अन्तरमा ल्याउदै खेलमा फर्कने संकेत दिएका थिए ।
९०औं मिनेटमा हेक्टर हेरेराले केइरन ट्रिपिएरको पासमा गोल गर्दै खेललाई बराबरीमा ल्याउदै १ युभेन्टसबाट १ अंक खोस्न सफल भए ।
यही समुहको अर्काे खेलमा लोकोमोटिभ मस्कोले बायर लिभरकुसेनमाथि २–१ को जित निकालेको छ । जितसँगै समूह ‘डी’ मा मस्को ३ अंक जोडेर शीर्षस्थानमा रहेको छ ।
एट्लेटिको र युभेन्टस समान १ अंक जोडेर दोस्रो र तेस्रो स्थानमा रहँदा लिभरकुसेन अंकविहीन हुदै पुछारमा छ ।
१३ असोज, हेटौंडा । नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष पदमा चयन भएको छ। कतारको राजधानी...
१३ असोज, हेटौंडा । जापानमा जारी एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाल र श्रीलंकाबीचको तेस्रो...
१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...
१३ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान १० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा प्रधानमन्त्री...
१३ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...
१२ असोज, हेटौंडा । राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा...
१२ असोज, हेटौंडा । भारी वर्षापछि गएको बाढी र पहिरोमा परी २१ जनाले ज्यान गुमाएका छन्। पाँच जना घाइते भएका छन् भने...
१२ असोज, हेटौंडा । हाल नेपालमा मनसुनी वायु, पश्चिमी वायुका साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय...
११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
३१ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
३१ भदौ, हेटौंडा । मुगु जिल्लाको कलाई केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...
३० भदौ, हेटौंडा । ऋषि पञ्चमी पर्व आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्...
३० भदौ, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले बिहीबार भारत भ्रमणमा जाँदै छन्। भारतीय समकक्षी निर्मला...
१ असोज, हेटौंडा । रसुवाको चिलिमे जलविद्युत् केन्द्रको सुरुङमा खोजीका क्रममा विद्युत् गृह क्षेत्रबाट बुधबार...
३१ भदौ, हेटौंडा । संघीय संसद्का दुवै सदनको बैठक बुधबार बस्दैछ । दिउँसो १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको...
३१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले नेपालको एकीकरणदेखि संघीय लोकतान्त्रिक गणतन्त्र...
४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...


















