८ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको अविश्वासको प्रस्तावमाथि छलफल गर्ने क्रममा नेपाली कांग्रेस सांसद अमरेशकुमार सिंहले ओलीलाई मानसिक रोगी भनेपछि केही बेर संसदमा तनाव उत्पन्न भएको छ । बोल्ने क्रममा अमरेशले ओलीलाई मानसिक सन्तुलन ठीक नभएको आरोप लगाएपछि एमालका सभासदले उठेर संसद अघि बढ्न दिएनन् । एमाले सांसद कृष्णभक्त पोखरेलले नियमापत्ति गर्दै अमरेशको भनाइ संसदको रेकर्डबाट हटाउन सभामुखको ध्यानाकर्षण गराए थिए । सभामुख ओनसरी घर्तिले अमरेशको भनाई सांसदको रेकर्डबाट हटाउने र संसदहरुलाई मर्यादित भएर बोल्न रुलिङ गरेपछि संसदिय प्रक्रिया अघि बढेको थियो ।
माधव नेपाल भाबुक
छलफलमा भाग लिने क्रममा नेकपा एमालेका नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले भावुक भएर आफ्नो धारणा राखेका थिए । उनले विगतमा आफु प्रधानमन्त्री भएर एमाले नेतृत्वमा सरकार चलाएपनि आफ्नो कार्यकालमा भएका कामबारे चर्चा नभएको भन्दै आफुलाई यो विषयले घोचेको बताए । उनले अहिलेले एमालले सरकार संचालन गरेपनि आफुहरुले त्यस्तो भान गर्न नपाएको र संस्थागत भन्दा पनि व्यक्तिगत रुपमा काम भईरहेको भन्दै गुनासो गरेका थिए । ओलीको नाम नलिई उनले नेपालमा दल भित्र पनि गुट हावि भएको भन्दै यसले देशलाई फाइदा नगर्ने बताए ।
छलफलमा नेपाली काँग्रेसका मिनेन्द्र रिजाल, रमेश लेखक, प्रदीप गिरी, एमालेका राजन भट्टराई, नेकपा माओवादी केन्द्रका राम कार्की, हरिबोल गजुरेल, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका सुशील श्रेष्ठ, तराई–मधेस लोकतान्त्रिक पार्टीका सर्वेन्द्रनाथ शुक्ल, सद्भावना पार्टीका लक्ष्मणलाल कर्ण लगायतले धारणा राखेका थिए ।
संसद बैठक आइतबार बस्ने
संसदमा पेश भएको अविश्वासको प्रस्ताव माथि छलफल गर्न आइतबार पनि संसद बोलाईएको छ । सभामुख ओनसरी घर्तीले आइतबार विहान ११ बैठक बस्ने भन्दै शनिबारका लागि बैठक स्थगित गरेकी छिन् ।सांसद एवं नेकपा केन्द्रका संयोजक पुष्पकमल दाहालले शुक्रबार प्रधानमन्त्री केपि शर्मा ओली विरुद्ध अविश्वासको प्रस्ताव पेश भएपछि सभामुख घर्तिले तीन छलफल हुने बताएकी थिईन् । आइतबार मतदानबाट प्रस्तावबारे निर्णय लिईनेछ ।
८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...
८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...
८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...
८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...
७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...
६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...
६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...
६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...


-1792888897.jpg)










-nepal-1792111426.jpg)




