१४ मंसीर, हेटौंडा । हेटौडा–६ चौघडामा रहेको बंशगोपाल दुग्ध उत्पादक सहकारी संस्थाको अध्यक्षमा पुनः श्यामप्रसाद न्यौपाने चयन भएका छन । संस्थाको शनिवार सम्पन्न भएको २८ औं वार्षिक साधाराणसभाले न्यौपानेको अध्यक्षतामा ९ सदस्यीय संचालक समिति सर्वसम्मत चयन गरेको हो ।
समितिको उपाध्यक्षमा केशव धिताल, जिल्ला संघ प्रतिनिधीमा बासुदेव अधिकारी, सदस्यहरुमा खडानन्द चौलागाई, सूर्यप्रसाद दुलाल, रामप्रसाद गौतम ,केशवप्रसाद चौलागाई, रामलिला श्रेष्ठ, रुद्रकमारी सापकोटा र रामकुमारी देवकोटा चयन भएका हुन । यसैगरी लेखा सुपरीवेक्षण समितिको संयोजकमा जयराम घिमिरे, सदस्यहरुमा दिलिपकुमार सुवेदी र शिवराम आचार्य रहेका छन् ।
यसअघि भएको उदघाटन कार्यक्रममा संस्थाका अध्यक्ष श्यामप्रसाद न्यौपानेले संस्थागत प्रतिवेदन, लेखा समितिकी संयोजक सुमित्रा नयौपानेले लेखासमितिको प्रतिवेदन, कृषक हितकोषका संयोजक खडानन्द चौलागाईले कृषक हितकोषको प्रतिवेदन र व्यवस्थापक लक्ष्मण सापकोटाले आर्थिक प्रतिवेदन र उपाध्यक्ष मुकुन्द अधिकारीले पशुवीमाको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
भेलामा ज्येष्ठ शेयर सदस्य गंगाप्रसाद सिग्देल, बढी दूध विक्री गर्ने रजत श्रेष्ठ,बासुदेव अधिकारी, केदार दाहाल, गुणस्तरीय दूध विक्री गर्ने हरिवोल बर्तौला, गोठ सफा राख्ने मन्जु डोटेल, भाडा सफा राख्ने दिलकुमारी अधिकारी लगायतकालाई सम्मान गरिएको थियो । केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका केन्द्रीय अध्यक्ष नारायणप्रसाद देवकोटाको प्रमुख आतिथ्यता एवम सहकारीका अध्यक्ष श्यामप्रसाद न्यौपानेको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
भेलामा हेटौडा–६ का वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाई, मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष बासुदेव अधिकारी, संस्थाका सल्लाहकार बासुदेव सापकोटा, साधुराम चौलागाई, बालकृष्ण चौलागाई, नारायणी दुग्ध उत्पादक सहकारीका अध्यक्ष ईन्द्रमणी गौतम, जनकल्याण सहकारीका अध्यक्ष हिमाल पोडेल, कामधेनु बहुउद्धेश्यीय सहकारीका अध्यक्ष गौरब पराजुली, मक्रान्चुली सहकारीका अध्यक्ष रामहरी न्यौपाने, रानी सामुदायिक वनका उपाध्यक्ष डोरबहादुर अधिकारी लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।
२९ साउन, हेटौंडा । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रदेशसभा संसदीय दलका...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...
२९ साउन, हेटौंडा । रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको भएको छ । मृत्यु हुनेमा लुङ्ग्री गाउँपालिका-१ खदरका...
२९ साउन, हेटौंडा । अविरल वर्षापछि पहिराले घर पुरिँदा बाजुराको त्रिवेणी नगरपालिका-९ ताम्सुमा एक जना बेपत्ता भएका...
२९ साउन, हेटौंडा । नेपाली कांग्रेसको इतर समूहले आज काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा राष्ट्रिय...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२८ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १:१५ बजे बस्ने भएको हो । बैठकमा संस्कृति, पर्यटन तथा...
२८ साउन, हेटौंडा । प्रहरीले जनआस्थाका सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरेको छ । कुसुन्तीस्थित निवास नजिकैबाट...
१८ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमती प्रदेशमा देखिएको वर्तमान...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारमा हाम्रो नेपाली पार्टी (हानेपा) को 'इन्ट्रि' भएको छ । बागमती प्रदेशमा...
१८ साउन, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनमा...
१८ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री शौलेन्द्रमान बज्राचार्यले...
१७ साउन, हेटौंडा । चर्चित नेपाली पर्वतारोही निर्मल पुर्जाको शव फेला परेको छ। पाकिस्तानको अल्पाइन क्लब (एसीपी) ले...
२१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२० साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...


-1786686763.jpg)















