Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

वुमन्स च्याम्पियन्स लिगः चितवन राइनोज क्वालिफायरमा 

1571143855WCL_photo_(1)-1-1571490679.jpg

२ कात्तिक, हेटौंडा । चितवन राइनोज काठमाडौमा जारी वुमन्स च्याम्पियन्स लिग टि–२० क्रिकेट प्रतियोगिताको क्वालिफायरमा प्रवेश गरेको छ ।
शनिवार पोखरा पल्टनलाई ७ विकेटले पराजित गर्दै एक खेल अगावै चितवन क्वालिफायरमा प्रवेश गरेको हो । 
१ सय २८ रनको लक्ष्य पछ्याएको चितवनले १८ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य भेट्टायो । चितवनको जितका लागी काजल श्रेष्ठले अर्धशतकीय इनिङ खेलिङ । उनले ५१ रनको योगदान दिइन् । 
यस्तै कञ्चन श्रेष्ठले २९ र कप्तान इन्दु बर्माले २४ रन जोडिन् । पोखराकी अन्जली चन्दले ४ ओभरमा १९ रन खर्चेर २ विकेट लिइन् । 
यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको पोखराले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय २७ रन बनायो । 
पोखराको लागि कप्तान सीता रानामगरले ६५ रनको अविजित अर्ध शतकीय पारी खेलिन् । चितवनका लागी कविता गौतमले २ तथा रेखा रावलले १ विकेट रह्यो । 
चितवनले पहिलो खेलमा क्याट क्विन्स काठमाडौंलाई ५ विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा ललितपुर फाल्कोन्सलाई ८९ रनले पराजित गरेको थियो । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक आज बस्दै
rastriya-sabha-2-17677507-1790559119.jpg

१२ असोज, हेटौंडा । राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा...

बाढी र पहिरोमा परी २१ जनाको मृत्यु
rastriya-bipad-jokhim-niu-1790558914.jpg

१२ असोज, हेटौंडा । भारी वर्षापछि गएको बाढी र पहिरोमा परी २१ जनाले ज्यान गुमाएका छन्। पाँच जना घाइते भएका छन् भने...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1790558319.jpg

१२ असोज, हेटौंडा । हाल नेपालमा मनसुनी वायु, पश्चिमी वायुका साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय...

पूर्व प्रधानन्यायाधीश जबरा पक्राउ
cholendra-1790471275.jpg

११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790471033.jpg

११ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास तथा पूर्वतर्फ सरदर स्थानको...

चाैघडा सहकारीको अध्यक्षमा पुन: श्रेष्ठ
IMG_20260926_115042-1790430794.jpg

१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...

प्रधानमन्त्री शाह स्वदेश फिर्ता
Screenshot_20260926_19222-1790430217.jpg

१० असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश...

१३ देशका निम्ति प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान
1790234274-r5kxA-1790418163.jpg

१० असोज, हेटौंडा । नेपाल सरकारले १३ देशका निम्ति राजदूत पदमा नियुक्तिका लागि सिफारिस गरेका व्यक्तिहरूका...

सुस्तामा नारायणी नदी पस्यो
badi_narayani-1790390845-1790417864.jpg

१० असोज, हेटौंडा । नवलपरासीको सुस्ता गाउँपालिका-५ सुस्तामा नारायणी नदी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा...

थप समाचार