२६ माघ, हेटौँडा । नयाँ शक्ति नेपालका केन्द्रीय संयोजक डा. बाबुराम भट्टराईले संविधान संशोधन विना निर्वाचन भए देशमा मुठभेड हुने दावि गरेका छन् । प्रेस सोसाईटी मकवानपुरले गरेको पत्रकार भेटघाटमा संशोधन विना निर्वाचन भए मुठभेड हुने बताउँदै उनले यसतर्फ नलाग्न दलहरुलाई सुझाव दिए ।
तीन तहको निर्वाचनका लागि दलहरुबीच न्यूनतम सहमति जरुरी रहेको उनको भनाई छ । भट्टराईले संविधान संशोधन नभई निर्वाचन असम्भव रहेकाले यसका लागि दलहरुबीच न्यूनतम सहमति आवश्यक रहेको बताए । प्रत्यक्ष निर्वाचित राष्ट्रपति र समानुपाति निर्वाचन प्रणालीले मात्रै राजनैतिक समस्या अन्त्य गर्ने भएकाले संशोधनका क्रममा यसलाई समेट्नुपर्ने उनको भनाई थियो । ठूला दलहरु आफ्नै नेतृत्वमा चुनाव गर्ने रणनीतिमा रहेकाले संक्रमणकाल लम्बिएको भन्दै उनले च्याँखे थाप्ने प्रवृत्ति अन्त्य हुनुपर्ने बताए । स्वतन्त्र र निष्पक्ष निर्वाचनमा जोड दिंदै उनले दलहरुलाई एकअर्कामा शंका भए निर्वाचनको निष्पक्षताका लागि सर्वदलिय अन्तरिम सरकार गठन गर्न सकिने बताए ।
पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले आफुले पटक पटक ठूला दललाई संविधान संशोधन र निर्वाचनका लागि सुझाव दिएपनि उनीहरु पार्टीगत स्वार्थमा अल्झिएको आरोप लगाए । प्रेस सोसाईटीका केन्द्रीय सदस्य एवं जिल्ला संयोजक मनोज ढोडारीको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रिीय सहसंयोजक रामचन्द्र झा, जिल्ला संयोजक प्रल्हाद लामिछाने, केन्द्रीय कार्यकारी सदस्य एवं मकवानपुर उत्प्रेरक सविना अर्याल लगायतको उपस्थिति रहेको थियो ।
८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...
८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...
८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...
८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...
८ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...
७ कार्तिक, हेटौंडा । विजया दशमीको टीकाको चौथो दिन, आज पनि टीका र जमरा लगाएर दसैँ मनाइँदै छ । आज पनि नवदुर्गाको...
७ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले देशको हिमाली र पहाडी भूभागमा...
६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...
६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...
२९ असोज, हेटौंडा । संसदीय सुनुवाइ समितिले दुई देशका लागि प्रस्तावित राजदूतकाे नाम अस्वीकृत गरेको छ। बुधबार...
३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...
२८ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी गरेका छन्...
२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...
२९ असोज, हेटौंडा । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र...



-1792888897.jpg)









-nepal-1792111426.jpg)




