Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

तत्काल हेटौडामा सडक विस्तार नहुने मन्त्री लेखकको प्रतिवद्धता 

Ramesh-Lekhak-1485772661.jpg

सुजन विडारी

१७ माघ, हेटौँडा । पूर्वपश्चिम राजमार्ग क्षेत्र अन्तरगत हेटौडामा भईरहेको सडक विस्तारको काम तत्काल अघि नबढ्ने भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले प्रतिवद्धता व्यक्त गरेका छन् ।
मन्त्रालयमा सोमबार बसेको बैठकमा मन्त्रालयको कार्यदलले रिपोर्ट तयार गरेपछि मात्रै सडक विस्तारबारे निर्णय गर्ने सहमति भएको बैठकमा सहभागी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री इन्द्रबहादुर बानियाँले बताए । यसअघि सडक विस्तार भएको स्थान सरसफाई गर्ने बाहेक बजारमा संरचना भत्काउने काम नहुने मन्त्री लेखकको प्रतिवद्धता छ । 
बानियाँका अनुसार बैठकमा सहभागी मकवानपुरका सरोकारवालाहरुले हेटौँडामा ४ किलोमिटर सडक क्षेत्र परिवर्तन गरी बाईपास प्रयोग गर्दा संरचना जोगिने भएकाले त्यसतर्फ ध्यान दिन मन्त्री लेखकलाई सुझाव दिएका थिए । उनीहरुले सडक विस्तार नै गर्नुपरे मुआव्जा र २५/२५ मिटर नभई १६/१६ मिटर कायम गर्न सकेपनि क्षति कम हुनेतर्फ पनि सचेत गराएका थिए । त्रिभुवन राजपथमा भौगोलिक दृष्टिकोणले पनि २५/२५ मिटर कायम गर्न नसक्ने भएकाले यसलाई पर्यटकिय मार्गको रुपमा विकास गर्नुपर्ने धारणा राखेका थिए । छलफलमा अदालती प्रक्रिया चलिरहेकाले अदालतको आदेश पर्खिन पनि उनीहरुले मन्त्री लेखकको ध्यानाकर्षण गराएका थिए । 
छलफलमा मन्त्री लेखकले मन्त्रालयले देशैभरी सडक विस्तारका क्रममा देखिएका समस्या समाधानका लागि कार्यदल गठन गरेको बताउँदै केही दिनभित्रै कार्यदल हेटौँडा पठाउने बताएका थिए । कार्यदलले दिने प्रतिवेदन अध्ययनपछि पुनः जिल्लाका सरोकारवालाहरुसँग छलफल गरी सडकको काम अघि बढाउने उनले प्रतिवद्धता व्यक्त गरेका छन् ।छलफलमा पूर्व उपप्रधानमन्त्री एवं राप्रपाका केन्द्रिय अध्यक्ष कमल थापा, राज्यमन्त्री एवं काँग्रेस जिल्ला सभापति ईन्द्रबहादुर बानियाँ, जिल्लाका सांसदहरु, उद्योग बाणिज्य संघका पदाधिकारी लगायतको सहभागिता रहेको थियो । 

छलफल सकारात्मक भएको उद्योग बाणिज्य संघका महासचिव महेन्द्र राउतले बताए । कार्यदललाई पनि अहिलेको धारणामा सहमत गराउन प्रयास जारी राख्नुपर्ने उनको भनाई छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

थप समाचार