Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

मुआब्जाको माग राख्दै हेटौडामा विरोध सभा

MCCI-Photo-1484567088.JPG

३ माघ, हेटौडा । सडक डिभिजन कार्यालय हेटौडाले पूर्वपश्चिम राजमार्ग अन्तर्गतको हेटौडा बजार सडक खण्डमा २५ मीटर भित्र पर्ने निजी सम्पत्तिको मुआब्जा नदिई सडक विस्तारका लागि जारी गरेको सूचनाको विरोधमा सोमबार हेटौडामा बिरोध सभा भएको छ ।
विरोध सभालाई सम्बोधन गर्दै मकवानपुर क्षेत्र नम्बर ३ का सांसद अनन्त पौडेलले मुआब्जा नदिई व्यक्तिगत संरचना राज्यले भत्काउन नदिने बताए । उनले  सडक र नापी कार्यालयले नक्सांकन गर्नु अघि बसेको बस्ती सडक कार्यालयको सम्पत्ति हुनै नसक्ने बताए ।
राज्यलाई हालसम्म पनि मालपोत तिर्दै आएको र मालपोत कार्यालयबाट खरीदबिक्री समेत हुदै आएकोले क्षतिपूर्ति दिनु पर्ने हेटौडा बसोबास संरक्षण समितिका संयोजक राजकुमार न्यौपानेले बताएका छन् । बैकल्पिक मार्गको अवधारणा आए त्यसको लागि आफूहरु सकारात्मक रहेको समेत बताएका छन् । 
सभामा मउवासंघका पूर्व अध्यक्ष उत्तम शर्मा ढकाल, महासचिव महेन्द्र राउतले आफ्नो धारणा राखेका थिए । विरोध सभामा नेपाली काँग्रेस, माओवादी केन्द्र, नेकपा माले लगायत राजनैतिक दलहरुले समेत ऐक्यबद्धता जनाएका थिए । डिभिजन सडक कार्यालयले २५ मीटर भित्र पर्ने सरकारी स्वामित्वका भौतिक संरचना भत्काई सकेको छ भने निजी घरटहरा हटाउन गरेको १५ दिने सूचनाको म्याद सोमबार सकिएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राष्ट्रपतिद्वारा नवदुर्गा भवानीको दर्शन तथा पूजा
Screenshot_20261025_17575-1792930389.jpg

८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...

नेकपाको राष्ट्रिय जागरण अभियान शुरु
Screenshot_20261025_06321-1792889242.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...

कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
congress-(1)-1792888897.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...

बडा दशैं पर्व समापन गरिंदै
Dashain_Tika1664260813-1792888559.jpg

८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1792888290.jpg

८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1792807177.jpg

७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...

रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

थप समाचार