Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

राजनीति

वर्तमान सरकार काण्डै काण्डमा फँसेको छ : बानियाँ

A3-1568988772.jpg

३ असोज, हेटौँडा । नेपाली कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता एवं मकवानपुर सभापति इन्द्रबहादुर बानियाँले वर्तमान सरकार काण्डै काण्डमा फँसेको बताएका छन् ।
नेपाली कांग्रेस क्षेत्र नम्बर १ प्रदेश (क) ले हातिसुँडेमा शुक्रबार गरेको दोस्रो जागरण अभियान अन्तरगतको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले वर्तमान सरकार गठन भएपछि भ्रष्टाचार, हत्या, महिला हिंसा, अराजकता, दण्डहिनताका दर्जनौ घटना भएको बताए । सरकार ति घटनाका दोषिलाई कारवाही गर्न भन्दा संरक्षणमा लागेको भन्दै यसको नेपाली कांग्रेसले भण्डाफोर गरिरहेको उनको भनाई थियो । 
उनले वर्तमान सरकार शान्ति सुरक्षा र सुशासनमा असफल भएकाले जनतामा वितृष्णा पैदा भएको भन्दै नेपाली कांग्रेस जनताको समस्या समाधानमा जुटिरहेको बताए । उनले तल्लो तहसम्म पुगेर जनताको समस्या बुझ्ने र समाधान गर्ने काममा निरन्तर लाग्न नेता तथा कार्यकर्तालाई निर्देशन समेत दिए । 
कांग्रेसका तत्कालिन सभापति एवं प्रधानमन्त्री सुशिल कोइरालाको नेतृत्वमा निर्माण भएको नयाँ संविधानको कार्यान्वयनका लागि नेपाली कांग्रेसले संसदमा महत्वपूर्ण भुमिका खेलिरहेको भन्दै नेता बानियाँले कांग्रेसले निर्वाह गरेको संसदीय मर्यादालाई कमजोरी नठान्न सरकारलाई चेतावनी दिए ।
कांग्रेस प्रतिनिधिसभा क्षेत्र नम्बर १ प्रदेश (क) का सभापति डिल्लीप्रसाद घोरासैनीको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय प्रतिनिधि प्रेमचन्द्र दाहाल, कांग्रेस जिल्ला सचिव बुद्ध लामा, कोषाध्यक्ष गोपिलाल विश्वकर्मा, प्रतिनिधिसभा क्षेत्र नम्बर १ का सभापति दामोदर खनाल, महासमिति सदस्य धर्मराज लामिछाने, बकैया गाउँपालिका संयोजक भुमिनन्द गौतम, हेटौँडा नगर सभापति आनन्दराम पराजुली, तरुण दलका जिल्ला अध्यक्ष ईश्वर पाठक, कांग्रेस क्षेत्र नम्बर १ प्रदेश –क) का सचिव सुवात थिङ, दलित संघकी केन्द्रीय सदस्य पवित्रा विश्वकर्मा, नेपाल शिक्षक संघका संघीय प्रतिनिधि तुल्सी गिरी, दलित संघ जिल्ला अध्यक्ष अनिल विक, बकैया वडा नम्बर ५ का अध्यक्ष शेरमान घलान लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा जिल्ला सल्लाहकार प्रभात दाहाल, सहसचिव रामबाबु बानियाँ, जिल्ला सदस्य अर्जुन दाहाल, भीमसेन महत लगायत गाउँपालिकाका नेता, कार्यकर्ता, भातृ संगठनका प्रतिनिधि, नेता कार्यकर्ता लगायतको सहभागिता रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
संसदीय समितिको कार्यादेशमा जुटेन सहमति

६ जेठ, काठमाडौं। सहकारी संस्था ठगीको विषय छानबिन गर्ने संसदीय समितिको कार्यादेश मा दलहरूबीच सहमति हुन नसक्दा...

बागमती प्रदेशको नीति तथा कार्यक्रम जेठ १४ गते प्रस्तुत हुने
Screenshot_20240224_20374-1716119821.jpg

६ जेठ, हेटौंडा। बागमती प्रदेशको आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम यही जेठ १४ गते प्रस्तुत हुने भएको...

आइतबार सुनचाँदीको भाउ बढ्यो
download-1-1716105181.jpg

६ जेठ ,हेटौंडा । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य  वृद्धि भएको छ  अघिल्लो दिनको तुलनामा...

कांग्रेस बागमतीको क्रियाशिल नविकरण तथा अन्तरक्रिया
Screenshot_20240519_05512-1716077327.jpg

६ जेठ, हेटौंडा । नेपाली कांग्रेस बागमती गाउँपालिकाले शनिबार बागमतीको बोर्डिङचौरमा क्रियाशिल नविकरण तथा...

सविक विजेता चेन्नई आइपीएलबाट बाहिरियो
Capture-1716084959.JPG

६ जेठ, हेटौँडा । साविक विजेता चेन्नई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बेंग्लोर इन्डियन प्रिमियर...

बागमतीमा ४ वटा समितिले पाए नेतृत्व
pradesh-sabha-1716084340.JPG

६ जेठ, हेटौँडा । बागमती प्रदेश सभाको दोस्रो कार्यकाल सुरु भएको झण्डै पन्ध्र महिनापछि ४ वटा संसदीय समितिहरुले...

बागमतीमा संसदीय समितिको संख्या ६ पुग्यो
Capture-1716084293.JPG

६ जेठ, हेटौँडा । यसअघि बागमती प्रदेश सभामा दलहरुबीच संसदीय समितिको सभापतिको नेतृत्वको विषयलाई लिएर सहमती हुन...

लर्ड बुद्व विधार्थीहरुद्वारा रानी वनकाे अबलोकन
FB_IMG_1716076507559-1716076643.jpg

६ जेठ, हेटाैडा । हेटौंडा ६ चौघडामा रहेको रानी सामुदायिक वनको काठमाडौंमा रहेकाे लर्ड बुद्व कलेजका...

हल्कादेखि मध्यम वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1716076886.jpg

६ जेठ, हेटौंडा । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  कोशी प्रदेश लगायत देशका पहाडी...

थप समाचार