४ असोज, हेटौंडा । हटिया स्पोर्ट्स एकेडेमीको आयोजना भएको पाँचौ केशवलाल श्रेष्ठ स्मृति जिल्ला स्तरीय भलिबल प्रतियोगिताको उपाधि थाहा नगरपालिका खेलकुद विकास समितिले जितेको छ ।
हेटौंडा उपमहानगरपालिका १७ हटिया स्थित नेपाल चौरमा शनिबार सम्पन्न भएको फाइनल खेलमा थाहानगर भलिबल टिम बज्रबाराहीलाई २५–२३, २५–२१ र २६–२४ को सोझो सेटमा हराउँदै थाहानगर खेलकुद विकास समितिले उपाधि जितेको हो ।
जितसंगै थाहानगर खेलकुद विकास समितिले नगद ८० हजार रुपैयाँसहित ट्रफि प्राप्त गरेको छ । यस्तै उपविजेता बनेको बज्रबाराहीले ४० हजार रुपैयाँ सहित ट्रफि प्राप्त गरेको छ ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी भएका थाहा नगरपालिका खेलकुद विकास समितिका सविन कार्कीले नगद ५ हजार पुरस्कार प्राप्त गरे ।
यसैगरी प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेका विद्यागत खेलाडीहरुले पुनि पुरस्कार प्राप्त गरेका छन् । यसरी पुरस्कृत हुनेमा उत्कृट ब्लकर थाहाका किरण गिरी, उत्कृष्ट सेटर थाहाका सुशील लो र उत्कृष्ट प्रशिक्षक थाहाकै शंकर कार्की रहेका छन्् । यस्तै उत्कृष्ट स्पाइकर भने थाहानगर भलिबल टिम बज्रबाराहीका बलराम सुवेदी घोषित भए । उनीहरुले पुरस्कार स्वरुप जनही दुई हजार रुपैयाँ सहित ट्रफि प्राप्त गरे ।
प्रतियोगिताको विजेता तथा उपविजेतालाई प्रदेश नम्बर ३ नेपाली कांग्रेस संसदीय दलका नेता एवम् कांग्रेस मकवानपुरका सभापति इन्द्रबहादुर बानियाँ, आयोजक हटिया स्पोर्टस् एकेडेमीका अध्यक्ष छबि सुवेदीलगायतले पुरस्कार वितरण गरेका थिए ।
यसैगरी नगद ७ हजार राशीको पदमकुमारी राउत स्मृति खेलकुद पत्रकारिता पुरस्कार कान्तिपुरका मकवानपुर सम्बाददाता प्रताप बिष्टलाई प्रदान गरिएको छ । पुरस्कार स्थानीय शंकर राउतले आफनाी आमाको स्कृतिमा स्थापना गरेका हुन् ।
११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...
११ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास तथा पूर्वतर्फ सरदर स्थानको...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
१० असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश...
१० असोज, हेटौंडा । नेपाल सरकारले १३ देशका निम्ति राजदूत पदमा नियुक्तिका लागि सिफारिस गरेका व्यक्तिहरूका...
१० असोज, हेटौंडा । नवलपरासीको सुस्ता गाउँपालिका-५ सुस्तामा नारायणी नदी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा...
१० असोज, हेटौंडा । कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीका भन्सार अधिकृत चक्रदेव भट्टलाई जिम्मेवारीबाट हटाइएको छ...
८ असोज, हेटौंडा । कान्तिलोकपथ अन्तरगत हेटौंडा-१७ चुनडाँडामा मिनी ट्रकले ठक्कर दिंदा एक महिलाको मृत्यु भएको छ।...
८ असोज, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसर पारेर विशेष अफर सार्वजनिक गरेको छ...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
२९ भदौ, हेटौंडा । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका तिज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदै छ...
३० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
३१ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
२८ भदौ, हेटौंडा । नेपाली हिन्दु नारीहरूको महान् पर्व हरितालिका (तीज) अन्तर्गत आज दर खाएर मनाइदैछ । भाद्र शुक्ल...
३१ भदौ, हेटौंडा । मुगु जिल्लाको कलाई केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...
२८ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीमा परी हालसम्म १ हजार ३८४ जनाको शव फेला...
२९ भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका...


















