Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

सडक विस्तारबाट ४५ स्वास्थ्य संस्थाको सेवा प्रभावित

1-1484801448.png

रुपेश दुलाल
६ माघ, हेटौँडा ।
डिभिजन सडक कार्यालय हेटौँडाले शुरु गरेको सडक विस्तार अभियानबाट हेटौँडाका चार दर्जन स्वास्थ्य संस्थाको सेवा प्रभावित हुने भएको छ । २५ मिटर क्षेत्रमा रहेका ४५ वटा स्वास्थ्य संस्थाको सेवा सडक विस्तारका कारण प्रभावित हुने भएको हो ।

हेटौँडाको एचआईडि, कर्रा, मेनरोड र राप्तिरोडमा रहेका मेडिकल हल, फार्मेसी, पोलिक्लिनिक, प्याथोलोजी र औषधी वितरक सडक विस्तार अभियानबाट प्रभावित हुन छन् । हेटौँडामा सबैभन्दा बढि राप्तिरोडमा २४ स्वास्थ्य संस्था रहेका छन् । हेटौँडा अस्पताल परिसरमा रहेका चार र सडकमा रहेका आधा दर्जन मेडिकल रहेका संरचना सडक कार्यालयले भत्काईसकेको छ ।

सडक विस्तारका क्रममा राप्तिरोडमा रहेका यति ड्रग हाउस, हिमालयन डेन्टल, किसन फर्मा, रामजानकी मेडिकल हल, भुटनदेवी मेडिकल, युनियन ड्रग हाउस, मनकामना फार्मेसी, शुभकामना डिष्ट्रिव्युटर, भडारी मेडिकल, सफल फार्मेसी, गुराँस मेडिकल, त्रिवेणी मेडिकल, दोलखा मेडिकल, गगन मेडिकल, गौतम फार्मेसी, स्नेहा फार्मेसी, संगम मेडिकल, अनु सर्जिकल, कान्तिपुर मेडिकल, प्राइम मेडिकल, साझा मेडिकल, चौतारी मेडिकल, इमर्जेन्सी मेकिडल, श्रेष्ठ फार्मेसी विस्थापित हुने जनाईएको छ ।

विस्थापित हुने मध्ये यति ड्रग, शुभकामना र त्रिवेणीले वितरकको पनि काम गर्ने भएकाले जिल्लाका ग्रामिण भेगसम्म पुग्ने औषधीको वितरणमा समेत प्रभाव पर्ने छ ।

त्यसैगरी, मेनरोडमा रहेका तमु फार्मेसी, लाईफो फर्मा, त्रिशक्ति फार्मेसी, शंकर फर्मेसी, निभव मेडिकल, सुस्वास्थ्य डेन्टल, कर्रामा रहेका गढीमाई मेडिकल, युनिक भडारी मेडिकल, चुरियामाई मेडिकल र एचआईडीमा रहेका पुष्पज्योति मेडिकल पनि २५ टिर सडक विस्तारका क्रममा विस्थापित हुने मेडिकल ल्याव एशोसियसन (मेलान) मकवानपुरका अध्यक्ष उत्सव चौलागाईंले बताए ।
सडक विस्तारका क्रममा ११ वटा ल्यावको सेवा प्रभावित हुने चौलागाईको भनाई छ । हेडम्बा प्याथोलोजि, संगम, दोलखा, निभव, रेडक्रस, हेटौँडा, चौधरी, एनएस, सफल, युनियन प्याथोलोजी र बीरगंज डाईग्नोसिस सेन्टर सडक विस्तारका क्रममा विस्थापित हुने भएका भएका छन् ।
व्यवस्थापनमा जोड
सडक विस्तारका क्रममा स्वास्थ्य संस्था र वितरकको सेवा प्रभावित हुँदा जिल्लामा औषधीको उपलव्धता र सेवामा असर पर्ने स्वास्थ्य सम्बन्धी संघसंस्थाको भनाई छ । सडक विस्तारका क्रममा एकैपटक धेरै स्वास्थ्य संस्था विस्थापित हुँदा भाडामा घर पाउन समस्या रहेको उनीहरुको भनाई छ ।

‘विस्थापित भएका स्वास्थ्य संस्थाहरुलाई एकिकृत रुपमा राख्ने व्यवस्था मिलाउनु जरुरी छ ।’–चौलागाईले भने–‘यसका लागि निश्चित स्थानमा मेडिकल जोन स्थापना गर्न सके सेवामा प्रभावकारिता, गुणस्तरियता र एकरुपता आउने छ ।’ यसबाट स्वास्थ्यकर्मीलाई सेवा दिन सहज र विरामी गठिनबाट समेत जोगिने उनको दावि छ ।
स्वास्थ्य संस्था एकै स्थानमा हुँदा अनुगमनका लागि पनि सहज हुनेछ । स्वास्थ्य सेवा जस्तो गम्भिर क्षेत्रको व्यवस्थापनका लागि सरोकारवाला पक्ष र  स्थानीय प्रशासनले छलफल गरी अघि बढ्नु जरुरी देखिन्छ ।

2-1484801449.png

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
अर्थमन्त्री वाग्ले र कतारका अर्थमन्त्रीबीच भेटवार्ता
Swarnim-1790730561.jpg

१४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कतारका अर्थमन्त्री अली बिन अहमद अल कुवारीसँग दोहामा...

चार संसदीय समितिको बैठक बस्दै
sanghiya-samsad-pic-1790730092.jpg

१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790729635.jpg

१४ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्दै छ । आजको बैठकमा विभिन्न...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain_PiLaQvymrm-1790729351.jpg

१४ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

नेपाल एसियाली पूर्वाधार लगानी बैंकको उपाध्यक्ष चयन
AIIB-1790614499-1790645406.png

१३ असोज, हेटौंडा । नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष पदमा चयन भएको छ।  कतारको राजधानी...

एसियाली खेलकुद: क्रिकेटबाट नेपाल बाहिरियो
HSAa0KNacAAs8de_edit_2844-1790645255.jpg

१३ असोज, हेटौंडा । जापानमा जारी एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपाल र श्रीलंकाबीचको तेस्रो...

दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राख्न अनुमति
Durga-parshain-1790644807.jpg

१३ असोज, हेटौंडा । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न काठमाडाैँ जिल्ला...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16320-1790644596.jpg

१३ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान १० बजे सिंहदरबारमा बस्नेछ । बैठकमा प्रधानमन्त्री...

देशभर आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1790644364.jpg

१३ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...

थप समाचार