Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

समाज

सडक विस्तारबाट ४५ स्वास्थ्य संस्थाको सेवा प्रभावित

1-1484801448.png

रुपेश दुलाल
६ माघ, हेटौँडा ।
डिभिजन सडक कार्यालय हेटौँडाले शुरु गरेको सडक विस्तार अभियानबाट हेटौँडाका चार दर्जन स्वास्थ्य संस्थाको सेवा प्रभावित हुने भएको छ । २५ मिटर क्षेत्रमा रहेका ४५ वटा स्वास्थ्य संस्थाको सेवा सडक विस्तारका कारण प्रभावित हुने भएको हो ।

हेटौँडाको एचआईडि, कर्रा, मेनरोड र राप्तिरोडमा रहेका मेडिकल हल, फार्मेसी, पोलिक्लिनिक, प्याथोलोजी र औषधी वितरक सडक विस्तार अभियानबाट प्रभावित हुन छन् । हेटौँडामा सबैभन्दा बढि राप्तिरोडमा २४ स्वास्थ्य संस्था रहेका छन् । हेटौँडा अस्पताल परिसरमा रहेका चार र सडकमा रहेका आधा दर्जन मेडिकल रहेका संरचना सडक कार्यालयले भत्काईसकेको छ ।

सडक विस्तारका क्रममा राप्तिरोडमा रहेका यति ड्रग हाउस, हिमालयन डेन्टल, किसन फर्मा, रामजानकी मेडिकल हल, भुटनदेवी मेडिकल, युनियन ड्रग हाउस, मनकामना फार्मेसी, शुभकामना डिष्ट्रिव्युटर, भडारी मेडिकल, सफल फार्मेसी, गुराँस मेडिकल, त्रिवेणी मेडिकल, दोलखा मेडिकल, गगन मेडिकल, गौतम फार्मेसी, स्नेहा फार्मेसी, संगम मेडिकल, अनु सर्जिकल, कान्तिपुर मेडिकल, प्राइम मेडिकल, साझा मेडिकल, चौतारी मेडिकल, इमर्जेन्सी मेकिडल, श्रेष्ठ फार्मेसी विस्थापित हुने जनाईएको छ ।

विस्थापित हुने मध्ये यति ड्रग, शुभकामना र त्रिवेणीले वितरकको पनि काम गर्ने भएकाले जिल्लाका ग्रामिण भेगसम्म पुग्ने औषधीको वितरणमा समेत प्रभाव पर्ने छ ।

त्यसैगरी, मेनरोडमा रहेका तमु फार्मेसी, लाईफो फर्मा, त्रिशक्ति फार्मेसी, शंकर फर्मेसी, निभव मेडिकल, सुस्वास्थ्य डेन्टल, कर्रामा रहेका गढीमाई मेडिकल, युनिक भडारी मेडिकल, चुरियामाई मेडिकल र एचआईडीमा रहेका पुष्पज्योति मेडिकल पनि २५ टिर सडक विस्तारका क्रममा विस्थापित हुने मेडिकल ल्याव एशोसियसन (मेलान) मकवानपुरका अध्यक्ष उत्सव चौलागाईंले बताए ।
सडक विस्तारका क्रममा ११ वटा ल्यावको सेवा प्रभावित हुने चौलागाईको भनाई छ । हेडम्बा प्याथोलोजि, संगम, दोलखा, निभव, रेडक्रस, हेटौँडा, चौधरी, एनएस, सफल, युनियन प्याथोलोजी र बीरगंज डाईग्नोसिस सेन्टर सडक विस्तारका क्रममा विस्थापित हुने भएका भएका छन् ।
व्यवस्थापनमा जोड
सडक विस्तारका क्रममा स्वास्थ्य संस्था र वितरकको सेवा प्रभावित हुँदा जिल्लामा औषधीको उपलव्धता र सेवामा असर पर्ने स्वास्थ्य सम्बन्धी संघसंस्थाको भनाई छ । सडक विस्तारका क्रममा एकैपटक धेरै स्वास्थ्य संस्था विस्थापित हुँदा भाडामा घर पाउन समस्या रहेको उनीहरुको भनाई छ ।

‘विस्थापित भएका स्वास्थ्य संस्थाहरुलाई एकिकृत रुपमा राख्ने व्यवस्था मिलाउनु जरुरी छ ।’–चौलागाईले भने–‘यसका लागि निश्चित स्थानमा मेडिकल जोन स्थापना गर्न सके सेवामा प्रभावकारिता, गुणस्तरियता र एकरुपता आउने छ ।’ यसबाट स्वास्थ्यकर्मीलाई सेवा दिन सहज र विरामी गठिनबाट समेत जोगिने उनको दावि छ ।
स्वास्थ्य संस्था एकै स्थानमा हुँदा अनुगमनका लागि पनि सहज हुनेछ । स्वास्थ्य सेवा जस्तो गम्भिर क्षेत्रको व्यवस्थापनका लागि सरोकारवाला पक्ष र  स्थानीय प्रशासनले छलफल गरी अघि बढ्नु जरुरी देखिन्छ ।

2-1484801449.png

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
बागमती प्रदेशमा आज सार्वजनिक बिदा
bidaa-1714958666.jpg

२४ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ । प्रदेश सरकारको बैशाख १२ गते बसेको...

थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1714958226.jpg

२४ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको...

नेपालको जनसंख्या वृद्धिदर १ प्रतिशतभन्दा तल

२४ बैशाख, हेटौंडा । नेपालको जनसंख्या वृद्धिदर जनगणना भएको इतिहासमै पहिलो पटक एक प्रतिशतभन्दा तल झरेको छ ।...

मकवानपुरगढीमा कृषि सम्बन्धी छलफल
Capture-1714955977.JPG

२४ बैशाख, हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघले मकवानपुरगढी गाउँपालिकामा कृषि सम्बन्धी छलफल कार्यक्रम गरेको...

मकवानपुरगढी ४ स्थित फिर्केपाखा सिंचाईंको शिलान्यास
Capture-1714955654.JPG

२४ बैशाख, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका ४ को फिर्केपाखा सिचाईं आयोजनाको शिलान्यास गरिएको छ ।...

बागमती विश्वविद्यालयको सम्पर्क कार्यालय स्थापना
Karyalay-udghatan-1714955360.jpg

२४ बैशाख, हेटौंडा । प्रदेशको आफ्नै विश्वविद्यालय स्थापनाको क्रममा बागमती प्रदेश सरकारले सोमबार बागमती...

बागमती प्रदेशः उच्च शिक्षा ऐन २०७८ संशोधन अध्यादेश जारी गर्ने
Mantri-Parishad-Baithak-1714954540.jpg

२४ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले प्रदेश उच्च शिक्षा ऐन २०७८ संशोधन अध्यादेश जारी गर्ने निर्णय गरेको छ ।...

कीर्तिपुरमा बस दुर्घटना, एक प्राध्यापकको मृत्यु
accident.-1714920512.jpg

२३ बैशाख, काठमाडौं । कीर्तिपुरमा बस दुर्घटना हुँदा त्रिभुवन विश्वविद्यालयका एक प्राध्यापकको मृत्यु भएको छ...

जसपा फुट्यो, अशोक राई नेतृत्वमा ३१ सदस्यीय नयाँ कार्यसमिति गठन
ashok-rai-ktaltx03hg-1714919866.jpg

२३ बैशाख, काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले ३१ सदस्यीय नयाँ कार्यसमिति गठन भएको छ । आइतबार...

थप समाचार