६ माघ हेटौडा । प्रर्दशनकारी र प्रहरीको झडपका कारण मकवानपुरको सदरमुकाम हेटौडा विहिबार दिनभर तनावग्रस्त बनेको छ । डिभिजन सडक कार्यालय हेटौडाले सडक विस्तार गर्ने क्रममा झडप भएपछि बजार तनावग्रस्त बनेको हो ।
सडक कार्यालयले राप्तिरोडमा संरचना भत्काउन एक्साभेटर प्रयोग गरेपछि घरधनी र व्यवसायीले प्रदर्शन गरेका थिए । प्रर्दशन नियन्त्रणका लागि परिचालन भएको प्रहरीमाथि प्रदर्शनकारीले ढुंगा प्रहार गरेका थिए । ठूलो संख्यामा जम्मा भएका प्रदर्शनकारीले ढुंगा प्रहार गर्न थालेपछि जवाफमा प्रहरीले अश्रुग्याँस प्रहार गरेको थियो । प्रर्दशनकारीले राप्तिरोड र कान्तिराजपथमा टायर समेत बालेका थिए । मकवानपुरका प्रहरी नायव उपरीक्षक बामदेव गौतम नेतृत्वको प्रहरी टोली प्रर्दशनकारीलाई बुद्धचोकबाट पछि हटाउन परिचालन भएको थियो । चोकमा रहेका प्रहरीलाई प्रर्दशनकारीले चारैतिरबाट ढुंगा प्रहार भएको थियो ।
प्रहरी र प्रर्दशनकारीबीच झडप हुँदा दुबै पक्षका गरी करिव दुई दर्जन घाइते भएका छन् । झडपका कारण हेटौडाको राप्तिरोड, मेनरोड, कान्तिराजपथ, स्कूलरोड, टिसिएन, त्रिभुवनराजपथ क्षेत्रका पसल बन्द भएका थिए । डिभिजन सडक कार्यालयले तीन दिनदेखि पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौडामा २५ मिटर क्षेत्रमा बनेका संरचना भत्काउने कामलाई तिब्रता दिईरहेको छ ।
१५ दिन समय दिने डिभिजन सडक कार्यालयको सहमति विपरित एक्साभेटर प्रयोग हुन थालेपछि आक्रोश बढेको मकवानपुर उद्योग बाणिज्य संघका अध्यक्ष महेन्द्र राउतले बताए ।
विहान बजार खुलेको खबर फैलिएपछि किनमेलका लागि बजार आईपुगेका सर्वसाधारण एक्कासी झडप हुँदा ढुंगा र अश्रु ग्याँसमा परेका थिए ।
तस्विर : सुजन विडारी
९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...
९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...
९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...
९ कार्तिक, हेटौंडा । सप्तकोसी नदीमा मोटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् ।...
९ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...
८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...
८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...
८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...
२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...








-1792888897.jpg)




-nepal-1792111426.jpg)




