४ असोज, हेटौंडा । हेटौंडा १७ हटियामा जारी पाँचौ केशवलाल श्रेष्ठ स्मृति जिल्ला स्तरीय भलिबल प्रतियोगिताका लागी थाहानगर भलिबल टिम बज्रबाराही र थाहानगर खेलकुद विकास समिति भिड्ने भएका छन् ।
हटिया स्पोर्ट्स एकेडेमीको आयोजनामा हटियामा जारी प्रतियोगिता अन्तर्गत शुक्रबार सम्पन्न सेमिफाइनल खेलहरु जित्दै दुबै टिमले उपाधि भिडन्त पक्का गरेका हुन् ।
शुक्रबार भएको पहिलो सेमीफाइनल खेलमा गढी गाउँपालिकालाई २५–२२, २५–२३ र २५–१५ को साझो सेटमा हराउँदै थाहानगर खेलकुद विकास समितिले फाइनलमा स्थान बनाएको हो ।
यस्तै दोस्रो सेमीफाइनलमा आग्रा खेलकुद विकास समितिलाई २५–२०, २५–११ र २५–१६ को सोझो सेटमा हराउँदै थाहानगर भलिबल टिम बज्रबाराहीले फाइनलमा स्थान बनायो ।
फाइनल भिडन्त आज शनिबार दिउँसो हुने आयोजक हटिया स्पोर्टस् एकेडेमीका अध्यक्ष छवि सुवेदीले जानकारी दिए ।
प्रतियोगिताको विजेताले नगद ८० हजार र उपविजेताले ४० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै विधागत उत्कृष्ट खेलाडीले २ हजार र सर्वोत्कृष्ट खेलाडीले ५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् ।
यसैगरी प्रतियोगिताको समापनमा हरेक वर्षझै यस बर्षपनि एक खेल पत्रकारलाई स्वर्गीय पदमकुमारी राउत स्मृति ट्रष्टबाट नगद ७ हजार रुपैयाँसहित सम्मान गरिने अध्यक्ष सुवेदीले बताए ।
११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...
११ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास तथा पूर्वतर्फ सरदर स्थानको...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
१० असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश...
१० असोज, हेटौंडा । नेपाल सरकारले १३ देशका निम्ति राजदूत पदमा नियुक्तिका लागि सिफारिस गरेका व्यक्तिहरूका...
१० असोज, हेटौंडा । नवलपरासीको सुस्ता गाउँपालिका-५ सुस्तामा नारायणी नदी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा...
१० असोज, हेटौंडा । कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीका भन्सार अधिकृत चक्रदेव भट्टलाई जिम्मेवारीबाट हटाइएको छ...
८ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-१७ चुनडाँडामा मिनी ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।...
८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...
३० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
३१ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
२८ भदौ, हेटौंडा । नेपाली हिन्दु नारीहरूको महान् पर्व हरितालिका (तीज) अन्तर्गत आज दर खाएर मनाइदैछ । भाद्र शुक्ल...
३१ भदौ, हेटौंडा । मुगु जिल्लाको कलाई केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...
२८ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीमा परी हालसम्म १ हजार ३८४ जनाको शव फेला...
२९ भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका...


















