Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

कला/संस्कृति

बिजुलीमाया वनः श्रेष्ठ राष्ट्रिय संगित पुरस्कार योञ्जनलाई अर्पण

20170128_161020-1485604094.jpg

१५ माघ, हेटौंडा । भीम विराग संगित साहित्य कला प्रतिष्ठान नेपालले हरेक वर्ष प्रदान गर्दै आइरहेको बिजुलीमाया वनः श्रेष्ठ राष्ट्रिय संगित पुरस्कार यसबर्ष अग्रज कला साधक संगितकार कर्म योञ्जनलाई अर्पण गरिएको छ । शनिबार हेटौंडामा भएको कार्यक्रममा १० अौं संस्करणको पुरस्कार संगितकार योञ्जनलाई अर्पण गरिएको हो । 

गीतकार एवम् सिने निर्देशक चेतन अधिकारीले नगद १ लाख रूपैयाँ र सम्मानपत्र हस्तान्तरण गरेका छन् । पुरस्कारको यो दशौं संस्करण हो । कार्यक्रममा समाजसेवी मुक्तिगोविन्द जोशी र सल्लाहकार तुल्सी थापालाई सम्मान गरिएको थियो । 

कार्यक्रममा गायक दुर्गा खरेलले 'बोलाउ भने तिमीलाई बात लाग्ने डर', 'सारंगीको ताल मेरो मनको गित गाउँछ' जस्ता गीत गाएर माहोलमा उत्साह थपेका थिए । कार्यक्रममा प्रलय चौलागाईं, कृष्णगोपाल सिंह, सुनिल केसी, पुरनविक्रम अधिकारीले अाफ्नो कला प्रस्तुत गरेका थिए ।

कार्यक्रममा साहित्यकार एवम् संचारकर्मी प्रकाश सायमी, साहित्य संगम मकवानपुरका अध्यक्ष सुवास खनाल, संचारकर्मी प्रताप विष्ट, केशवलाल श्रेष्ठ लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

मकवानपुरका व्यवसायी कन्हैयाकृष्ण श्रेष्ठले अाफ्नो अामाको सम्मानमा स्थापना गरेको पुरस्कार यसअघि कला साधक अम्बर गुरूङ, प्रेमध्वज प्रधान, भक्तराज अाचार्य, फत्तेमानराज राजभण्डारी, शान्ति ठटाल, प्रकाश श्रेष्ठ, दीप श्रेष्ठ, नाट्यश्वर संगित प्रशिक्षण केन्द्र र मिरा राणालाई अर्पण गरिएको थियो प्रतिष्ठानका अध्यक्ष उज्ज्वल शर्मा भण्डारीले बताए ।

20170128_160403-1485604095.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

थप समाचार