१२ असोज, हेटौंडा । नेपालमा सम्पन्न साफ अन्डर–१८ को उपाधि भारतले जितेको छ । काठमाडांैको हलचोकस्थित एपिएफ क्लबको मैदानमा आइतबार सम्पन्न फाइनल खेलमा भारतले बंगलादेशलाई २–१ ले पराजित गर्दै उपाधि जितेको हो ।
यस अघि सम्पन्न दुई संस्करणमा नेपालले उपाधि जितेको थियो । तेस्रो संस्करणको उपाधि जितेसँगै भारतले साफ अन्डर–१८ च्याम्पियनसिपमा उपाधि जित्ने नयाँ टोली बनेको छ ।
भारतलाई जित दिलाउन बिक्रम प्रताप सिंह र रबि बहादुर रानाले एक एक गोल गरे । बंगलादेशका एसिन अर्फातीले एक गोल फर्काए ।
निकै प्रतिस्पर्धात्मक बनेको फाइनल खेलको पहिलो हाफमै ३ खेलाडीले रातो कार्ड सामना गर्दैै मैदान बाहिरिएका थिए ।
खेलको २२ औं मिनेटमा भारत र बंगलादेशका एक÷एक खेलाडी झगडामा उत्रिएपछि रेफ्रिले उनीहरुलाई रातो कार्डको दर्शन गराउँदै मैदान बाहिर पठाएका थिए । भारतका गुर्किरात सिंह र बंगलादेशका मोहमद रिडोयलाई दोस्रो पहेलो कार्ड दिँदै मैदानबाट बाहिर पठाएका हुन् ।
दुई खेलाडीले रातो कार्डको सामना गर्दै मैदान बाहिरिँदा ९ खेलाडीमा सिमित बनेको बंगलादेश विरुद्ध कम खेलाडी भएको फाइदा भारतले इन्जुरी समयमा मात्र लिन सफल भयो । थपिएको समयमा भरत रानाले गोल गर्दै टोलीको जित लाई निश्चित गरे ।
प्रतियोगिता अन्तर्गत आइतबारै तेस्रो स्थानका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा भएको प्रतिस्पर्धामा माल्दिभ्सले भुटानलाई १–० ले पराजित गरेको छ । माल्दिभ्सको जितमा इब्राहिम इमरानले ७५ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।
१२ असोज, हेटौंडा । राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा...
१२ असोज, हेटौंडा । भारी वर्षापछि गएको बाढी र पहिरोमा परी २१ जनाले ज्यान गुमाएका छन्। पाँच जना घाइते भएका छन् भने...
१२ असोज, हेटौंडा । हाल नेपालमा मनसुनी वायु, पश्चिमी वायुका साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय...
११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...
११ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास तथा पूर्वतर्फ सरदर स्थानको...
१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...
१० असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश...
१० असोज, हेटौंडा । नेपाल सरकारले १३ देशका निम्ति राजदूत पदमा नियुक्तिका लागि सिफारिस गरेका व्यक्तिहरूका...
१० असोज, हेटौंडा । नवलपरासीको सुस्ता गाउँपालिका-५ सुस्तामा नारायणी नदी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
३० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ...
३१ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
३१ भदौ, हेटौंडा । मुगु जिल्लाको कलाई केन्द्रबिन्दु भएर आज बिहान दुई पटक भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन...
२९ भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन शाहले रसुवाको भोटेकोशी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका...
३० भदौ, हेटौंडा । ऋषि पञ्चमी पर्व आज नेपाली नारीहरुले अरुन्धतीसहित सप्त ऋषिको पूजा आराधना गरी मनाउँदैछन्...
३० भदौ, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले बिहीबार भारत भ्रमणमा जाँदै छन्। भारतीय समकक्षी निर्मला...
१ असोज, हेटौंडा । रसुवाको चिलिमे जलविद्युत् केन्द्रको सुरुङमा खोजीका क्रममा विद्युत् गृह क्षेत्रबाट बुधबार...
३१ भदौ, हेटौंडा । संघीय संसद्का दुवै सदनको बैठक बुधबार बस्दैछ । दिउँसो १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको...


















