Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

राजनीति

दलित शक्ति नेपाल संयोजकमा रसाइली


१७ माघ, हेटौंडा । नयाँ शक्ति पार्टीनिकटको संगठन दलित शक्ति नेपाल मकवानपुरको संयोजकमा गणेश रसाइली चयन भएका छन् ।

सोमबार हेटौंडामा भएको भेलाले रसाइली संयोजक रहने गरी ५१ सदस्यीय अधिवेशन आयोजक कमिटी गठन गरिएको हो । जसको सहसंयोजकमा गोपिलाल विक, सदस्यहरुमा बुद्धिमाया विक, जानकी परियार, कृष्णमाया सुनार, प्रकाश सुनारलगायत रहेका छन् ।

दलित शक्ति नेपालका केन्द्रीय सहसंयोजक रविन्द्र सुनारको प्रमुख आतिथ्यतामा भएको भेलामा ३ नम्बर प्रदेश संयोजक दिलमाया गहतराज पार्टीका केन्द्रीय परिषद सदस्य जीवनमान मोक्तान, घरघरमा नयाँ शक्ति अभियान मकवानपुरका संयोजक विवेक वाइबा, दलित तथा अल्पसंख्यक विभाग संयोजक लिलाराज सुनारलगायतकाको आतिथ्यता रहेको थियो । 

यसैगरि, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा नयाँ शक्तिले सुरु गरेको हस्ताक्षर अभियानलाई टोलस्तरमा लगिएको छ । सोमबार हेटौंडा उपमहानगरपालिकाको १ र ४ नम्बर वडामा हस्ताक्षर अभियान सञ्चालन गरिएको छ ।

पार्टीका नेताहरु डिबी थापा, राजन मैनाली, रमेश न्यौपाने, प्रेमनारायण गौतम लगायतको सहभागितामा घरघरमा हस्ताक्षर अभियान चलाइएको बताइएको छ । हेटौंडाको वुद्धचोकमा पनि पार्टीले हस्ताक्षर अभियान सञ्चालन गरेको छ ।

माघ मसान्तसम्ममा मकवानपुरबाट २० हजार हस्ताक्षर संकलन गर्ने लक्ष्य रहेको पार्टीले जनाएको 
छ ।  


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राष्ट्रपतिद्वारा नवदुर्गा भवानीको दर्शन तथा पूजा
Screenshot_20261025_17575-1792930389.jpg

८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...

नेकपाको राष्ट्रिय जागरण अभियान शुरु
Screenshot_20261025_06321-1792889242.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...

कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
congress-(1)-1792888897.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...

बडा दशैं पर्व समापन गरिंदै
Dashain_Tika1664260813-1792888559.jpg

८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1792888290.jpg

८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

आज पनि टीका लगाएर दशैं मनाइँदै
Screenshot_20261023_06275-1792807534.jpg

७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1792807177.jpg

७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...

रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

थप समाचार